Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलंकालाई १० विकेटले हराउँदै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको हो । फाइनलमा प्राप्त ५१ रनको झिनो लक्ष्य भारतले मात्र ६ ओभर १ बलमा बिना विकेटको क्षतीमा पुरा गर्यो । भारतका लागि इशान किशनले २३ र शुभमन गिलले २७ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५ दशमलब २ ओभरमा ५० रनमा अलआउट भयो । श्रीलंकाका लागि कुशल मेन्डिसले १७ तथा दुशान हेमन्थाले १३ रन बनाए । श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका लागि मोहमद सिराजले ७ ओभरमा २१ रन खर्चिएर ६ विकेट…

Read More

धनगढीः कैलालीको धनगढीमा एक घरमा चट्याङ परेको छ। आइतबार परेको चट्याङबाट धनगढी उपमहानगरपालिका–२ शिखर टोलस्थित तेजबहादुर ऐरको घरमा आंशिक क्षति पुगेको छ। दुई तले ८ कोठे पक्की घरमा चट्याङ पर्दा विद्युतको तार जलेर सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। चट्याङबाट मानवीय तथा पशुचौपायमा क्षति पुगेको छैन्।

Read More

काठमाडौँ: हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा गरेको हो । तीजका अवसरमा चारै वटा सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ । यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्ने गरी तयारी भएको छ । कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गरी…

Read More

काठमाडौं : काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा सामुहिक हत्या प्रकरणमा आइतबार पक्राउ परेका आरोपितले नवीन राईसँगको रिसिइबीले चार जनाको हत्या गरेको स्वीकारेका छन् । काठमाडौं प्रहरीले सिन्धुपाल्चोकका बोल्न नसक्ने एक जना आरोपितलाई पक्राउ गरेको छ । उनले मोरङका राईसहित दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेलको हत्या गरेको स्वीकारेका हुन् । शुक्रबार राति तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको सामुहिक हत्या भएको थियो । अनुसन्धानमा खटिएका प्रहरीले घटनास्थलको सीसीटीभी, लगाएको कपडाको आधारमा उनलाई पक्राउ गरेको दाबी गरेको छ । बयानअनुसार उनी मोरङ घर भएका १९ वर्षका नवीन राईको हत्या गर्न सःमिलमा पुगेका थिए । घटनाबारे…

Read More

काठमाडौं : १७ जना शाखा अधिकृतको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो। चिचिला गाउँपालिकाकी प्रखुख प्रशासकीय अधिकृत शुक्रादेवी राईलाई जिल्ला समन्वय समिति संखुवासभा, पाथिभरा याङवरक गाउँपालिका ताप्लेजुङमा कार्यरत जनार्दन निरौलालाई बाह्रदशी गाउँपालिका झापा, कल्याणपुर नगरपालिका सिरहामा कार्यरत विष्णुरञ्जन बराललाई मिर्चैया नगरपालिका सिरहा पढाइएको छ। जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर विष्टलाई टिकापुर नगरपालिका पठाइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वा अन्तर्गत गण्डकी प्रदेशमा कार्यरत बेदहरि अधिकारीलाई घरपझोङ गाउँपालिका मुस्ताङ सरुवा गरिएको छ। महाकुलुङ गाउँपालिका सोलुखुम्बुमा कार्यरत पदम बहादुर बस्नेतलाई गोलन्जोर गाउँपालिका सिन्धुली, फिङ्कल गाउँपालिका सिन्धुलीमा कार्यरत राजेन्द्र कार्कीलाई मकवानपुरगढी…

Read More

काठमाडौं : न्याय परिषदले १२ जना न्यायाधीशहरूको सरुवा गरेको छ। आइतबार बसेको परिषदको बैठकले उच्च अदालतका ७ जना र जिल्ला अदालतका ५ जना न्यायाधीशहरूको सरूवा गरेको हो।

Read More

धनगढी : सरकारले ३ जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कार्यालयमा कार्यरत एआईजीहरूको सरुवा गरेको हो। जस अनुसार मानवस्रोत विभागका नारायणदत्त पौडेललाई सीमा सुरक्षा विभाग, कार्यविभागका चन्द्रप्रकाश गौतमलाई मानव स्रोत विभाग र सीमा सुरक्षा विभागका वंशिराज दाहाललाई कार्य विभागमा सरुवा गरिएको छ। एआईजीको सरुवा लामो समयदेखी रोकिएको थियो। नारायणदत्तले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको पावर लगाएर सरुवा रोकेका थिए। खड्का काँग्रेस उपसभापति समेत हुन्। खड्का र पौडेल यी दुबैको घर सुर्खेत हो। खड्कासँग निकट रहेका उनी खड्काकै पावरमा सशस्त्रमा जागिर खाइरहेका छन्। उनीले पटकपटक राजनीतिक दम्भ देखाइरने गरेको आरोप लाग्दै आएका…

Read More

काठमाडौं : एसीसी एसिया कप क्रिकेटको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन श्रीलंकाले भारतविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। श्रीलंकाको आर प्रेमदासा स्टेडियममा टस जितेर श्रीलंकाले ब्याटिङ रोजेको हो। भारतविरुद्ध पहिले ब्याटिङ गरिरहेको श्रीलंकाले खराब सुरुवात गरेको छ। ७ ओभरको खेल सकिँदा श्रीलंकाले १७ रन बनाएर ६ विकेट गुमाएको छ। श्रीलंकाका पथुम निसानका दुइ रन बनाएर आउट भए भने कुसल परेरा, सदीरा समरविक्रमा, चरित असालान्का र दासुन शानकाले रनको खाता नै खोल्न सकेनन्। धनन्जय डी सिल्भा ४ रनमा आउट भए। भारतका लागि मोहम्मद सिराजले ५ विकेट लिएका छन् भने जसप्रित बुमराहले एक विकेट लिएका छन्।

Read More

धनगढी: धनगढीबाट एक किशोर बेपत्ता भएका छन्। डोटीको केआइसिंह गाउँपालिका स्थायी घर भएर हाल धनगढी बस्दै आएका किशोर बेपत्ता भएका हुन्। भदौ २५ गते बिहानबाट रुपक (रुपै) बलायर बेपत्ता भएको बताइएको छ। अहिले प्रहरीले पनि उनको खोजी गरिरहेको छ।

Read More

काठमाडौं : अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने ६ र खैरो हेरोइनसहित चार गरी १० जनालाई पक्राउ परेका जानकारी दिएको छ। उनीहरूमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीको भनाइ छ। पक्राउ परेकाहरूलाई आइतबार सार्वजनिक गर्दै प्रहरी उपरीक्षक जोशीले पार्सलमा गाँजा पत्ता लागेपछि उनीहरुलाई पक्राउ गरिएको बताए। प्रहरीका अनुसार अमेरिकाबाट हुलाकमार्फत् डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय वीरगञ्जमा…

Read More