Author: Dipak Dhamala

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्थाहरु खुल्ने छन् । काठमाण्डौ उपत्यकाबाहिर हुने कारोबार समेतलाई ध्यानमा राखेर बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको हो । यस्तै, राहदानी विभागले घोडेजात्राको बिदाका दिन पनि सेवा दिने भएको छ । विभागका सूचना अधिकारी खिमानन्द भुसालले बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म विभाग खुल्ने र सेवा दिने बताउनुभयो । उहाँका अनुसार आजका लागि आठ सय जनाले राहदानीका लागि फारम भरेका छन् ।

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार गोरखा जाने भएका छन् । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ समेत गोर्खा जाने कार्यक्रम छ । यस योजना अन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ । भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ। वूड हिल-लामा जेभी, महाराजगञ्जले ३० महिनामा सक्नेगरी सडकको ठेक्का पाएको छ । गोरखा…

Read More

काठमाडौँ । जनता समाजवादी पार्टीको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दैछ ।  पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो । विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठन लगायतका विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको हो । बैठक पार्टी कार्यालयमा दिउँसो १२ः३० बजे बस्नेछ । जसपाले चैत्र १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिइसकेको छ । जसपाले चैत्र २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरे अनुसार त्यसको तयारीका लागि यो बैठक बोलाएको हो ।

Read More

काठमाडौं । कालिकोटको कृषि ज्ञान केन्द्र (हाल कृषि विकास कार्यालय) का तत्कालीन निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेतसहित नौ जनामाथि ६६ लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले सोमबार विज्ञप्ति जारी गर्दै बस्नेतसहित खाँडाचक्र नगरपालिका, कालिकोटका तत्कालीन इन्जिनियर सुमित भट्ट र खानेपानी, सिँचाई तथा ऊर्जा विकास मन्त्रालयका तत्कालीन सब-इन्जिनियर गुरुराज संज्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। सम्भाव्यता अध्ययनसमेत नगरी विद्युत आपूर्ति पनि नभएको अवस्थामा हाइटेक नर्सरी सञ्चालन गर्न उपयुक्त भएको सिफारिस गरेको अनुसन्धानबाट खुलेको छ। यसैगरी, मूल्याङ्कन छनौट समितिका पदाधिकारी हरिप्रसाद पण्डित, श्रीधर अधिकार, दीपककुमार भण्डारी, हिरानन्द देवकोटा, अनुप तिवारी, पूर्णबहादुर थापा…

Read More

काठमाडौं – कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाईते भएका छन् । सोमबार साँझ जोशीपुर गाउँपालिका वडा नं ७ हजारी बारामा से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टर दुर्घटनामा भजनी नगरपालिका वडा नम्बर ९ कि १५ बर्षिया चाहाना चौधरी र सोही ठाउँकी ४५ बर्षिया दिलरानी चौधरीको मृत्यु भएको छ । प्रहरीका अनुसार भजनी नगरपालिका वडा नं ९ कुडीका स्थानीयहरु ट्याक्टर दुर्घटनामा परी २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने ३० जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दका अनुसार…

Read More

काठमाण्डाै – लिजेन्ड्स क्रिकेट लिगको उपाधि नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध टोली एसिया लायन्सले जितेको छ । गएराति भएको फाइनल खेलमा एसियाले वर्ल्ड जायन्ट्सलाई सात विकेटले हरायो । जितका लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको एसियाले १६ ओभर १ बलमा ३ विकेट गुमाउँदै भेट्टायो । एसियाका तिलकरत्ने दिलशानले सर्वाधिक ५८ रन बनाए । त्यस्तै उपुल थरङ्गा ५७ रनमा आउट भए । जायन्ट्सका ब्रेट ली, स्मित पटेल र मोन्टी पनेसारले एक/एक विकेट लिए । त्यसअघि दोहामा टस जितेर पहिला ब्याटिङ गरेको जायन्ट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । उसका अलराउन्डर ज्याक्स कालिस…

Read More

जुम्ला – जुम्ला बहुमुखी क्याम्पसकाे सभापतिमा नेपाल विद्यार्थी सङ्घका महेश हमाल विजयी हुनुभएकाे छ । जुम्ला बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिका अनुसार हमाल १ सय ४२ मत ल्याएर विजयी हुनुभएकाे हाे । हमालसँग पराजित अखिल क्रान्तिकारीका विष्णु भण्डारीले १३९ मत ल्याउनु भएकाे छ । यस्तै, सचिवमा अखिल कान्तिकारीका जयकृष्ण जैसी १४० मत ल्याएर विजय हुनुभएकाे छ भने कोषाध्यक्षमा एकीकृत अनेरास्ववियूका मेघराज देवकोटा १ सय ५३ मत ल्याएर विजयी हुनुभएकाे छ ।

Read More

काठमाडौं । शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका सुशान्त बस्नेत निर्वाचित भएका छन् । बस्नेतले नेकपा एमाले सम्बद्ध अनेरास्ववियुकी मुना तिवारीलाई पराजित गरेका हुन् ।  अनेरास्ववियुका मुना तिवारी, अखिल क्रान्तिकारीका विरेन जिसी र स्वतन्त्र सुशील धामी उनका प्रतिद्वन्द्वी थिए । यहाँ नेविसंघ र नेकपा एस निकट अनेरास्ववियूबीच तालमेल भएको थियो ।  नेविसंघबाटै सचिवामा मदनराज उपाध्यक्ष र कोषाध्यषमा मिनबहादुर रावल निर्वाचित भएका छन् । ३१०३ मत खसेकोमा समानुपातिकतर्फ शंंकरदेवमा नेविसंघले १३०५ मत पाएको छ । यस्तै अनेरास्ववियूले ४२५, स्वतन्त्र समूहले ६३५, अनेरास्ववियु (नेकपा एमाले)ले ३०६, नेविसंघ बिपीले २१८, अखिल क्रान्तिकारीले १५५ र राप्रविसंघले ५९ मत पाएको छ ।

Read More

काठमाडौं – काठमाडौंस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा स्ववियु सभापतिका लागि महेश जैसीले उम्मेदवारी घोषणा गरेका छन्। जैसीले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका हुन्। उनले आफूले क्याम्पसमा कसैको विरासत तोड्न होइन, विद्यार्थीका आवाज बोल्न उम्मेदवारी दिने बताए। यो क्याम्पसमा अहिले स्ववियु निर्वाचन अनिश्चित बनेको छ।

Read More

नेपालको कपिलवस्थु तिलारौकोट दरवारमा पुरातात्विक महत्त्वका बौद्धविहार, कंथक चैत्य, डेढ फिट अग्लो गजुर र पानी ट्याङ्की लगायतका ऐतिहासिक सामग्रीहरू भेटिएको छ। सिद्धार्थ गौतमको बाल्य र युवा काल व्यतित भएको तिलारौकोट दरवारक्षेत्रमा भइरहेको पुरातात्विक उत्खनन् कार्यमा यी महत्वपूर्ण सामग्रीहरू फेला परेको हो। सिद्धार्थ गौतम ‘महाभिनिष्क्रम’ (गृहत्याग) गरी कंथक नामक घोडा चढी बाहिर निस्कँदा दरवारको पूर्वी ढोकाबाट निस्कनु भएको थियो। पछि सिद्धार्थलाई वनमा छोडी घोडा एक्लै फर्केर दरवारको पूर्वी ढोकामै प्राणत्याग गरेको थियो। पछि घोडाको नाममा ढोकाको बाहिर कंथक चैत्य निर्माण गरिएको थियो। भेटिएको गजुर सोही चैत्यको अवशेष हुनसक्ने अनुमान गरिएको छ। सातौं शताब्दीमा लुम्बिनी आएका प्रसिद्ध चिनियाँ यात्री बौद्ध भिक्षु हुयान…

Read More