Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: पोखरा र भैरहवा विमानस्थलको भ्रष्टाचार प्रकरण चर्किएकै बेला धनगढी विमानस्थलको विषय पनि थप अनुसन्धानतर्फ मोडिएको छ। अन्यत्रको हकमा भ्रष्टाचार भएको भन्दै कारबाही खोज्ने तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको हकमा भने केही बोलेका छैनन्। उल्टै उनले केही समय अगाडिमात्र आफ्नो तत्कालीन भ्रष्टाचार गर्ने योजना लुकाउने गरि एक मिडियालाई कुप्रचार गरिएको दाबी गरेका थिए। उनले आफ्नो विषयमा समाचार लेखिएको कुरालाई भ्रम भन्दै टारेका थिए। यद्यपि उनै आलेको रातारात कमाउने उदेश्यको धनगढी विमानस्थल वरपर झण्डै एक अर्बको जग्गा सेटिङ प्रकरण महेन्द्रनगरपोष्टले सार्वजनिक गर्दै निरन्तर फ्लोअप गरि नै रहेको छ। त्यसबारे अहिले थप वास्तविकता खुल्दै समेत गएपछि आले…

Read More

धनगढी: बैतडीको सुर्नया गाउँपालिका–५, बिष्टपालीमा मिनी टाटा ट्रकको ठक्करबाट एक वृद्ध पैदलयात्रीको मृत्यु भएको छ। धनगढीबाट बिष्टपालीतर्फ जाँदै गरेको सुपप्र ०१-००१ क १८१३ नम्बरको मिनी टाटा ट्रक सतबाझ–श्रीभाबर भित्री सडक खण्डमा ब्याक गर्ने क्रममा सोही स्थानका ८१ वर्षीय महावीर बिष्टलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका बिष्टलाई तत्काल उपचारका लागि धनगढी ल्याउने क्रममा राति नै बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। दुर्घटनापछि मिनी ट्रक र चालक, सुर्नया गाउँपालिका–२, ग्वानी निवासी ३१ वर्षीय मानसिंह बिष्टलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ। बिष्टको शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

Read More

धनगढी: नेपाल प्रहरीका २८ एसएसपीको सरुवा भएको छ। गृह मन्त्रालयले शुक्रबार राति उनीहरुको सरुवा गरेको हो। जसमा सुदूरपश्चिमबाट पनि २ जना एसएसपीको सरुवा भएको छ। सरुवा सूची अनुसार नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग कल्याण महाशाखा नक्साल, काठमाडौंबाट राजेन्द्र प्रसाद धमलालाई सुदूरपश्चिम सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल, डोटी पठाइएको छ भने त्यहाँ कार्यरत कृष्ण बहादुर पल्ली मगरको गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरा, कास्कीमा सरुवा भएको छ। यस्तै नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य निर्देशनालय नक्सालमा दरबन्दी रहेका तर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत एसएसपी प्रकाश मल्ललाई भने नेपाली राजदुताबास (काउन्सिलर) नयाँ दिल्ली…

Read More

खलङ्गा: दार्चुलामा भालुको आक्रमणमा एका परिवारका दुई जना घाइते भएका छन्। आज बेलुकी ५ बजेतिर शैल्यशिखर नगरपालिका–५ आगरका ५८ वर्षीय कलावती रावल र उनकी बुहारी २८ वर्षीय मानमति डागा भालुको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्र रावतले जानकारी दिए।  उनका अनुसार  कलावती र मानमती सासू बुहारी हुन्। नजिकैको स्थानीय वन बरमुडेलेकबाट आएको भालुले  घरभित्र पसेर एक्कासी उनीहरुमाथी आक्रमण गरेको हो। भालुको आक्रमणमा परी घाइते कलावतीको ढाड र मुखमा चोट लागेको छ। भालुको आक्रमणबाट बच्न भाग्दा लडेर मानमतीसमेत घाइते भएका छिन्। घाइते दुवै जनालाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल…

Read More

काठमाडौं: नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै सरुवाबारे जानकारी दिएको हो। सरुवा भएका सबै अधिकारीहरूलाई तिनको नयाँ कार्यक्षेत्रमा यथाशीघ्र कार्यभार सम्हाल्न निर्देशन दिइएको छ।

Read More

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) हिमालयकुमार श्रेष्ठको सरुवा तत्काल कार्यान्वयन नहुने भएको छ। गृहमन्त्री रमेश लेखकले १३ गते (मंगलबार) ११ जना डीआईजीको पदस्थापन गरेका थिए, जसअनुसार डीआईजी श्रेष्ठलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा खटाउने निर्णय भएको थियो। तर, निर्णय सार्वजनिक भएपछि उत्पन्न विवाद र आलोचनाका कारण श्रेष्ठको सरुवा तत्काल कार्यान्वयन नगर्ने गृह मन्त्रालय स्रोतले जनाएको छ। यदि श्रेष्ठको सरुवा नगर्ने निर्णय कायम रह्यो भने रानीपोखरीमा ओमबहादुर रानालाई खटाइने तयारी भएको छ। यसअघि भने रानालाई अख्तियारमा पदस्थापन गर्ने तयारी गरिएको थियो। श्रेष्ठ कार्यरत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अहिले भिजिट भिसा सेटिङ प्रकरणको अनुसन्धान चलिरहेको छ। सो…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। प्रदेशसभाको छैठौ अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख नाजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रादेशिक विकासका योजनालाई प्राथमिकता दिने उल्लेख छ। एक सय वटा उच्च प्रतिफलयुक्त आयोजना छनोट गरी कार्यान्वयन गर्ने तथा प्रदेश गौरवका आयोजना र बहुवर्षीय आयोजनालाई प्राथमकिता दिएर कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।  उद्यमशीलता विकासमार्फत् प्रदेशको बेरोजगारी, गरिबी न्यूनीकरण गर्ने खालका योजना तथा कार्यक्रममा पनि प्राथमिकता दिइने बताइएको छ। लगानी नभएका तर केही नयाँ उपाय र उर्जा भएका उद्यमीलाई सहुलियत ब्याजमा कर्जा प्रवाह गर्न…

Read More

काठमाडौं: नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको हालै सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशन तथा छैठौं साधारण सभाबाट सुदूरपश्चिमका लक्ष्मण बहादुर साउँद केन्द्रीय समितिको सदस्य पदमा निर्वाचित भएका छन्। महासंघको २०८२ बैशाख १८ गते सम्पन्न महाधिवेशनले साउँदलाई सर्वसम्मत रुपमा नयाँ कार्यसमितिका सदस्यमा चयन गरेको हो। निर्वाचन समितिले प्रमाणपत्र प्रदान गर्दै साउँदलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ। नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले निर्माण व्यवसायसँग जोडिएका हेभी इक्विपमेन्ट व्यवसायीहरूबीच समन्वय, समृद्धि र नेतृत्व विकासको कार्य गर्दै आएको छ।

Read More

काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी नवनियुक्त डीआईजी विनोद घिमिरेले पाउने भएका छन्। प्रहरी महानिरीक्षक (आईजी) सचिवालयका डीआईजीले वहन गर्ने उक्त जिम्मेवारीमा रहेका डीआईजी दिनेशकुमार आचार्य गण्डकी प्रदेश प्रहरी प्रमुखमा सरुवा भएर रिक्त थियो। उनको रिक्ततामा आईजी सचिवालयकै एसएसपी रमेश थापाले प्रवक्ताको जिम्मेवारी पाएका थिए। बढुवा भएका डीआईजीको शुक्रबार पदस्थापन हुँदा आईजी सचिवालयमा तोकिएका विनोद घिमिरेले प्रवक्ताको जिम्मेवारी पाउने आईजी सचिवालयस्रोतले जनायो। हाल प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी थापा सचिवालयकै अन्य भूमिकामा रहने भएका छन्। सरुवा हुँदै एसएसपी यस्तै शुक्रबार रातिसम्म एसएसपीहरुको सरुवा निकाल्ने तयारी भइरहेको छ। त्यसका निम्ति छलफल गर्न आईजी दीपक थापा गृह मन्त्रालय पुगेका छन्। एसएसपी सरुवा गृह…

Read More

धनगढी: कैलालीमा १४ वर्षीया एक किशोरीको नदीमा डुबेर मृत्यु भएको छ। जोशीपुर गाउँपालिका–४ बाणी नजिक पथरैया नदीमा डुबेर आरुसी महतोको मृत्यु भएको हो। चन्द्र महतोकी १४ वर्षीया छोरी माछा मार्ने क्रममा पथरैया नदीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ। उनको बिहीबार दिउँसो नदीमा डुबेर मृत्यु भएको हो।

Read More