Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित चुरेफेदीको बस्तीमा विपदजन्य गतिविधि बढ्दै जान थालेपछि बेलडाँडीका चन्द्रबहादुर चौधरी निकै चिन्तित छन्। बर्सेनि वर्षातका बेला चुरे क्षेत्रमा निरन्तर जाने पहिरोबाट खोलामा बालुवा, गेग्रान, ढुङ्गालगायत भरिएर चौधरीको घरसम्म बाढीको पानी पुग्ने गरेको छ। खोला र जमिनको सतह बराबर भएपछि खोलाको पानी घरसम्म पुग्न थालेको छ। दुई वर्षदेखि बेलडाँडीमा वनहरा नदी र अनौखी खोलाको बाढी पस्न थालेको हो। गत वर्ष चुरेमा वर्षा हुँदा राति १ बजे बजेको समयमा बाढी आउँदा किसानले पशुपक्षीलाई सुरक्षित स्थानमा सार्न नसक्दा ठूलो क्षति बेहोर्नुपरेको थियो। बेलडाँडीको पूर्वतर्फ वनहरा र पश्चिमतर्फ अनौखीखोला छ। गाउँको उत्तरतर्फको भालुखोला पहिला निकै गहिरो थियो। वर्षाको पानी त्यही खोलामा…

Read More

काठमाडौं: तेलुगु सुपरस्टार अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ। डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। इण्डियन एक्सप्रेसले यसबारे समाचार लेखेको छ। उक्त भागदौडमा ३९ वर्षीया एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते छन्। प्रहरीले सन्ध्या थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो। अधिकारीहरूले उक्त हलमा प्रिमियर समारोह हुँदैछ भनेर पूर्वसूचना समेत नदिइएको बताइएको छ। अल्लुलाई चिक्कडपल्ली प्रहरी थानाको टोलीले शुक्रबार हिरासतमा लिएको थियो, जहाँ मुद्दा दर्ता गरिएको थियो। एफआईआर दर्ता गर्दा हैदराबाद प्रहरीको केन्द्रीय क्षेत्रका प्रहरी…

Read More

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति पौडलले शुक्रवार विभन्न पाँच देशमा राजदूत नियुक्त गरेका हुन्। उनले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। जस अनुसार प्रकाशमणि पौडेललाई गणतन्त्र पोर्चुगल, सनिल नेपाललाई स्पेन र प्रा. डा. कपिलमान श्रेष्ठलाई गणतन्त्र दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त गरिएको हो। यस्तै, सेवा लम्साललाई बेल्जियम र डा. शिवमाया तुम्बाहाङफेलाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको छ। लम्साल परराष्ट्र मन्त्रालयकी…

Read More

काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरीका १० जना प्रहरी नायब महानिरिक्षक (डिआईजी) को सरुवा गरेको छ भने नयाँ ८ जनाको पदस्थापन गरेको छ।  प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी केन्द्रीय प्रवक्ता डिआईजी दानबहादुर कार्कीको पनि सरुवा भएको छ। डिआईजी दुर्गा सिंह चन्दको नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा सरुवा भएको छ भने कुबेर कडायत प्रहरी महानिरिक्षकको सचिवालयमा सरुवा भएका छन्। त्यस्तै सुदूरपश्चिमका रविन्द्र केसी नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएका छन् भने चन्द्रकुबेर खापुङ सिआईबी आएका छन्।  त्यस्तै जनक भट्टराई कर्णाली प्रदेश प्रहरी कार्यालय पुग्दा लामणि आचार्य मधेश प्रदेश पुगेका छन्। त्यस्तै अर्जुन चन्द ठकुरी अपराध…

Read More

काठमाडौं: नेपाली सेनाले विभिन्न पदका लागि भर्ना आह्वान गरेको छ। सेनाले सूचना जारी गर्दै तीन सय भन्दा बढीका लागि भर्ना आह्वान गरेको हो। भर्ना छनौट निर्देशनालयले सूचना जारी गर्दै नर्स, सिभिल, मेक्सिकल, पण्डित, भेटेरिनरी, भिडियो सम्पादन लगायतका प्राविधिक पदहरूमा आवदेन माग गरेको हो। मंसिर २८ गतेदेखि पुस २७ गतेसम्म केन्द्रीय भर्ना छनोट निर्देशनालय स्वयम्भूमा दरखास्त बुझाउन सकिने छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीको सरुवा भएको छ। बिहीबार बसेको गृहमन्त्रालयको मन्त्रीस्तरीय बैठकले उनको सरुवा गरेको हो। उनलाई नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, काठमाडौं पठाइएको छ। यस्तै उनको स्थानमा गणेश चन्दलाई पठाइएको छ। हालै डीआईजीमा बढुवा भएका चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा पदस्थापन गरिएको हो। उनी सुदूरपश्चिमका स्थानीय हुन्। केही महिनापछि उनी अवकाशमा जानेछन्।

Read More

काठमाडौं: प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्राप्त गरेका छन्। भारतको राजधानी नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज राष्ट्रपति द्रौपदी मुर्मूले मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन्।  प्रधान सेनापति सिग्देल भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा श्रीमती र छोरासहित अस्ति त्यता गएका थिए। उनी पर्सि स्वदेश फर्कने कार्यक्रम छ।  मंसिर पहिलो साता भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई पनि काठमाडौंमा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो। मंसिर ६ गते राष्ट्रपति तथा सेनाका परमाधिपति रामचन्द्र पौडेले उक्त दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। यसबीच प्रधानसेनापति नयाँ दिल्लीमा उच्चस्तरीय भेटघाटमा व्यस्त छन्। उनले भारतीय समकक्षीस्थल सेनाध्यक्ष जनरल…

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको बताइएको छ। अवस्था सुधार हुँदै गएपछि बिहीवार उनलाई आइसियुबाट प्राइभेट वार्डमा सारिएको छ। हमाललाई आज बिहीबार अस्पतालले नर्मल वार्डमा सारेको हो। हमाललाई शनिवारदेखि दिल्लीस्थित म्याक्स हस्पिटलको न्युरोइन्टेन्सिभ केयर आइसियु र स्ट्रोक युनिटमा राखेर उपचार थालिएको थियो। मेयर हमालको स्वास्थ्यमा सुधार आएको भन्दै चिकित्सकले निगरानीमा राखेर उपचार गरिरहेका छन्। उनलाई ब्रेन अट्याक आएपछि दिल्ली लगिएको थियो।

Read More

धनगढी: नेपाल पत्रकार महासंघको जारी निर्वाचनमा सुदूरपश्चिम प्रदेशको दुई जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ। जसअनुसार कैलालीमा अध्यक्षमा नेपाल प्रेस युनियनका श्रवण देउवा अध्यक्ष बनेका छन् भने दार्चुलामा प्रेस चौतारी नेपालका राजेन्द्र धामी अध्यक्ष बनेका छन्। यस्तै अन्य केही पदमा पनि सर्वसम्मत उम्मेदवार निर्वाचित भएका छन्। त्यसबाहेकका अवस्थामा भने भोलि देशभर मतदान हुँदैछ।

Read More

काडमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो सुपर ओभरमा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्स विजयी भएको छ। सुपर ओभरमा पोखरासँग पराजित भएसँगै विराटनगर एनपीएलको प्लेअफ नपुग्ने दोस्रो टोली बनेको हो। पाँचौं खेलमा पोखराको यो दोस्रो जित हो। विराटनगर भने पाँच मध्ये चार खेलमा पराजित भइसकेको छ। चार खेलमा पराजित भएसँगै विराटनगर लिग चरणबाट बाहिरिने संघारमा छ। एनपीएलकै पहिलो सुपर ‍ओभरमा पहिले ब्याटिङ गरेको पोखराका लागि आन्द्रेस गौस र रेमन्ड रेइफरले ब्याटिङ गरेका थिए। बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने थिए। जसमा रेइफरले सुरुवाती दुई बलमा छक्का प्रहार गरे। तेस्रो बल डट भयो। चौथो बल चौका भयो। पाँचौ बलमा रेइफरले एक रन लिए। छैटौं…

Read More