Author: Nisha Shrestha

काठमाडौं– एमालेको सचिवालय बैठक सकिएको छ । आज बसेको बैठकले समानुपातिक सांसदको सूची टुंगो लगाउनुका साथै गत आमनिर्वाचनमा पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही गरेको छ । बैठकपछि पत्रकारहरूलाई निर्णय बारे जानकारी दिँदै एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगलाई पहिला नै बुझाएको सूचीमा कुनै पनि हेरफेर नगरिएको बताए । यस्तै, बैठकले नयाँ सरकार गठनबारे कुनै छलफल नगरेको उनले जानकारी दिए ।

Read More

काठमाडौं – राप्रपाले समनुपातिकतर्फका २४ सांसदको सूची निर्वाचन आयोगमा बुझाएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दिएको जिम्मेवारी अनुसार अध्यक्ष राजेन्द् लिङ्देनले सूची निर्वाचन आयोगमा पठाएका हुन् । केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी लिङ्देनलाई दिएको थियो । सोहीअनुसार नेताहरुसँग परामर्शमा लिङ्देनले आयोगमा सूची पठाएको प्रवक्ता मोहन श्रेष्ठले बताए । तर, सूचीमा प्रतिनिधिसभातर्फ पूर्व अध्यक्ष पशुपति शमशेर राणाको नाम रहेको निश्चित भएपनि अन्यको विषयमा भने खुलाएको छैन । राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश १ मा ४, मधेसमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना…

Read More

धनगढी – डोटीस्थित सेती नदीमा बगेर एक युवकको ज्यान गएको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर २ कठालीका ३५ वर्षीय गोविन्द बोगटीको बगेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका इन्सपेक्टर लक्ष्मीराज जोशीका अनुसार शनिबार दिउँसो करीब २ बजेको समयमा उनको नदीमा शव फेला परेको हो। स्थानीयले नदीमा तैरिइरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी घटनास्थलमा पुगेको थियो। मृतक बोगटीको शव बगेको स्थानबाट ४ सय मिटरको दुरीमा भेटिएको छ। उनी नदी किनारमा गएको र त्यहाँबाट चिप्लिएर बगेको प्रहरीले जनाएको छ। अहिले उनको शव पोस्टमार्टको तयारी भइरहेको र घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

Read More

काठमाडौं – नेपाली कांग्रेसले ३२ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिपछि पदाधिकारीसँगको छलफलपछि सभापति शेरबहादुर देउवाले बन्दसूचीबाट समावेशिताको आधारमा सांसदको नाम टुंगो लगाएको एक पदाधिकारीले जानकारी दिए । ३२ मध्ये २९ जना महिला रहेका छन् भने पुरुष तीन जना मात्रै रहेका छन् । ३३ प्रतिशत महिला हुनुपर्ने प्रावधानका कारण कांग्रेसबाट तीन जना पुरुषमात्रै समानुपातिक सांसद बन्ने भएका हुन् । जसमा विमलेन्द्र निधि, जीवन परियार र डा. प्रकाशशरण महत चयन भएका छन् । समानुपातिक सांसदका लागि छनोट भएका २९ जना महिला प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमतीसमेत रहेकी आरजु राणा र…

Read More

गण्डकी – उपराष्ट्रपति नन्दबहादुर पुनले पर्वतीय पर्यटनमा नेपालको प्रचूर सम्भावना रहेको बताएका छन् । विश्वपर्यटन दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घद्वारा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा आयोजित सातौँ पर्वतीय महोत्सवको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले पर्वतीय पर्यटनका धेरै सम्भावनालाई अझै पनि अपेक्षित उपयोग गर्न नसकिएको बताए । नेपाल प्राकृतिकरुपमा सम्पन्न भएको बताउँदै उनले यस्ता सम्पन्नतालाई पर्यटकीयरुपमा उपयोग गर्दै समृद्धि हासिल गर्न सकिनेमा जोड दिए । प्रकृति र संस्कृतिसँगै विभिन्न जातजाति भाषाभाषीका विविधता हाम्रो सम्पत्ति भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले तिनको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिए । विश्वका आठ हजारभन्दा बढी उचाइका १४ वटा हिमचुचुरामध्ये सगरमाथासहित आठ वटा नेपालमै पर्छन । उनले पर्वतीय…

Read More

भक्तपुर– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको बताएका छन् । भक्तपुरकोसूर्यविनायक नगरपालिका-५ सूर्यनगरमा सूर्यनगर टोल विकास समाजले आज आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई बधाई, शुभकामना तथा चियापान कार्यक्रममा उनले देशले एकता र साझा सहमतिको विन्दु खोजेको बताए ।  जनताले निर्वाचित गरेका नेताहरूले आफूप्रति इमान्दारिता र जनताप्रति बफादार भएर लाग्नुपर्ने औँल्याउँदै उनले भने , ‘हामी आफ्ना आफ्ना खुबी, क्षमता, वाक कटुता, व्यक्तिको छाप प्रयोग गरी राजनीतिक खेलको मैदानबाट उत्रिएका छौँ, जित्नु ठूलो कुरा होइन, जनतासँग हामीले जुन प्रतिबद्धता व्यक्त गरेका छौँ, त्यो पूरा गर्न इमानदार र जनताप्रति बफादार भएर काम गर्नुपर्छ ।’

Read More

धनगढी- नेपाली कांग्रेसले सुदूरपश्चिममा प्रदेशसभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सुदूरपश्चिम प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको हो। जसअनुसार सुदूरपश्चिम प्रदेश सभामा दलितबाट ललिता सुनार, खसआर्यबाट मधु भारती, सरस्वती खड्का, डम्बरी महरा, जुना दानी र तुल्सी देवकोटा सांसद बनेका छन्। यस्तै थारुबाट गिताकुमारी चौधरी सांसद बनेकी छन्। बैठकले प्रदेशको टुंगो लगाएको र संघको केही विवाद भएकाले छलफल जारी रहेको बताइएको छ। को के र कहाँबाट ?थारुः गिता कुमारी चौधरीः कञ्चनपुर क्षेत्र नम्बर २ दलितः ललिता सुनारः कैलाली क्षेत्र नम्बर १खसआर्यमधु भारतीः कञ्चनपुर क्षेत्र नम्बर ३ सरस्वती खड्काः डडेल्धुराजुना दानीः बाजुराडम्बरी महराः…

Read More

काठमाडौँ – नेपाली सेनाका पूर्व रथी बलदेवराज महत मृत फेला परेका छन्। शनिबार बिहान करिब ८ बजेतिर उनी काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटार स्थित घरमा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भरत बोहराले जानकारी दिए। उनी झुन्डिएको अवस्थामा मृत फेला परेको उनले बताए। उनी बिहान झुन्डिएको अवस्थामा फेला परेपछि ह्याम्स अस्पताल लगिएको थियो। त्यहाँबाट मृत घोषणा भएपछि पोष्टमर्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। पोष्टमर्टम सकेर शव पनि परिवारले बुझिसकेका छन्। उनको मृत्युको कारण खुलिनसकेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए। प्रहरीले पनि घटनास्थलबाट कुनै नोट फेला पारेको छैन। महतले पाँच वर्षअघि सेनाबाट अवकाश पाएका थिए।

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशमा सरकार गठनको चर्चा सुरु भएको छ। सुदूरपश्चिममा सरकार बनाउन सत्तारुढ गठबन्धनले बहुमत पाएको छ। जसअनुरुप यहाँ समानुपातिकसहित नेपाली कांग्रेसले १९, माओवादी केन्द्रले ११ र नेकपा एकीकृत समाजवादीले ४ सिट जितेका छन्। सुदूरपश्चिम प्रदेश सभामा २७ जना सांसद हुँदा सहज बहुमत पुग्छ। अहिले यी सत्ता गठबन्धनका प्रमुख तीन दल मिल्दा प्रदेश सांसदको संख्या ३४ हुन्छ। प्रदेशसभामा सत्ता गठबन्धनभन्दा बाहिर रहेको एमालेले भने १० सिट मात्रै पाएको छ। यस्तै यो निर्वाचनबाट उदाएको रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिको ७ र राप्रपाले १ सिट पाएको छ। गठबन्धनको सरकार लगभग पक्कापक्की जस्तै बन्दा मुख्यमन्त्री को हुने ? भन्ने कुरा चाही चासोको…

Read More

कारकस – सन् २०१८ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई लक्षित गरी असफल ड्रोन आक्रमणमा संलग्न तीन जनालाई ३० वर्षको जेल सजाय सुनाइएको छ । मारिया डेलगाडो ताबोस्की, सेवानिवृत्त सेना प्रमुख जुआन कार्लोस मारुफो र सेवानिवृत्त कर्णेल जुआन फ्रान्सिस्को रोड्रिग्वेजलाई ‘आतंकवाद, देशद्रोह र आपराधिक षड्यन्त्र’ को आरोपमा दोषी ठहराइएको उनीहरुका परिबारले बताएका छन् । आपराधिक सुनुवाइ बिहीबार राति सुरु भएको र शुक्रबार बिहानसम्म चलेको परिवारका सदस्यले बताएका छन् । ४८ वर्षीय डेलगाडो ताबोस्कीसँग भेनेजुएला र स्पेनको दोहोरो नागरिकता छ र उनी संयुक्त राज्य अमेरिकामा बस्ने ओस्मान डेलगाडो ताबोस्कीकी बहिनी हुन्।

Read More