Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको धनगढीमा हिजो (आइतबार) देखि सुरु भएको नेकपा (एमाले) सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशन जारी छ। आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली नै आएर अधिवेशनको उद्घाटन गरेका थिए। पार्टी अध्यक्ष ओली उद्घाटनपछि हिजो नै काठमाडौं फर्किएका थिए। ओलीले सहमतीका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएको बताइन्छ। ओलीको निर्देशन अनुरुप अहिले प्रदेशका एमाले नेताहरु सहमतीको प्रयासमा जुटेका छन्। ओली काठमाडौं गएपनि उनले पार्टी महासचिव शंकर पोखरेललाई अधिवेशन सम्पन्न गर्न जिम्मा दिएको बताइएको छ। महासचिव पोखरेलले सहमतीको वातावरण बनाउन प्रदेशका पूर्व इन्चार्जसहित हालका इन्चार्ज, अध्यक्ष र अन्य नेताहरुसँग छलफल गरिरहेका हुन्। धनगढीको रुवस होटलमा छलफलमा बसेका नेताहरु अहिले अहिले अधिवेशन…

Read More

धनगढी: नेपाल प्रहरीका नायव निरीक्षक (सई) जितेन्द्रसिंह धामी निलम्बनमा परेका छन्। बहुविवाह (घरमा श्रीमती हुँदाहुदै अर्को विवाह गरेको) मुद्दामा मुछिएपछि धामी निलम्बनमा परेका हुन्। प्रहरी अतिरिक्त महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार उनी स्वत: निलम्बनमा परेको जानकारी दिइएको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी कुबेर कडायतले मुद्दा दायर भएलगत्तै धामीको जिम्मेवारी खोसिएको र निलम्बित गरिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार धामीविरुद्ध चितवनमा बहुविवाहको मुद्दा दायर भएको थियो। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सई धामीविरुद्ध चितवनमा मुद्दा दर्ता भएको हो। डेढ महिनाअघि मुद्दा परेकोमा अहिले धामी धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले बताए।

Read More

कैलाली : कैलालीको जोशीपुर गाउँपालिका–५ का आशिष चौधरी इजरायलमै अस्ताएका छन्। प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले शनिबार इजरायलमा गरेको आक्रमणमा परी मृत्यु हुने १० नेपालीको सूचीमा चौधरीको नाम पनि समावेश छ। चौधरी गत २५ भदौमा इजरायल गएका थिए। मारिनेमा चौधरी पनि रहेपछि उनको परिवार विक्षिप्त छ। २५ वर्षीय चौधरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कृषि विज्ञान संकायबाट बिएस्सी एग्रिकल्चरको अध्ययन सकेर इजरायल गएका थिए। चौधरीको मृत्युको खबरले उनका ७० वर्षीय बाजे कन्हैयालाल चौधरी चिन्तामा छन्। कन्हैयालाल सानैदेखि आफ्नै काखमा हुर्काएका नातीको मृत्युको खबरले छिनछिनमा भावविह्वल हुन्छन्। आफूलाई सम्हाल्ने प्रयास गर्छन्, तर सक्दैनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायल उड्नुअघि आशिषले फोन गरेर भनेका थिए, ‘बाजे केहीबेरमा…

Read More

डडेल्धुरा : डडेल्धुरामा ५ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–५ कीर्तिपुर बस्ने करन रोकायको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष ओझासहित ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्याल डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ८ सय ५० रुपैयाँ र ९ गड्डी ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता, प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनको भनाइ छ। स्रोतका अनुसार प्रहरीले जुवाडेभन्दा मोबाइल बढी समातेको छ। जुवाडे कम मोबाइल बढी समातिएको छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘प्रहरी जुवातास…

Read More

धनगढी: पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायल युद्धमा नेपालीहरुको मृत्यु भएकोमा दुख व्यक्त गरेका छन्। एक दु:खद सन्देश सार्वजनिक गर्दै पूर्वराजाले हालै इजरायलमा भड्किएको दुई पक्षीय युद्धमा नेपालीहरूको मृत्युु भएकोमा दु:ख व्यक्त गरेका हुन्। नेपालबाट गएका १० विद्यार्थीहरुको मृत्यु त्यहाँ आक्रमणमा परि मृत्युु भएको थियो। यस्तै अन्य कयौं विद्यार्थी र युवाहरु घाइते छन्।यस्तै पूर्वराजाले अहिलेको अवस्थामा नेपालले तत्काल पहल गर्नुपर्ने तथा शान्त कूटनीतिक क्षमता दर्शाइ नेपालीहरुको उद्धार गर्न माग गरेका छन्।

Read More

धनगढी : इजरायलमा हमासको आक्रमणमा परि १० जना नेपालीको मृत्यु भएको छ। ती मध्यै ७ जना सुदूरपश्चिमका छन्। मृतकको सूचीमा नाम समावेश छ, बझाङका गणेश नेपालीको। नेपाली ‘कमरेड युगीन’ का नामले बढी परिचित छन्। उनले आफ्नो फेसबुक प्रोफाइमा कमरेड युगीन भनेर नाम लेखेका छन्। नेपाली गएको भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि इजरायल पुगेका थिए। सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका आठौँ सेमेस्टरका विद्यार्थी हुन्, उनी। गणेश अखिल क्रान्तिकारी विश्वविद्यालय राष्ट्रिय समिति सुदूरपश्चिम प्रदेशको सचिव पनि हुन्। भोपुरस्थित गणेशको परिवार अहिले भावह्विल छ। परिवारमा कान्छा छोरा रहेका उनी पढाइमा तीक्ष्ण थिए। उनले विद्यालय तहको शिक्षा बझाङकै सत्यवादीमा अध्ययन गरेका थिए।…

Read More

धनगढी: इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका ७ जनाका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले रकम दिने निर्णय गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले विद्रोही समूहको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरूका परिवारलाई दुई/दुई लाख रुपैयाँ उपलब्ध गराइने जनाएको छ। मुख्यमन्त्री कमल शाहले हस्ताक्षर गरेको विज्ञप्तिमा इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन सङ्घीय सरकारलाई अनुरोध गरेको छ।

Read More

धनगढी : इजरायल अहिले युद्धको चपेटामा छ। परराष्ट्र मन्त्रालयका अनुसार १० जना नेपालीहरुको मृत्यु भइसकेको छ। थुप्रै नेपाली इजरायलमा फसेको आशंका गरिएको छ। इजरायल नेपाली कृषि विद्यार्थीको आकर्षणको गन्त्वय बन्दै गइरहेको थियो। तर, हमासले इजरायलमा गरेको आक्रमणमा अहिले इजरायल निकै संकटमा परेको छ। इजरायल–प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थीले उद्धारको अपिल गर्दै प्रधानमन्त्री प्रचण्डलाई पत्र लेखेका छन् । अन्नपुर्ण गाउँपालिका–२ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिने आग्रह गरेका हुन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट सुरज इजरायल गएका थिए। उनले कृषि तथा वन विज्ञान विश्वविद्यालय बाट स्नातक सकिनै लागेका ११४ जना विद्यार्थी…

Read More

कैलाली : पढ्दै कमाउँदै कार्यक्रममा गत भदौ २५ गते इजरायल गएका कैलाली घोडाघोडी नगरपालिका ४ जनकपुरका नारायणप्रसाद न्याैपाने इजरायलमै अस्ताएका छन्। इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाउने १० जनाको सूचीमा नारायणको नाम समेत छ । नारायणको परिवार कालिकोटको कोटबाडाबाट बसाइसराइ गरी कैलाली आएको थियो। न्यौपाने परिवारमा तीन छोरा एक छोरी छन्। नारायण ६ वर्षको हुँदा उनको आमाको मृत्यु भएको थियो। दुई छोरा र एक छोरी भएका हरिनन्द न्यौपानेले दोस्रो विवाह गरेर सीता न्यौपानेलाई भित्र्याए। सीताबाट एक छोरा छन्। सौतेनी आमा भए पनि छोराहरूप्रतिको जिम्मेवारी सबै पुरा गर्दै आएकी थिइन्। छोरा नारायणको बारेमा सितासँग बुझ्दा उनले वाईफाईमा पैसा सकिएपछि छोरासँग कुरा नभएको…

Read More

डोटी: डोटीको शिखर नगरपालिका– ५ पचनालीका राजन फुलाराको नेपालमा आएर लोकसेवा लड्ने सपना इजरायलमै तुहिएको छ । सुदूरपश्चिम विश्वविद्यालयको बिएस्सी एजीका विद्यार्थीका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न इजरायल पुगेका राजनले एक हप्ताअघि आफ्ना काका राजेन्द्र फुलारासँग भिडियोमा कुरा गर्दै आफू नेपाल आएर लोकसेवा आयोगको तयारी गर्ने योजना सुनाएका थिए । तर, इजरायलमा भएको हमलामा उनको ज्यान गएको छ। राजनसँगको कुराकानी सम्झँदै राजेन्द्रले भने, ‘यहाँ त केही सिक्ने हो अंकल, गर्ने त आफ्नै देशमा हो, नेपाल आएर लोकसेवाकै तयारी गर्छु ।’ जिल्ला अस्पताल डोटीमा कार्यरत काका राजेन्द्रसँग मोबाइलको क्यामेरा फर्काउँदै राजनले भनेका थिए, ‘ऊ त्यही हो अंकल…

Read More