Author: Nisha Shrestha

काठमाडौं – नवनिर्वाचित सांसदहरुले मधेशी भाषामा शपथ लिएकोबारे मधेशी आयोगले संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ । भाषा आयोगबाट प्रकाशित ‘सरकारी कामकाजका भाषासम्बन्धी सिफारिसहरू- २०७८’ र मधेशी आयोगमा मधेशी भाषा सूचीकृत नरहेकाले उक्त भाषामा प्रतिनिधि सभाका सदस्यले शपथ लिने विषय गम्भीर भएको समेत उल्लेख गरेको छ । आयोगले सांसदरुहलाई कुन आधारमा मधेशी भाषामा शपथ दिएको भनी स्पष्ट पार्न संसद् सचिवालयलाई निर्देशन दिएको छ । बिहीबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहित तीन सांसदले मधेशी भाषामा शपथ लिएका थिए । राउत लगायतका सांसदहरूको शपथ ग्रहणको विषयलाई लिएर मधेशमा विरोधसमेत भइरहेको छ

Read More

बाँके – बाँके भूकम्पको उच्च जोखिममा रहेको पाइएको छ । चार सय ८५ वर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले त्यसको जोखिममा पश्चिम क्षेत्र रहेको बेलायतको डोरमन विश्वविद्यालयले गरेको अध्ययनमा उल्लेख भएको भूकम्पीय विपद् तथा पूर्वतयारी आयोजनाका परामर्शदाता गेहेन्द्र बम बताउनुहुन्छ । अध्ययनअनुसार रुकुम क्षेत्रमा सात दशमलव आठ रेक्टर स्केलको भूकम्प गएमा नेपालगञ्जका दुई सय १८ घर पूर्णरुपमा क्षति हुने आँकलन गरिएको छ । पश्चिमको कुनै पनि क्षेत्रमा आठ दशमलव छ रेक्टर स्केलको भूकम्प गएमा नेपालगञ्जका तीन हजार घरमा क्षति पुग्न सक्ने प्रक्षेपण गरिएको परामर्शदाता बम बताउनुहुन्छ । उमपहानगरपालिकामा मात्रै ११ हजार आठ सय बढी मानिस विपद्को जोखिममा रहेको बताइएको छ…

Read More

महेन्द्रनगर – नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ गरेको छ । दार्चुलाको सदरमुकाम खलङ्गामा आज आयोजित एक कार्यक्रमकाबीच डिजिटल वित्तीय साक्षरताको शुभारम्भ गरिएको केन्द्रीय बैंकले जनाएको छ । सो अवसरमा गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न कार्यक्रमको सुरुआत गरिएको जानकारी दिनुभयो । “क्युआर कोडबाट मात्र मासिक ४२ लाखभन्दा बढी कारोबार भएको पाइएको छ । यो आफैँमा उत्साहजनक अवस्था हो । डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्नका निम्ति डिजिटल वित्तीय साक्षरता कार्यक्रमको सुरुआत हामीले गरेका हौँ”, उहाँले भन्नुभयो । डिजिटल कारोबारलाई ‘पारदर्शीताको…

Read More

कञ्चनपुर – कञ्चनपुरमा पछिल्लो समय सवारी दुर्घटना बढ्न थालेका छन् । चालक, पदैलयात्रीलगायतले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमेश चन्दले बताउनुभयो । “सडकमा हिँड्दा चालक, पैदलयात्रीले ट्राफिक नियमको पालना गर्न लापर्वाही गर्छन्, सवारीसाधन र यात्रुको सडकमा चाप बढ्यो, सडक साँघुरा छन्”, उहाँले भन्नुभयो, “मापसे गरेर गाडी चलाउने गर्दा सडकमा हुने दुर्घटनाका घटना बढ्दै छन् ।” जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई वर्षमा कञ्चनपुरमा एक सय ९० वटा सवारी दुर्घटनाका घटना भएका छन् । जसमा ६८ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७७/७८ मा ९३ र आव २०७८/७९ मा ९७…

Read More

काठमाडौं – कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराजलाई डिल्लीबजार कारागार पठाउने तयारी गरिएको छ । केन्द्रीय कारागार सुन्धाराबाट मध्याह्न रिहा भएका शोभराजलाई डिल्लीबजार कारागार पठाउने तयारी गरिएको हो । उनी अहिले अध्यागमन विभागमा छन् । थप कागजी प्रक्रियाका लागि उनलाई डिल्लीबजार कारागार पठाउन लागिएको अध्यागमन र सुरक्षा स्रोतले जनाएको छ । कागजी प्रक्रिया नमिलेसम्म उनी उनी डिल्लीबजार कारागारमा रहनेछन् । उनको पासपोर्टलगायत कागजात नभएकाले सो प्रक्रिया पूरा नभएसम्म डिल्लीबजार कारागारमा रहनेछन् । सबै प्रक्रिया पुरा भइसकेपछि उनलाई फ्रान्स डिपोर्ट गरिने अध्यागमन विभागले जनाएको छ । उनलाई १५ दिनभित्र फ्रान्स पठाउनका लागि सर्वोच्चले बुधबार आदेश दिएको थियो ।

Read More

सुर्खेत – राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यमान अवस्थामा पत्रकारिता क्षेत्रले सबैतिर यथोचित ध्यान दिनुपर्नेमा जोड दिएकी छन् । राष्ट्रपति भण्डारीले शुक्रबार नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको सुर्खेतमा उद्घाटन गर्दै सो कुरा बताएकी हुन् । राष्ट्रपति भण्डारीले प्रजातन्त्रमाथि संकट आउँदा पत्रकारिता क्षेत्रको अहम् भूमिका हुने गरेको समेत बताइन् । उनले भनिन्– ‘प्रेस जगतले सूक्ष्म निगरानी राख्नुपर्छ, प्रेस जगतले स्वच्छ तरिकाले राज्य र समाज बीचको दायित्वको काम गर्नुपर्छ।’ राष्ट्रपति भण्डारीले नेपाली जनताको चाहना मुलुकमा तीव्र विकास होस् भन्ने भएको बताउँदै अहिले जीवनस्तरमा सुधार हुनु आवश्यक रहेको बताए । सामाजिक सुरक्षा र सामाजिक न्याय नागरिकको मूल लक्ष्य भएकाले यो कुरालाई सबैले गम्भीर रुपमा…

Read More

काठमाडौँ – नेपालको संविधानअनुसार हालै सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक प्रणालीतर्फ निर्वाचित सम्पूर्ण माननीय सांसद्ज्यूहरुलाई गैरआवासीय नेपाली संघ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ । गैरआवासीय नेपाली संघले ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै विश्वका ८५ वटा मुलुकहरुमा राष्ट्रिय समन्वय परिषद् गठन गरी आफ्नो सञ्जालमा विस्तार गरिसकेको छ । यस सञ्जालको माध्यमबाट संघले विश्वभरि फैलिएर रहेका नेपालीहरुलाई एकै सुत्रमा बाँध्नुका साथै, नेपालको सामाजिक र आर्थिक रुपान्तरणमा समेत जोड्न सफल भएको छ । विदेशमा बस्ने नेपाली भौतिक रुपमा मात्रै टाढा छन्, तर भावानात्मक रुपमा मातृभूमि प्रति सधै उदार, जिम्मेवार र संवेदनशील…

Read More

सुर्खेत– नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा कर्णालीको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गरेकी हुन् ।कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरू सहभागी भएका छन्। साधारणसभा आज र भोलि हुनेछ। राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादीका कृष्ण महरालगायतका नेताहरू सहभागी भएका छन्।

Read More

काठमाडौं – बिहीबार शपथ लिन छुटेका दुई सांसदले शुक्रबार शपथ लिएका छन् । शुक्रबार संसद् सचिवालयमा नेकपा माओवादी केन्द्रका रामकुमार राई र महिन्द्र राय यादवले शपथ लिएका हुन् । संसद् सचिवालयका अनुसार सांसदद्वयले संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट शपथ लिएका हुन् । सांसद रायले हिन्दी भाषामा शपथ ग्रहण गरेका छन् भने सांसद राईले नेपाली भाषामै शपथ लिएका छन् । बिहीबार ४ जना सांसदले शपथ लिन पाएका थिएनन् । शपथ लिन नपाएकामध्ये दुई सांसदको शपथ अझै बाँकी रहेको संसद् सचिवालयले जनाएको छ । शपथ लिन बाँकी रहेका नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले पारिवारिक शोकमा र नेपाली कांग्रेसकी माया राई सुत्केरी…

Read More

काठमाडौं – टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपालको’को चौथो सिजनले आज (शुक्रबार) विजेता प्राप्त गर्दैछ । बेलुका हुने ग्रान्ड फिनालेमा अन्तिम चारका प्रतिस्पर्धी उपाधिका लागि भिड्दैछन् । जसमा प्रमोद खरेलको समूहबाट योगेश मगर, टिम राजेश (राजेशपायल राई) बाट सविना योङहाङ, टिम राजु (राजु लामा) बाट करण राई र टिम प्रविशा (प्रविशा अधिकारी) बाट साहिल लिम्बू छन् । दर्शकको भोटको आधारमा विजेता छानिनेछन् । डेढ महिनाअघिदेखि सुरु भएको चौथो सिजनमा ४२ हजार जनाको आवेदनबाट १२० हुँदै छानिएका ६४ जनाले डिजिटल अडिसन दिएका थिए । ग्रान्ड फिनाले कार्यक्रममा टप १२ सम्मबाट आउट भएका प्रतियोगीहरुले प्रस्तुति दिने जनाइएको छ ।

Read More