Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: डडेल्धुरामा ३ किलो ८ सय ग्राम चरेससहित एकजना पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–८ मिटमार्ट मासु पसल नजिकबाट बझाङको बुंगल नगरपालिका–११ का ३५ वर्षीय धनबहादुर बोहरालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले शङ्काको आधारमा चेकजाँच गर्दा बोहराको साथबाट उक्त परिमाणमा चरेश भेटिएको बताइएको छ। बोहराको साथबाट चरेससहित एक थान मोबाइल, २३ जार ५ सय ३० नेपाली रुपैयाँ र २ हजार ६ सय १० भारुसमेत फेला परेको छ।

Read More

धनगढीः कैलालीको धनगढीबाट २६ लाख बढी मुल्य बराबरका तस्करीको सामान प्रहरीले बरामद गरेको छ। बिहीवार अवैध सामानसहित प्रहरीले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–९ का ४० वर्षीय राहुल सिलवाललाई पक्राउ गरेको हो। भारतबाट आयात गरिएको सो सामान ना ५ ख ४७३२ नम्बरको बसभित्र फेला परेको थियो। बसलाई धनगढी उपमहानगरपालिका–३ भन्सारबाट नियन्त्रणमा लिएको हो। बसभित्र २६ लाख ६६ हजार मुल्य बराबरको सामान फेला परेको प्रहरीले जनाएको छ। बसभित्र भारतबाट लुकाएर ल्याउँदै गरेको मोबाइल पार्ट्स, नक्कली गरगहना, कर्क, ब्याट्री र ईन्भटर लगायतका गरी २६ लाख ६६ हजार मुल्य बराबरका भन्सार छलीका सामान रहेको बताइएको छ। नियन्त्रणमा लिएको बस छोडिएको छ भने सामान र संलग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय…

Read More

काठमाडौं: सशस्त्र प्रहरीका बहालवाला एक डीएसपी हतारिँदै उपत्यका अपराध अनुसन्धान कार्यालय पुगिन्। केही दिनअघि अपराध महाशाखा पुगेकी उनले अन्जान नम्बरसँग ह्वाट्सएपमा कुरा गर्दा एक हप्ताको अवधिमा १३ लाख गुमाइन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार अनलाइन ठगी गर्ने गिरोहको प्रलोभनमा पर्दा उनले उक्त रकम गुमाएकी हुन्। प्रहरीका अनुसार अपरिचित नम्बरबाट आएको ह्वाट्सएप म्यासेजमा उनले कुराकानी गर्ने गरेकी थिइन्। कुराकानी बढ्दै जाँदा ती व्यक्तिले आफू युद्धमा जान लागेको आर्मी भनेर चिनाएका थिए। युद्धका क्रममा परिवार गुमाएको र आफ्नो एउटा खुट्टा पनि गुमाएको जानकारी ती डीएसपीलाई दिएका थिए। निरन्तरको कुराकानी र फोटो भिडियो आदानप्रदान भइसके पछि ति व्यक्तिले बिमावापत आफूलाई…

Read More

दार्चुलाः दार्चुलामा चट्याङ लागेर एक युवती घाइते भएकी छन्। हिजो(बिहिवार) जिल्लाको मालिकार्जुन गाउँपालिका–८ औडाखानका मनीराम लुहारकी १८ वर्षीया छोरी शान्ति लुहार चट्याङ लागेर घाइते भएकी छन्। उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भएको थियो। यस्तै दार्चुलाकै शैलेशीखर नगरपालिका–५ सेतकला स्थित एक घरमाथि चट्याङ पर्दा तीन पशुचौपाया मरेको प्रहरीले जनाएको छ।

Read More

बैतडी: बैतडीमा अझै पनि बालविवाह हुने क्रम रोकिएको छैन। उमेर नपुग्दै बिहे गर्ने किशोरी २० वर्षमुनि नै आमा बन्ने गरेका छन्। जिल्लामा गएको तीन वर्षको अवधिमा एक हजार एक सय २५ जना किशोरी २० वर्षमुनि नै आमा बनेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। आर्थिक वर्ष २०७७/७८ मा चार सय १५, आवमा २०७८/७९ मा तीन सय ८७ र गत आवमा तीन सय २३ किशोरीले जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भ जाँच गराएको पाइएको कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए। उनका अनुसार यो तथ्याङ्क हेर्दा पनि यहाँ बालविवाह हुने क्रम नरोकिएको प्रष्ट हुन्छ। गर्भ जाँच गराउन आउँदा किशोरीको उमेर २० वर्ष कम…

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल  भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, सुदूरपश्चिम र कर्णाली  प्रदेशका  केही  स्थानहरूमा साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका  एक–दुई स्थानमा चट्याङ्ग सहित  भारी  वर्षाको  समेत सम्भावना  रहेको छ। राति भने बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित…

Read More

काठमाडौं: नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले वल्ड ओलम्पियन्स एसाोसिएसनको वल्र्ड आोलम्पियन्स फोरममा भाग लिने भएका छन्। टर्कीको स्तानबुलमा शनिबार र आइतबार दुई दिने फोराममा विष्टले भाग लिने भएका हुन्। त्यसका लागि विष्ट बिहीबार प्रस्थान गर्दैछन्। फोरममा विश्वका १ सय ५० भन्दा बढी ओलम्पिन्स संघका प्रतिनिधिको सहभागिता रहनेछ। संघले पछिल्लो दुई वर्षमा गरेको कामलाई फोरममा प्रस्तुत गरिने विष्टले जानकारी दिए। उनले एसियन ओलम्पियन फोरम आयोजनाका लागि प्रस्ताव राख्ने र सहभागीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने योजनामा आफू रहेको विष्टले बताए। विष्टलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन्स…

Read More

काठमाडौं: तीजको दर खाने कार्यक्रममा मदिरा(दारु) पिएपछि डडेल्धुराको भागेश्वर गाउँपालिकामा बबाल मच्चिएको छ। हिजो(बुधबार) साँझबाट वडा नम्बर ३ को कार्यालयमा आयोजना भएको तीजको दर खाने कार्यक्रम अन्तिममा भनाभनमा टुंगिएको थियो। मदिरा पिएर लफडा नै भएपछि जिल्लाबाट प्रहरी टोली गएर वडा सचिव कृष्ण चठौतसहितका व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरी स्रोत बताउँछ। उनीसहित स्वास्थ्य शाखा प्रमुख, २ जना भेटेनरी कर्मचारी र एक जना सवारी चालकलाई जिल्ला झिकाइएको थियो। उनीहरुलाई मापसे जाँच गरेपछि थुनामा राखिएको स्रोतले बतायो। तर, प्रहरी भने ४ जनालाई नियन्त्रणमा लिएको बताउँछ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता, प्रहरी निरीक्षक कुसुम नायकले पनि ४ जना प्रहरी नियन्त्रणमा रहेको पुष्टि गरे। उनले निषेधित…

Read More

धनगढी: कैलालीमा एक सशस्त्र प्रहरीले उपद्रो मच्चाएको पाइएको छ। मंगलबार राति सशस्त्र प्रहरीका जवान पर्शु मगरले उपद्रो मच्चाएका हुन्। स्रोतका अनुसार मदिरा सेवन गरेका मगरले त्यो राति चुरे गाउँपालिका वडा नम्बर ४ बालुवागडामा बबाल गरेका थिए। उनी रातिको समयमा एक एक्लै बस्ने महिला (बूढो विदेश) घरमा पसेपछि गाली गरेर बबन्डर मच्चिएको थियो। मगरको चितवन दरबन्दी रहेकोमा उनी बिदामा घर आएको बताइएको छ। त्यहाँका प्रहरीका अनुसार मगरले तीजको डान्स कार्यक्रम सकेर घर गएकी महिलाको पछि लागेर रोमान्स गर्ने भन्दै ढोका खोल्न दबाब दिएका थिए। त्यसपछि महिलाले आफन्तलाई बोलाएपछि मगर त्यहाँबाट भागेका थिए। त्यसपछि प्रहरीमा निवेदन परेकोमा आज भने उनीहरु दुवैको मिलापत्र…

Read More

काठमाडौं: सर्वोच्च अदालतले नेपाल–भारत खुला सीमा व्यवस्थित गर्न सरकारका नाममा विभिन्न चार बुँदामा जारी गरेको परमादेशको पूर्ण पाठ सार्वजनिक भएको छ। संविधानविद् तथा अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, सीमाविज्ञ बुद्धिनारायण श्रेष्ठ, अधिवक्ताहरू विमल ज्ञवाली, लीलाधर उपाध्याय र शशीकुमार कार्कीले सीमा समस्या समाधान तथा व्यवस्थापनमा आवश्यक आदेश माग गर्दै २०७३ मा रिट निवेदन दर्ता गराएका थिए। यसबारे सर्वोच्चले २०७८ साल वैशाख १२ गते परमादेश दिएको थियो। तर फैसलाको पूर्ण पाठ हिजो बुधवार मात्रै सर्वोच्च अदालतले सार्वजनिक गरेको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, नेपालीको हकहित, सिमानाको सुरक्षा र सीमा क्षेत्रमा हुने आपराधिक…

Read More