Author: महेन्द्रनगर पोष्ट

धनगढी: कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनवारीको दम्पती हत्या घटनामा प्रहरीले डेढ महिनापछि पक्राउ गरेका पुरुषलाई सार्वजनिक गरिएको छ। शनिबार प्रहरीले हत्या आरोपमा पक्राउ परेका स्थानीय गंगाराम रानालाई सार्वजनिक गरिएको हो। उनलाई अस्ति समातिएकोमा १० दिन म्याद थप गरेर अनुसन्धान पनि थालिएको छ। तर अहिलेसम्म पनि घटनामा प्रयोग भएको हतियार फेला नपरेकोले अनुसन्धान अझै संकास्पद देखिन्छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार आरोपितले प्रहरी, सरकारी वकिलको कार्यालय र अदालतमा हत्या स्वीकार भने गरेका छन्। यद्यपि उनले घटनामा प्रयोग भएको हतियार देखाउन सकेका छैनन्। सोही कारण उनलाई बुधबार प्रहरीले पक्राउ परेकोमा बिहीबार अदाललबाट १० दिन म्याद थपेर विस्तृत अनुसन्धान भइरहेको छ।…

Read More

धनगढी: कञ्चनपुरको महेन्द्रनगरमा थानेश्वर लेखकले आफूमाथि कुटपिट भएको बताएका छन्। लेखकले आज (शनिबार) बेलुका भीमदत्त नगरपालिका ६ स्थित ऐठपुर क्षेत्रमा आफूमाथि कुटपिट भएको बताएका हुन्। भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र उपमेयर निलम लेखक जोशीले योजनाबद्ध रुपमा मान्छे लगाएर आफूलाई कुटाएको भन्दै उनको सामाजिक सन्जालमा रुवाबासी नै चलेको छ। नगरपालिकामा कार्यरत दमकल चालक हरिश साउदलाई लगाएर मेयर र उपमेयरले कुटाएको लेखकको आरोप छ। यस्तै लेखकले आफू भोलि प्रहरीमा मुद्दा दिने पनि बताएका छन् भने उता उपमेयर निलमले भने कुटपिटको विषयमा आफूलाई केही थाहा नभएको बताईन्। उनले सो विषयमा आफूले खण्डन गर्ने जनाएकी छन्। कुटिएका लेखक हालै सम्पन्न वडा नम्बर ६…

Read More

धनगढीः दार्चुला र डडेल्धुरामा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ। दार्चुलाको लेकम गाउँपालिका–३ गुमखोलीस्थित बसुनढुङ्गा भिरबाट लडेर एक जनाको मृत्यु भएको हो। २३ वर्षीय महेश थापाको भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लाली दार्चुलाले जनाएको छ। उनी १५० मिटर तल खसेका थिए। यता डडेल्धुरामा पनि भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको आलीताल गाउँपालिका–३ सुदुपस्थित चौरा भिरबाट लडेर ४६ वर्षीय हर्कबहादुर मडैको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। उनी तीन सय मिटर तल खसेका थिए।

Read More

धनगढी: १८औं संस्करणको सुदूरपश्चिम महोत्सव आजदेखि सुरु भएको छ। महोत्सवको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन्। यस अगाडि महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने भनिएपनी उनी आएनन्। ओली नआएपछि भण्डारीले महोत्सव उद्घाटन गरेका हुन्।  उद्घाटन कार्यक्रममा आयोजक कैलाली उद्योग वाणिज्य संघले उद्योगमन्त्री भण्डारीले १० बुँदे मागपत्र पनि बुझाएको छ। पश्चिम सेती जलविद्युत आयोजना र सुख्खा बन्दगाह निर्माण, सेती प्रादेशिक अस्पताल र त्रिनगर–गौरीफन्टा नाकाको स्तरोन्नति लगायतका माग बुझाइएको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम बिष्टले जानकारी दिए। ‘२०६३ सालमा २१ बुँदे मागपत्र बुझाएर महोत्सव सुरुवात गरेका थियौं,’ उनले भने, ‘अहिलेसम्म केही माग पूरा भएका छन् त…

Read More

धनगढी: धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल अस्वस्थ भएका छन्। हिजो (शुक्रबार) रातिबाट उनी अस्वस्थ बनेका हुन्। स्रोतका अनुसार हिजो राति उनी अचानक बिरामी भएपछि धनगढीको मायामेट्रो अस्पतालमा लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएको भन्दै उनलाई भारतको दिल्लीस्थित म्याक्स हस्पिटल लैजान लागिएको बुझिएको छ। उनलाई एम्बुलेन्समार्फत दिल्ली लगिएको हो। चिकित्सकीय स्रोतले उनलाई ब्रेन अट्याक आएको जनाएको छ भने उनी यस अगाडि पनि बेलाबखत भारतका विभिन्न सहरहरुमा उपचार गराउदै आएका थिए। उनको मष्तिककाे एउटा नसामा समस्या रहेको बताइन्छ। मेयर हमाललाई शनिबारमात्रै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भेटेर स्वास्थ लाभकाे कामना गरेका थिए। उनलाई भेट्न प्रदेश सभा सदस्य धर्मराज पाठक र…

Read More

बैतडीः बैतडीमा विद्यार्थीको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर माविमा अध्ययनरत सुर्नया गाउँपालिका–५ घर भएका प्राविधिक धारतर्फ कक्षा ९ मा अध्ययनरत १४ वर्षीय अपिल बिष्टको मृत्यु भएको हो। पाटन नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष कालुसिंह भाटका अनुसार डेरामा बस्दै आएका बिष्ट शुक्रबार राति खाना खाएपछि कोठामा सुत्न गएका थिए। एक्लै कोठामा बस्दै आएका उनले टिनको भाँडोमा आगोको कोइला समेत लगेर गएका र राति उनी निस्सासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। कोठाको ढोका फोडेर उनलाई अचेत अवस्थामा फेला पारिएको थियो। तत्काल उपचारका लागि डडेल्धुरा अस्पातल पुगाउँदा चिकित्सकले मृत घोषणा गरेको वडाअध्यक्ष भाटले जानकारी गराए। मृतक अपिलका बुवा नरेश…

Read More

धनगढी: नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ। शनिबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनको पराजित गरेको हो।  १८८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्रै बनाउनसक्यो।  यसअिघ टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको थियो। ओपनर जैबले ६१ बल खेल्दै ६ चौका र ५ छक्का मदतमा सर्वाधिक ९० रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले १९ बल खेल्दै ४ चौका र २ छक्का मदतमा अविजित ३९ रन बनाए।  बलिङमा लुम्बिनीका लागि रामोन सिमोण्ड्सले ४ ओभरमा ३२ रन…

Read More

धनगढीः कैलालीको धनगढीबाट एक युवती सम्पर्कविहिन भएकी छन्। डोटीको शिखर नगरपालिका–१० की २९ वर्षीया बिन्दु सुनार धनगढीबाट सम्पर्कविहिन भएकी हुन्। यही मंसिर २१ गते माइती घर कञ्चनपुरको गजरौलाबाट निसर्ग अस्पताल धनगढी पुगेकी उनी सम्पर्कविहिन भएको आफन्तले बताएका छन्। ती युवती बिगत ३ महिनादेखि डिप्रेसनको औषधि सेवन गर्दै आएको र सोही दिन पनि औषधी लिन्छु भनेर गएको तर सोही मितिदेखि सम्पर्कमा नआएकोले खोजीकार्यमा सहयोग गरिदिन अर्थात फेला पार्नुहुने महानुभावले ९८६०३५९४८०, ९८६३०९५८१५ र ९८६९९०९००२ मा सम्पर्क गरिदिन आफन्तले सबैमा आग्रह गरेका छन्।

Read More

धनगढी: कैलालीमा ८ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिकाद्द५ स्थित खानिडाँडा बजारबाट ८ जना जुवाडेलाई पक्राउ गरिएको हो।  जिल्ला प्रहरी कार्यालयका अनुसार ३२ वर्षीय अर्जुन सापकोटाको घरमा जुवातास खेलिरहेका सापकोटासहित ८ जनालाई पक्राउ गरिएको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरी टोलीले नगद ५५ हजार ९९० सहित पक्राउ गरेको हो।

Read More

धनगढी: कैलालीको धनगढीमा प्रहरीलाई हातपात गर्ने एक युवकलाई नियन्त्रणमा लिइएको छ। हिजो (शुक्रबार) बेलुका धनगढीका एक युवकलाई नियन्त्रणमा लिइएको हो। धनगढी उपमहानगरपालिका २ सन्तोषी टोल बस्ने अन्दाजी २४ वर्षीय हरि जोशीलाई प्रहरीमाथि हातपात गरेको आरोपमा समातिएको हो। मदिरा सेवन गरेर मोटरसाइकल चलाइरहेका जोशीको बसपार्क नजिक चेक पोइन्टमा चेकजाँच गर्दा विवाद भएको थियो। चेकजाँच गर्ने क्रममा जोशीले प्रहरी जवानलाई हातपात गरेको बताइएको छ। त्यसपछि उनलाई हिजै नियन्त्रणमा लिएर हिरासतमा लिइएको थियो।

Read More