Author: Nisha Shrestha

काठमाडौँ – नेकपा माओवादी संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई निर्विरोध संसदीय दलको नेतामा चयन गरेको हो । त्यसअघि पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको थियो । त्यस्तै राष्ट्रियसभाको दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन भएका छन् । माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि संसदीय दलको नेता चयन गरेको हो । बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।

Read More

बुटवल – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताएकी छन् । देशको व्यापार घाटा बढिरहेको, आयात झनै विस्तार भएको र मुद्रा सञ्चितिमा अभूतपुर्व चाप परेको भन्दै उनले अर्थतन्त्र गम्भीर चुनौतीको अवस्थामा रहेको बताइन् । बुटवलमा रूपन्देही उद्योग संघ, लुम्बिनी उद्योग परिसंघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बिहीबारदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि एवं पर्यटन महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अर्थतन्त्रबारे चिन्ता व्यक्क गरेकी हुन् । ‘मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन आयात प्रतिस्थापन गर्ने खालका वन पैदावार र जडीबुटीजन्य उद्योग स्थापनामा जोड दिनुपर्छ । निर्यात बढाउनुपर्ने हुन्छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘खेतीयोग्य जमिन बाँझो नराख्नका लागि युवा…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजबाट आफ्नो राजनीतिक जन्म भएको बताएका छन् । बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले पहिलो पटक सांसदको शपथ लिँदा आफूले जनताका विषयहरूलाई गम्भीरताका साथ लिएको बताए । उनले जन्मदिनकै सेरोफेरोमा राजनीतिक कार्यहरू अहिले धेरै भइरहेको भन्दै यी कार्यहरूलाई आफूले राजनीतिक जन्मको सुरुवातको रूपमा लिएको बताए । महामन्त्री शर्माले शपथ लिँदा गौरव गरे जति नै गम्भीरता पनि लिएको बताए ।

Read More

बैतडी – बैतडीमा शिक्षकको हत्या गरेको आरोपमा पक्राउ परेका बोहरा दम्पतीलाई प्रहरीले सार्वजनिक गरेको छ। बिहीबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय बैतडीले अभियुक्तद्वयलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार सुर्नया गाउँपालिका–२ ग्वानी घर भई पाटनस्थित कृष्ण माविका शिक्षक विष्टको हत्या आरोपमा प्रहरीले पुर्चौडी नगरपालिका ३ न्वादेउकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरालाई पक्राउ गरेको थियो। हिजै उनीहरुलाई पक्राउ गरिएकोमा आज प्रहरीले सार्वजनिक गरेको हो। बिमला बोहरा कृष्ण मावि पाटनको छात्राबासमा बसेर अध्ययन गर्दै आएकी आएकी थिइन्। उनी कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्ययन गरिरहेकी थिइन्। पौष १ गते राति शिक्षक बिष्टले बिमला बोहरामाथि अभद्र व्यवहार गरेको र त्यसपछि आफूले उनको…

Read More

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकाङ्क्षी नरहेको बताएका छन् । बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले २०६४ साल र २०७२ सालमै आफूलाई राष्ट्रपतिका लागि प्रस्ताव गर्दा अस्वीकार गरेको बताए । नेता नेपालले त्यति बेला उमेर नपुगेकाले आफूले अस्वीकार गरेको पनि बताए । ‘राष्ट्रपति बन्ने आकाङ्क्षा भएको भए २०६४ सालमा नै मलाई राष्ट्रपतिको निम्ति प्रस्ताव भएको थियो । २०७२ मा पार्टीबाट नै प्रस्ताव भएको थियो । मैले अस्वीकार गरेको हो । त्यति बेला मैले मेरो उमेर पुगेको छैन भनेको हो ।’ आगामी दिनमा राजनीतिले मागेको आवश्यकतालाई मध्यनजर गरेर…

Read More

काठमाडौँ: क्रान्तिकारी पार्टी र संगठनको अन्तर्राष्ट्रिय को–अर्डिनेसन (आईसीओआर) ले युक्रेन युद्धका कारण विश्व साम्राज्यवादी संरचनात्मक पद्धतीलाई संकटग्रस्त बनाएको ठहर गरेको छ । साम्राज्यवाद र फासिवादमाथिको संकटले समाजवाद स्थापनाको आधार खडा गर्नसक्ने आईओआरले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (मसाल) को निमन्त्रणामा हालै काठमाडौं आएकी आइकोर संयोजक मोनिका गार्टनरले युक्रेन–रसिया युद्धले गुणात्मक छलाङ मारेको बताउनुभयो । यसले विश्व साम्राज्यवादमाथि आर्थिक, राजनीतिक, सैनिकलगायतका संकट उत्पन्न गरेको भन्दै युद्धले समग्र मानव जातीका लागिसमेत नयाँ नयाँ संकट खडा गरेको बताउनुभयो ।  नेकपा (मसाल) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै जर्मन कम्युनिष्ट पार्टी (एमएलपीडी) की नेत्री गार्टनरले भन्नुभयो, ‘अहिलेको संकटको मुख्य विन्दु युक्रेन युद्ध हो…

Read More

पोखरा – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ः२७ मा अवतरण भएको जानकारी दिनुभयो । “मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज यतिले प्रदर्शन उडान सम्पन्न गरेको छ, उडानका क्रममा पाइटलहरुले विमानस्थल प्राविधिकरुपमा सञ्चालनका लागि तयार भएको प्रतिक्रिया दिनुभएको छ”, उहाँले भन्नुभयो । विमानका पाइटल प्रमोदराज गौतमले प्राविधिक रुपमा विमानस्थल अन्तर्राष्ट्रिय स्तरको भएको र अवतरण पनि सहज भएको बताउनुभयो । विमानस्थल आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको छ । विमानस्थलमा…

Read More

काठमाडौं – गत २४ घण्टा नेपालमा १ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११९० नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा ४ जनाले कोरोनाविरुद्ध जित हात पारेका थिए । यससँगै नेपालमा अहिलेको अवस्थामा १५ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौँ – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन् भन्ने चाहेको बताएका छन् । प्रतिनिधिसभा सदस्यको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लिङ्देनले भने, ‘काँग्रेस र एमाले मिलेर सरकार बनाए स्थिरता हुन्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौँ ।’ यो नभए अहिलेकै सत्ता गठबन्धनको सरकार बनोस् भन्ने चाहेको उनले सुनाए । राप्रपा सरकारमा जान्छ कि जाँदैन भन्ने प्रश्नमा उनले आवश्यक प¥यो भने छलफल गर्ने बताए । तर अकारण सरकारमा नजाने उनले बताए ।

Read More

ताप्लेजुङ – ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन बन्देज गरिएको छ । सुरक्षा संवेदनशीलता मध्यनजर गर्दै बिना अनुमति पाथीभरा क्षेत्रमा ड्रोन क्यामराबाट तस्बिर तथा दृश्य सामग्री उत्पादन गर्न बन्देज लगाइएको हो । धार्मिक तथा सांस्कृति सम्पदा, सुरक्षा संवेदनशील स्थान र हवाई मार्गमा असर गर्न तथा व्यक्तिगत गोपनीयतामा असर पर्ने भएकाले पाथीभरा क्षेत्र विकास समितिले सम्बन्धित निकायको अनुमति बेगर पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन नपाउने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै अनुमति बेगर पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन नपाइने निर्णय गरिएको समितिका अध्यक्ष रक्की थेबेले बताए । समितिले सार्वजनिक सूचना आह्वान गरेको छ…

Read More