कञ्चनपुर: कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाले बिहीवार गौरा पर्वको बिदा दिएको छ । गाउँपालिकाले गौरा पर्वको अवसरमा २१ गते बिहीवार सार्वजनिक बिदा दिइएको सूचनामार्फत जनाएको हो । सुदूरपश्चिममा भदौ ७ गते गौरा पर्व नमनाएका ठाउँमा हिजो (सोमवार)देखि मनाउन सुरु गरिएको छ । भदौ २१ गते गौराको मुख्य दिन गौराष्टमी परेको छ ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट भन्सार छलीका चिनी, दाल, पास्ता, खुद्रा किरानाका सामान बरामद गरिएको हो । करिब ५० हजार मूल्य बराबरका अवैध सामान सोमवार साँझ प्रहरी गस्ती टोलीले बरामद गरेको बताइएको छ ।
कञ्चनपुर: कञ्चनपुरको वेदकोट नगरपालिकामा २१ गते सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै गौरा पर्वको अवसरमा २१ गते सार्वजनिक बिदा दिइएको जनाएको हो । नगरप्रमुखस्तरीय निर्णय अनुसार सो दिन बिदा दिइएको सूचनामा उल्लेख छ । सुदूरपश्चिममा भदौ ७ गते गौरा पर्व नमनाएका ठाउँमा हिजो (सोमवार)देखि मनाउन सुरु गरिएको छ । भदौ २१ गते गौराको मुख्य दिन गौराष्टमी परेको छ ।
बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाको देहीमाण्डौं स्वास्थ्यचौकी नगरपालिकामै उत्कृष्ट भएको छ । नगरपालिका अन्तर्गतका १७ ओटा स्वास्थ्य संस्थामध्ये देहीमाण्डौं स्वास्थ्यचौकी कार्यसम्पादनका आधारमा उत्कृष्ट भएको हो । स्वास्थ्यचौकीले प्रदान गरिरहेको सेवाका आधारमा नगरपालिकाले उत्कृष्ट ठहर गरेको स्वास्थ्यचौकीकी इञ्चार्ज निर्मला पन्तले बताइन् । स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं दशरथचन्द नगरपालिका-२ का वडा अध्यक्ष सुर्यबहादुर बोहराले आगामी दिनमा स्वास्थ्यचौकीले प्रदान गर्ने सेवाहरुलाई अझै परिष्कृत गरेर लगिने बताए ।
काठमाडौँ: वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन् । उनीहरुले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । कार्यालका अनुसार इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्कपर्मिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरु ठूलो रकम गुमाउन पुगेका हुन् । अनुसन्धानमा उक्त विज्ञापनपछि सम्पर्कमा पुगेका पीडितलाई क्यानडामा क्यासियरको काम लगाइदिने र त्यसबापत रु पाँच लाख ४५ हजार तलब हुने लोभ देखाएर रकम ठगी गरेको पाइएको हो । “क्यानडा जानका…
काठमाडौँ: सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख १२ हजार ७ सय रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदी २० रुपैयाँले घटेर तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाले दुई दिन गौरा पर्वका लागि बिदा दिने भएको छ । गाउँपालिकाका प्रवक्ता दिनेश भट्टका अनुसार सोमवार बसेको कार्यपालिका बैठकले भदौ २१ र २२ गते स्थानीय बिदा दिने निर्णय गरेको हो । भदौ ७ गते गौरा नमनाएका ठाउँमा हिजो सोमवार देखि गौरा पर्व सुरु भएको छ । भदौ २१ गते गौराको मुख्यदिन गौराष्टमी परेको छ ।
धनगढी: धनगढी उपमहानगरपालिका-१ मा रहेको नेपाली नुरी जामा मस्जिदको कार्यसमिति अध्यक्षमा डा मेराज आलम अन्सारीले उम्मेदवारी दिएका छन् । उनले मस्जिदको पुननिर्माणका साथै मस्जिद कोष स्थापना गरी गरीब एवं असहायलाई मद्दत गर्ने लगायतका एजेण्डासहित उम्मेदवारी दिएका हुन् । मस्जिदको कार्यसमिति चुनाव बुधवार (भोलि) २० गते हुँदैछ ।
कञ्चनपुर: कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक आयोजनाको दुई खण्डको निर्माण अलपत्र छ । पाँचौँ पटक थपिएको म्याद गत असार मसान्तमा सकिएपछि हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले छैटौँपटक म्याद थपेको छैन । म्याद थपका लागि निर्माण व्यवसायीले प्रक्रिया अघि बढाएको भए पनि निर्माण गर्ने छाँट नदेखाएकाले पनि म्याद थपको विषय अन्योलमा परेको छ । हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारले निर्माण व्यवसायीले काम थाल्ने अवस्थामा मात्रै म्याद थप हुनसक्ने सङ्केत गरे । “काम नगर्ने र म्यादमात्रै थप्ने वातावरण देखिए ठेक्का तोड्ने स्थिति छ”, उनले भने, “निर्माण व्यवसायीको काममा म्याद थपको निक्र्यौल लाग्छ ।” पुनर्वास नगरपालिकाको डोकेबजारबाट वेदकोट नगरपालिकाको…
कैलालीः बर्दगोरिया गाउँपालिकाले विभिन्न संघ-संस्थालाई सम्मान गरेको छ। गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा निर्वाह गरेको उल्लेखनीय भूमिकाको कदर स्वरूप एनएलआर नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), स्वास्थ्यकर्मी, कर्मचारी तथा सहयोगी संघसंस्थाहरूलाई कदर-पत्रसहित सम्मान गरेको हो। बर्दगोरिया गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को स्वास्थ्य कार्यक्रहरूको वार्षिक समिक्षा गोष्ठी कार्यक्रमका बिच विगत लामो समयदेखि गाउँपालिकामा कुष्ठरोग निवारण कार्यमा अतुलनीय योगदान गरेकोमा एनएलआर नेपाल र एनएनएसडब्ल्यूएलाई कदर-पत्रसहित सम्मान गरेको हो। एनएलआर नेपालका तर्फबाट प्रकाश मल्ल र एनएनएसडब्ल्यूएका तर्फबाट संस्थाका निमित्त कार्यकारी निर्देशक विनोद विक्रम जैरूले सम्मान ग्रहण गरेका थिए। एनएनएसडब्ल्यूएका निमित्त कार्यकारी निर्देशक जैरूले यो सम्मानले कुष्ठरोग रोकथामका लागि थप हौसला प्रदान गरेको बताए। बर्दगोरिया…