Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : आइतबार साँझ सुदूरपश्चिमका पहाडी जिल्लामा परेको असिना पानीले बालीनाली सखाप पारेको छ । डडेल्धुरा, डोटी तथा बैतडीका विभिन्न स्थानमा परेको असिनाले बालीनाली सखाप पारेको किसानहरुले बताएका छन् । खेतमा पाकेको धान, भटमास लगायतका बालीहरु असिनाले नष्ट गरेको छ । पाकेको बाली असिनाले सखाप पारेपछि किसानहरु चिन्तित बनेका छन् ।

Read More

काठमाडौँ : यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। सोमबार देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागको आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ।  सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि धनगढी जाँदै छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न धनगढी जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड भोलि बिहान सवा ९ बजे श्री एयरको नियमित उडानबाट धनगढी पुग्ने कार्यतालिका छ । उनी धनगढी विमानस्थलबाट सोझै लम्की जाने छन्। माओवादी प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा लम्कीमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएर प्रधानमन्त्री घोडाघोडी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्न पुग्ने कार्यतालिका रहेको छ । मध्यान्ह १२ देखि १ बजेको बीचमा गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गरेर २ बजे धनगढीमा प्रचण्डले समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । बेलुकी साढे…

Read More

धनगढीः कैलालीमा एक घरमा गएराति आगलागी हुदा घर जलेर पुर्णरुपमा नष्ट भएको छ। जिल्लाको चुरेगाउँपालिका–१ की हर्षकला मगरको घर जलेर शनिवार राति नष्ट भएको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। आगलागीबाट मानवीय तथा पशु चौपायाको क्षती नभएपनि घरभित्रका लुगाकपडा तथा खाध्यकुराहरु जलेर नष्ट भएको छ। आगलागीबाट भएको क्षेतीको पुर्ण विवरण अनुसन्धानपछि खुल्ने कैलाली प्रहरीले जानकारी दिएको छ।

Read More

काठमाडौँ : नेकपा एमालेका नेता भीम रावलले देश जोगाउन सङ्घीयता खारेज गर्नुपर्ने बताएका छन्। नेता रावलले राजनीतिक दलहरूको सत्ता स्वार्थको कुरूप चरित्र पछिल्लो समय कोशी प्रदेशमा देखिएको भन्दै सङ्घीयताको मानक यही हो भने देश जोगाउन सङ्घीयता खारेज गर्नुपर्ने सामाजिक सञ्जाल मार्फत बताएका हुन्। साथै नेपाली भूमि कालापानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा मौन रहेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन्। ‘नेपाली भू-भाग कालापानीमा भारतीय प्रमको नाङ्गो हस्तक्षेप हुँदा सरकार मौन रहने तथा प्रमुख राजनीतिक दलहरूमा निहित सत्ता स्वार्थका लागि जस्तो चरित्र र व्यवहार देखिएको छ र जसको कुरूप कोशी प्रदेशमा देखियो, यदि यही नै सङ्घीयताको मानक हो भने यस्तो सङ्घीयता देश…

Read More

काठमाडौं : प्यालेस्टायनी लडाकु समूह हमासको आक्रमणमा परेका ज्यान गुमाएकामध्ये पाँच नेपालीको शव इजरायली सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। लेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार पाँच वटा शव प्राप्त भएको हो । नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेश कुमार नेपाली, दिपेश राज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको राजदूतावासले आइतबार साँझ विज्ञप्तिमार्फत जनाएको छ । बाँकी शव पाउन प्रक्रिया जारी रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । साथै प्राप्त भएका शवहरू ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको पनि दूतावासले भनेको छ । यस्तै उपलब्ध संयन्त्रहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्य अझै तीब्र पारिएको दूतावासले बताएको छ।…

Read More

काठमाडौं : पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोलमा ११ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ घटाइएको हो। नयाँ मूल्य अनुसार पेट्रोल १७२ र डिजेल तथा मट्टितेल १६८ रुपैयाँ कायम भएको छ। एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

Read More

काठमाडौँ : बढुवा प्रक्रिया सुचारु गर्न माग राख्दै आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरूले पदाधिकारीहरूलाई बर्खास्त गर्न वा आफूहरूले दिएको सामूहिक राजीनामा स्वीकृत गर्न सरकारसँग आग्रह गरेका छन्। आन्दोलनरत शिक्षक कल्याण समाजले आइतबार उपकुलपति कार्यालयअघि पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउने पदाधिकारीहरूलाई बर्खास्त गर्न वा राजीनामा स्वीकृत गर्न माग गरेको हो। सम्पूर्ण शिक्षकहरूले असोज २६ गतेदेखि नै लागु हुने गरी सामूहिक राजिनामा दिइसकेको जानकारी दिँदै यो अवस्था सिर्जना हुनुको मुख्य जिम्मेवारी प्रतिष्ठानका पदाधिकारीहरू भएको समाजको दाबी छ । प्रतिष्ठानमा विगत ७ वर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध हुँदा १७७ जना एसिस्टेन्ट प्रोफेसर, एडिस्नल प्रोफेसर र एशोसिएट प्रोफेसरहरूको वृत्ति…

Read More

काठमाडौं : देशभरका अदालतमा घटस्थापनादेखि नै दशैं बिदा सुरु भएको छ। सर्वोच्च अदालतमा दसैं अवधिभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको हो । अब असोज १२ गते, आइतबारदेखि मात्रै अदालत खुल्नेछ। दशैं बिदाको अवधिमा बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ।

Read More

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले सत्तामा फर्किन नपाउँदा कि भनेर विक्षिप्त भएको आरोप लगाएका छन् । चितवनको भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले कोशीको घटनाक्रमलाई जोड्दै एमालेमाथि उनी खनिएका हुन् । प्रधानमन्त्री प्रचण्डले राम्रो काम गरेकोले त्यसलाई देख्न नसक्नेहरु गठबन्धन भित्र खेल्ने प्रयास स्वरुप कोशीमा राजनीतिक घटनाक्रमहरु विकसित भएको टिप्पणी गरे। प्रधानमन्त्री प्रचण्डले भने,‘कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य तपाईंहरुले पनि देख्नुभयो होला। यही गठबन्धनले राम्रो गरेको सहन नसकेर एकथरी मान्छे यहाँभित्र खेल्न सकिन्छ कि भनेर, विभाजन ल्याउन सकिन्छ भन्ने योजना अन्तर्गत ती कामहरु थिए।’ प्रधानमन्त्री प्रचण्डले उक्त षडयन्त्रहरुलाई निस्तेज पारेको पनि उल्लेख गरेका छन्। कांग्रेसका शेखर पक्षका ८ सांसदले…

Read More