Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेनले प्रस्तावित शिक्षा विधेयकमा आफू पनि असहमत रहेको बताएका छन् । स्थानीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसदमा दर्ता गर्नु संविधानको बर्खिलाप रहेको उनको जिकिर छ । शाहले आधारभूत र माध्यमिक शिक्षामा स्थानीय सरकारको एकल अधिकार रहेको उल्लेख गरेका छन् । ‘विद्यालय शिक्षा बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किनकि काठमाडौँको शिक्षाको नीति र जुम्लाको नीति र आवश्यकता फरक हुन्छन् ।’ तर, शिक्षकले विद्यालय बन्द गरेर पठन पाठनमा अवरोध नपुर्‍याउन उनको आग्रह छ । यस्ता अवरोध पुर्‍याउनेलाई कानून र संविधानअनुसार कारबाही गर्ने चेतावनी शाहले दिएका छन् ।

Read More

डडेल्धुरा : डडेल्धुरामा पनि विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको छ। दिवसको अवसरमा बुधबार बिहान संविधान दिवस मूल समारोह समितिको आयोजनामा जिल्ला सदरमुकामको बागबजारदेखि तुफानडाँडा चोकसम्म प्रभातफेरी निकालिएको थियो। उक्त प्रभातफेरीमा सुदूरपश्चिम प्रदेशसभाका सदस्यद्वय डा ताराप्रसाद जोशी र सरस्वती खड्काका साथै संविधान दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारी, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो। तुफानडाँडामा भएका कोणसभा कार्यक्रममा संविधान दिवसकै अवसरमा मंगलबार आयोजित भलिबल प्रतियोगिताका विजेता खेलाडीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो। प्रतियोगितामा सरकारी कर्मचारी टिमको विजेता र…

Read More

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुर जाने भएका छन्। पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। शाहको सचिवालयका फणि पाठकले बुधबार विज्ञप्ति जारी गर्दै आइतबार अपरान्ह उनी भक्तपुर जिल्लावासीको विशेष निमन्त्रणमा त्यसतर्फ जाने कार्यक्रम रहेको जानकारी दिएका छन्।

Read More

काठमाडौं : अर्थतन्त्रमा देखिएको शिथिलताका कारण कालोसूचीमा पर्नेको संख्या ह्वात्तै बढेको छ । कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ८ हजार ८४९ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेको पाईएको हो । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण समयमा तिर्न नसक्दा र भुक्तानीका लागि काटिएका चेक समयमा नै नसाटिएर बाउन्स हुँदा कालोसूचीमा पर्नेको संख्या बढी छ । औसतमा दैनिक कालोसूचीमा पर्नेको संख्या १४७ छ । कालोसूचीमा परेका ८ हजार ८४९ व्यक्ति तथा कम्पनीमा १६९ व्यक्ति तथा कम्पनी लघुवित्त कालोसूचीमा परेका छन् भने बाँकी सबैलाई वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र सहकारीको सिफारिसमा कालोसूचीमा परेका हुन् । कर्जा…

Read More

काठमाडौँ : आफूहरूको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका छन् । आन्दोलनका संयोजक दीपक गौतमका अनुसार प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाबाटै नै हुने व्यवस्था लागु गर्नुपर्ने, स्थानीय सेवाबाट प्रदेश र संघीय निजामती सेवामा प्रवेश गर्न उमेर हद लागु हुन नहुने, समायोजन भएकाहरूको भविष्यलाई उचित सम्बोधन गर्नुपर्ने माग राखेर काठमाडौँ केन्द्रित आन्दोलन गर्न लागिएको हो । त्यस्तै सेवाअवधि गणनालाई न्यायपूर्ण बनाउनुपर्ने, कर्मचारी र जनप्रतिनिधिबीच दूरी बढाउने गरी सरुवाको प्रणाली राख्न नहुने लगायतका माग पनि उनीहरूको छ । स्थानीय तह कर्मचारी सरोकार फोरम’को संयोजनमा विभिन्न माग राख्दै आन्दोलनको तयारी भएको हो…

Read More

काठमाडौँ – मिटरब्याजीविरूद्ध परेको २६ हजार उजुरीमध्ये ४ हजार उजुरीमा मिलापत्र भएको छ। मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगका अनुसार ऋणी र साहुकारबीच आपसी सहमतिमा ४ हजार ६६ उजुरीमा मिलापत्र भएको हो। आपसी सहमतिमा मिलापत्र गर्न निवेदन फिर्ता लिएको, निवेदकले निवेदन फिर्ता लिएको, लिनदिन नपर्ने गरी मिलापत्र भएको, अदालतमा मुद्दा रहेको तथा फैसला समेत भइसकेको, जग्गा खरिद विक्री सम्बन्धी कारोबार भएको देखिएको, साहुद्वारा मिनाहा गरिएका आधारमा मिलापत्र गराइएको आयोगले जनाएको छ । आयोगका अनुसार मिलापत्र भएका ४ हजार ६६ जना ऋणीले उजुरीमा ७ अर्ब ४८ करोड ८० लाख रुपैयाँ साहुबाट असुल हुन बाँकी रहेको उल्लेख गरेका थिए।अनुसन्धानको क्रममा ऋणी र साहुबीच ५ अर्ब…

Read More

अछाम : अछामको चर्चित पर्यटन गन्तव्य रामारोशन जान रोकिएका विभिन्न ३५ मुलुकका दुई हजार पर्यटकलाई त्यहाँ जान अनुमति दिइएको छ। रामारोशन गाउँपालिका र रामारोशन पर्यटन विकास समितिले जिम्मा लिने भएपछि पर्यटकलाई जान अनुमति दिइएको हो। रेन्बो ग्यादरिङका लागि भन्दै ठूलो संख्यामा विदेशीहरू रामारोशन जान थालेपछि सुरक्षा चासो भन्दै स्थानीय प्रशासनले उनीहरूलाई रोकेको थियो। प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले पर्यटन मन्त्रालयको अनुमति लिएका पर्यटकलाई रामारोशन जान दिइएको जानकारी दिए। उनले भने, ‘भिसा भएका, पर्यटन मन्त्रालयले त्यहाँ जान अनुमति दिएका पर्यटकलाई जान दिने भन्ने भएअनुसार हामीले सहजीकरण गरेका छौँ।’ स्थानीय प्रशासनले रोकेपछि रामारोशन गाउँपालिका र रामारोशन पर्यटन विकास समितिले उनीहरूलाई रामारोशन…

Read More

बझाङ : सरकारले संविधान दिवसको अवसर पारेर बझाङ जिल्ला कारागारमा रहेका दुई जनाको कैद माफी मिनाहा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी बझाङका दुई जनाको कैद माफी मिनाहा गरेका हुन् । ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय माफी मिनाहा दिएको हो । बझाङमा सजाय माफी मिनाहा पाउनेमा ६९ वर्षिय छबिसपाथिभेराका जेष्ठ नागरिक धनराज भनिने चन्द्रदेव जोशी र हरेन्द्र मण्डेल रहेका छन् । यी दुबै जनाले ५० प्रतिशत कैद भुक्तान गरेको, चालचलन ठिक रहेको र जेष्ठ नागरिक नागरिक भएका हैसियतले कैद माफी पाएका हुन् ।

Read More

कञ्चनपुरः कञ्चनपुरको बेलौरीमा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीमाथि ड्युटीमै रहेका बेला हातपात भएपछि आकस्मिक बाहेकका सेवा ठप्प भएको छ। अस्पातलमा कार्यरत स्वास्थ्यकर्मीले एक विज्ञप्ती जारी गर्दे आकस्मिक बाहेकका सेवा ठप्प गरेको जानकारी दिएका हुन्। आन्दोलित स्वास्थ्यकर्मीले दोषीलाई कारबाही गर्नुको साटो उल्टो पीडितमाथि झन पीडा दिने काम गरेको भन्दै रुष्ट बनेका छन्। विज्ञप्तीमा भनिएको छ, ‘मिति २०८० असोज २ गते राति १२ बजे यस श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र, बेलौरी, कन्चनपुरमा मादक पदार्थ सेवन गरि साइकल वाट लडी सामान्य चोट लागेको र निधारमा घाउ भएकोले रात्रिकालिन डिउटीमा रहेका अहेव नरेन्द्र प्रसाद गैरेले निजको उपचारमा टाका लगाउनुपर्छ भनि बिरामीलाई भनेर टाका लगाउन…

Read More

कञ्चनपुर: कञ्चनपुरको दक्षिणतर्फ सीमा जोडिएको भारतको टिल्ला गाउँमा मजदुरी गर्दै आएका एक नेपाली नागरिकको पानीमा डुबेर मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ टेडिया घर भई सीमावर्ती भारतीय टिल्ला नम्बर ४ अमरजित सिंहको घरमा काम गर्दै आएका ३५ वर्षीय कुल बहादुर शाहको डुबेर मृत्यु भएको हो । मंगलबार साँझ घर जान्छु भनी त्यहाँबाट नेपालतर्फ आएका शाह घर नपुगेपछि खोजी गर्दा बुधबार तालको पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको पारिवारिक श्रोतले जनाएको छ । उनको शव परीक्षणका लागि भारतीय प्रहरीले पिलिभित पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More