Author: महेन्द्रनगर पोष्ट

काठमाडौँः प्रहरीले नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एक जना सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । बाँके प्रहरीका अनुसार आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई नियन्त्रणमा लिइएको हो । उनी सोमवार बिहान ८ः४५ बजेको श्री एयरको उडानमा नेपालगञ्जबाट काठमाडौँ आउने तयारीमा थिए । सोही क्रममा चेकजाँच गर्दा अधिकृत सापकोटा र दीपक पौडेलसँग नेपाली २६ लाख रुपैयाँ बरामद भएको हो । अर्का अधिकृत पौडेल फरार भएका र व्यापक मात्रामा प्रहरी परिचालन गरी खोजी कार्य भइरहेको बाँके प्रहरीले जनाएको छ । बरामद रकमको स्रोतबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

डोटीः डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको बडीकेदार गाउँपालिका–३ विछराकी अन्दाजी ५५ वर्षीया कस्तुरी देवी जेठाराको मृत्यु भएको हो । आइतवार राति बडीकेदार–१ रुमाइल भन्ने ठाउँमा सुपप्र ०१००१ ह ५४०६ नम्बरको अटो दुर्घटना हुँदा जेठाराको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । अटो चालक बडीकेदार-१ का उत्तम बोहरा सामान्य घाइते भएका र उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

Read More

बैतडी: आइतवार दिउँसोदेखि अवरुद्ध बैतडीको खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग खुलेको छ । अविरल वर्षापछि ठुलो ढुंगा खसेर अवरुद्ध बनेको राजमार्ग आज बिहान १०:३० बजेबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ । पाटन नगरपालिका-८ को झौलेक मोड नजिक सडकमाथिबाट ढुंगा खस्दा राजमार्ग अवरुद्ध भएको थियो । दुई वटा जेसीबी लगाएर पनि ढुंगा फाल्न नसकिएपछि बझाङको झोताबाट लोडर मगाएर राजमार्ग सुचारु गरिएको प्रहरीले जनाएको छ ।

Read More

धनगढी: बाजुरामा दुई युवकमाथि सामूहिक कुटपिट भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका-६ नोबिस साइलका राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको हो । खप्तड छेडेदह गाउँपालिकास्थित छेडेदह तालमा उनीहरुमाथि कुटपिट भएको बताइएको छ । उनीहरुलाई कुटपिट गर्ने समूहले खुकुरी, नक, काठले हानेको आफन्तले बताएका छन् । घाइते दुबै जनाको अहिले धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले कुटपिटको घटनालाई अभद्र व्यवहार भन्दै मुद्दा कमजोर बनाएको पनि आफन्तको आरोप छ । अहिलेसम्म कुटपिट गर्ने मान्छेहरु नसमातेको र कुटपिटको मुद्दालाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरेकाले आफन्तले प्रहरीकै भूमिका पनि शंकास्पद रहेको बताएका छन् । यता, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख…

Read More

बैतडी: बैतडीको दशरथचन्द राजमार्ग खुलेको छ । लगातारको वर्षाले गएराति सतबाँझ–गोठलापानी सडकखण्डको गुरुखोला नजिक सडकमा रुख ढलेर रामजमार्ग अवरुद्ध भएको थियो । जेसिबीले रुख हटाएपछि रातिदेखि अवरुद्ध राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Read More

मकवानपुर: मकवानपुर प्रहरीले ७१ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर जिल्ला, कैलाश गाउँपालिका वडा नम्बर १ का ३५ वर्षीय गणेश थापा रहेका छन्। उनलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका ९ रजैयाबाट प्रहरीले नियन्त्रणमा लिएको हो। थापाले प्रयोग गर्ने बा ६ च १८४७ नम्बरको कारको डिक्कीका लुकाई राखेको अवस्थामा ७१ किलो ११५ ग्राम लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Read More

कैलाली: सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालय दीपायलले डेङ्गु रोगबाट मृत्यु भएकाहरूको तथ्याङ्क समेट्नमा लापरबाही गरेको देखिएको छ। पछिल्लो महिनामा प्रदेशमा डेङ्गुबाट पीडित ३ जनाको मृत्यु भइसकेको पुष्टि हुँदासम्म निर्देशनालयले अहिलेसम्म यो रोगबाट कसैको मृत्यु भएको जानकारी नआएको तथ्याङ्कमा उल्लेख गर्ने गरेको छ। निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले भने सम्बन्धित स्वास्थ्यका निकाय तथा अस्पतालले समयमै तथ्याङ्क उपलब्ध नगराउँदा डेङ्गुबाट मृत्यु हुनेको तथ्याङ्क समेट्न नसकिएको बताए। सुदूरपश्चिम प्रदेशमा यो रोगबाट पीडित हुने बिरामीको सङ्ख्या पछिल्ला दिनमा ह्वात्तै बढेका छन्। निर्देशनालयको तथ्याङ्कमा पछिल्लो नौ दिन (सेप्टेम्बर) मा मात्रै डेङ्गुका ९७ नयाँ रोगी फेला परेका छन्। नयाँ बिरामीमध्ये कैलालीमा ८१ र कञ्चनपुरमा १६ बिरामी…

Read More

दाङ: एक छात्रा विद्यालय पोशाकमा मृत फेला परेपछि स्कूलका प्रिन्सिपल र सञ्चालक पक्राउ परेका छन्।  रुकुम पश्चिम्को चौजहारी नगरपालिका– १ को भ्याली पब्लिक स्कुलकी प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।  स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया सृष्टि गौतमले शुक्रबार घर पुगेर विद्यालय पोशाकमै झुन्डिएर आत्महत्या गरेकी थिइन्।  घटनापछि छात्राका अभिभावकले प्रहरीमा गई बोर्डिङ स्कुलका प्रिन्सिपल भाट र  सञ्चालक भण्डारीविरूद्ध आत्महत्या दुरूत्साहनको जाहरी दिएका थिए। पीडित पक्षकाअनुसार शुक्रबार छात्रा गौतमलाई प्रिन्सिपल भाटले विद्यार्थीहरूका अगाडि र कक्षा कोठामा समेत सञ्चालक भण्डारीको उपस्थितमा कुटपिट गरेकी थिइन्।   प्रीन्सिपलकी भतिजीलाई घुमाउन लगेर बिगार्न खोजेको आरोप लगाउँदै प्रिन्सिपलले…

Read More

काठमाडौं: वर्षाका कारण आइतबार अवरुद्ध भएको भारत र पाकिस्तानबीचको खेल आज पुनः हुने भएको छ।  भारतले हिजो २४ ओभर एक बलमा दुई विकेट गुमाएर १४७ रन बनाएको थियो। आज दिउँसो ३:१५ मा यही अवस्थामा खेल शुरू हुनेछ। जारी एशिया कपमा वर्षाको पूर्वानुमानसँगै भारत र पाकिस्तानबीचको ‘सुपर फोर’को खेल र फाइनल खेलका लागि ‘रिजर्भ डे’को व्यवस्था गरिएको छ। जस अनुसार आज रिजर्भ डेमा खेल हुन लागेको हो। तर, आज पनि श्रीलंकाको कोलम्बोस्थित आर. प्रेमदास अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला क्षेत्रमा पानी पर्ने सम्भावना छ। 

Read More

कञ्चनपुर: साउदी अरेबियाको रियादमा जारी विश्व भारोत्तोलन च्याम्पियनशिप–२०२३ मा कञ्चनपुरका विकास भट्टले तीनवटा राष्ट्रिय कीर्तिमान बनाएका छन्। प्रतियोगितामा ८१ किलो तौल समूहमा उनले स्नाचतर्फ एक सय २४ किलोग्राम तौल उठाएर आफ्नै राष्ट्रिय कीर्तिमान ‘ब्रेक’ गरेका हुन्। यसअघि भट्टले स्नाचतर्फ १२३ किलोग्राम तौल उठाएर राष्ट्रिय कीर्तिमान कायम गरेको भारोत्तोलनका टिम प्रशिक्षक जीवन गौतमले जानकारी दिए। तीन पुरुष र दुई महिला गरी पाँच खेलाडी लिएर वर्ल्ड च्याम्पियनसिपमा सहभागी भएका प्रशिक्षक गौतमले नेपालले प्रतियोगितामा १६÷१७ वर्षपछि सहभागिता जनाएको जानकारी दिए। उनका अनुसार विकासले क्लिन एन्ड जर्कतर्फ १४८ किलो तौल उठाएर अर्को राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। सो विधातर्फ यसअघि नेपाल प्रहरीका विकास थापाले १३९…

Read More