Author: महेन्द्रनगर पोष्ट

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – ४ मा पहिरोले भत्किएको सडकको ट्र्याक खोल्ने काम सकिएको छ । पहिरोले भत्किएको करिब ४ सय मिटर सडकको ट्र्याक खोल्ने काम सकिएको हो । साउन २२ गते राति परेको बर्षाका कारण आएको पहिरोले बुढीलोलास्थित बाख्रा फार्मभन्दा करिब ३ सय मिटर दक्षिण अत्तरिया तर्फ भावर भन्ने ठाउँको पहिरो सडक बगाएको थियो । ४ दिन लगाएर सो क्षेत्रमा सडकको ट्र्याक खोल्ने काम सकिएको भएपनि सवारी साधन भने चल्न सक्ने अवस्था नरहेको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ । ट्र्याक खुलेको भएपनि हिलाम्मे भएका कारण सवारी साधन चलाउन सक्ने अवस्था नरहेकोले रोक लगाइएको सडक डिभिजन कार्यालयका सूचना…

Read More

धनगढी: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघमा दरबन्दी भएर कामकाजमा सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकहरुलाई फिर्ता बोलाएको छ । विशेषज्ञ चिकित्सकहरुलाई अन्यत्र पठाउदा सेती प्रादेशिक अस्पतालको सेवा प्रवाहमा समस्या आएको छ । कामकाजमा कार्यरत ४ जना विशेषज्ञ चिकित्सक र छात्रवृत्ति करारमा रहेका ४ जना विशेषज्ञ चिकित्सक गरी ८ जनालाई संघीय सरकारले फिर्ता बोलाउने निर्णय गरेसँगै सेतीमा सञ्चालित दैनिक स्वास्थ्य सेवामा प्रवाहमा समस्या परेको अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायले बताए । अस्पतालका अनुसार छात्रवृत्ति करारमा रहेका एमडिजीपी डा. गणेश फुलारा, प्याथोलोजिष्ट डा. वर्षा आचार्य, मुटुरोग विशेषज्ञ डा. विप्लव कार्की र स्त्री रोग विशेषज्ञ डा. श्रृष्टि जोशी छन् । त्यसैगरी, संघमा दरबन्दी भएर…

Read More

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका मेयर ११ नम्बर वडास्थित कलुवापुर बजारको ढल व्यवस्थापनको लागि डोजरसहित सडकमा पुगेका छन् । नगरप्रमुख रणबहादुर महरा नेतृत्वको टोली बिहीवार डोजरसहित उक्त क्षेत्रमा पुगेको थियो । उनी नेतृत्वको टोलीले ढल व्यवस्थापनको सुरुवात गरेको हो । नगरपालिकाले दुबैतर्फ सडक क्षेत्रभित्र पर्ने संरचना समेत हटाइरहेको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरले सडक निर्माण गरेपनि नाली नबनाउँदा कलुवापुर बजार डुबानमा पर्दै आएको थियो । गत आइतवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सरोकारवालासँग ढल व्यवस्थापनबारे छलफल भएको थियो । सडक डिभिजन कार्यालयले सीमांकन गर्ने, पूर्वाधार विकास कार्यालयले नाली निर्माण गर्ने, विद्युत कार्यालयले पोलहरु हटाउने र नगरपालिकाले सडक क्षेत्र खाली गराउने निर्णय…

Read More

रुपन्देही: पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा बयान दिन तयार रहेको बताएका छन् । बुटवलमा आज शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेश दिएको भन्दै आफू सहयोग गर्न तयार रहेको बताए । ‘मेरो पालामा थोरै एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन’, उनले भने, ‘म बयान दिन म तयार छु ।’ अध्यक्ष भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने पनि बताए । उनले विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको बताए…

Read More

धनगढी: धनगढीमा गर्भपतन गर्ने औषधी खाएर महिलाको मृत्यु भएको घटनामा प्रहरी एक युवकलाई पक्राउ गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले धनगढीको मेरी स्टोप सामुदायिक क्लिनिकका सञ्चालक समेत रहेका २५ वर्षीय विनोदमणि जोशीलाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार सोही घटनामा उनकी पत्नीसमेत रहेकी २२ वर्षीया आयुशा ओझा भने फरार रहेकी छन्। हिजो (बिहीबार) जथाभावी गर्भपतन गर्ने औषधी खुवाएर धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको मृत्यु भएको भन्दै पीडित पक्षले आज प्रहरी कार्यालय अगाडी प्रर्दशन समेत गरेका थिए। यस्तै उनीहरुले जाहेरी समेत दिएको बताइएको छ। जोशी दम्पतिले चलाएको क्लिनिकका कारण थापाको ज्यान गएको आरोप लागेको छ।…

Read More

काठमाडौँ: सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज शुक्रवारको बैठकको शुरुमै एमालेका सांसदहरूले अवरोध गरेपछि सत्तापक्षका सांसदहरूले पनि उठेर बोल्न नदिने रणनीति लिएका थिए । एमालेकी सांसद ज्वालाकुमारी साहलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि सत्तापक्षका सांसदहरूले अवरोध गर्ने रणनीतिका साथ उठेर विरोध गरेका थिए । सत्तापक्षमा सांसदहरू उठेपछि एमालेका सांसदहरूले बेल घेराउ गर्दै सरकार र सत्तापक्षविरुद्ध नाराबाजी गरे । एमालेका सांसदहरूले नाराबाजी गरेपछि आज पनि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले साउन २९ गते सोमवार दिउँसो १ बजे बस्ने…

Read More

एजेन्सी:अमेरिकाको हवाई राज्यमा डढेलोका कारण ५३ जनाको ज्यान गएको छ । हवाईको माउइ टापुमा लागेको डढेको कारण ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ भने केही घाइते भएका छन् । त्यहाँ एक हजारभन्दा धेरै मानिस हराइरहेका अनुमान छ । माउइ पर्यटकीय टापु मानिन्छ । मङ्गलवारदेखि शुरु भएको डढेलो फैलिएको छ । माउइ टापुसहित हवाईको ठूलो भूभागमा भएको खडेरीका कारण पनि डढेलो लागेको हो । त्यहाँका हजारौँ नागरिकलाई अस्थायी आश्रयस्थलमा सारिएको छ । बिजुलीका पोल ढलेपछि ११ हजारभन्दा धेरै मानिस अन्धकारमा छन् । हवाईका गभर्नर जोस ग्रीनले धेरै वर्षपछि मानवीय क्षति भएको बताउनुभएको छ । उहाँका अनुसार एक हजार ७ सयभन्दा धेरै…

Read More

काठमाडौँ: सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले घटेर तोलाको १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको थियो। त्यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

धनगढीः धनगढीको मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी एक महिलाको मृत्यु भएपछि आफन्तले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । उनीहरुले दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना दिई सडक समेत अवरुद्ध गरेका हुन् । बिहीवार बिहान गर्भपतन(क्यूरेट) गर्न गएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया महिलालाई क्लिनिकले औषधी दिएको थियो । औषधी सेवनपछि उच्च रक्तस्राव हुन गई सेती अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको थियो । कैलाली प्रहरीका अनुसार घटनापछि क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ का २५ वर्षीय विनोद जोशी र उनकी पत्नी २२ वर्षीया आशिका ओझा फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ…

Read More

अछामः अछाममा माहुरीले टोकेर एक जनाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका काटैका ७२ वर्षीय टेकबहादुर कुँवरको मृत्यु भएको हो । बाख्रा चराउन जंगल गएका बेला उनलाई मौरीले टोकेको र हिजो बिहीवार बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More