धनगढी: नेकपा (एकीकृत समाजवादी) पार्टीको बैठकमा खैलाबैला भएको पाइएको छ। धनगढीको निर्माण व्यवसायी संघको हलमा भएको समाजवादी पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय बैठकमा खैलाबैला मच्चिएको हो। अस्ति १४ गते समाजवादी मोर्चाको सन्देश सभाबारे छलफल गर्न डाकिएको बैठकमा नेताहरुको आपसमै विवाद भएपछि खैलाबैला भएको बताइएको छ। स्रोतका अनुसार पार्टीका जिल्ला अध्यक्षहरुले सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री तथा समाजवादीका केन्द्रिय सदस्य नरेश शाहीको विषयमा प्रश्न उठाएपछि विवाद भएको हो। प्रदेश सरकारले ल्याएको बजेटको विषयलाई लिएर प्रश्न उठाउँदा हलमा विवाद पैदा भएको बताइन्छ। स्रोतले जानकारी दिएअनुसार अर्थमन्त्री शाहीको गृहजिल्ला बाजुरासहित अन्य जिल्लाका पार्टी अध्यक्ष र प्रदेश सदस्यहरुले बजेटमा आफ्नो असन्तुष्टि पोखेका थिए। मन्त्री शाहीमाथि उनकै गृहजिल्लाका…
Author: टेकसिंह धामी
धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकाको नदीजन्य वस्तुको ठेक्कामा भ्रष्टाचार भएको भन्दै दुई वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ। अख्तियारले भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्र विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टसहितका १२ जनाविरुद्ध गत १० असारमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। नदीजन्य वस्तुको ठेक्कामा भ्रष्टाचार गरेको पुष्टि भएको भन्दै अख्तियारले १२ भदौमा तत्कालीन नगरप्रमुुख विष्ट, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसहितका १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले १० असारमा दायर गरेको मुद्दामा भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को महाकाली नदीको नदीजन्य वस्तुबाट प्राप्त हुने आयको ठेक्का थियो। उक्त ठेक्कामा नगरपालिकाले ठेक्का…
धनगढी: २०५२ सालतिरको कुरा हो, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दलबलसहित जंगल पस्यो। तत्कालीन अवस्थामा माओवादीहरु रुकुम तथा रोल्पाबाट भूमिगत भएका थिए। त्यसबेला नेपाल सरकार, सुरक्षा निकाय, फरक दलका नेता कार्यकर्तासहित आम नागरिकले पनि सास्ती व्यहोरे। त्यसबेला गाउँ-गाउँमा आक्रमणदेखि चन्दा धन्दा समेत चलाएर उधुम मच्चाए। अचेल तीनै माओवादीहरुले त्यसलाई जनयुद्ध नेपालको सशस्त्र द्वन्द्व भन्ने गरेका छन्। जुन तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपाल सरकारबीच २०५२ सालदेखि २०६३ सम्म चलेको थियो।युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रूपमा परिचित थियो। विसं २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै यो युद्ध समाप्त भएको थियो। त्यो द्वन्द्वलाई मृत्युदण्ड, नरसंहार,…
धनगढी: सुदूरपश्चिममा केही समययता डेङ्गुको प्रकोप बढ्दै गएको देखिन्छ। विशेषगरी कैलाली, कंचनपुर र दार्चुलामा डेङ्गुको प्रकोप बढी रहेको छ। आजसम्मको तथ्यांक हेर्दा प्रदेशभर अहिलेसम्म ६३५ जनामा डेङ्गुको संक्रमण भैसकेको देखिएको छ। यो महिना (भदौ) को मात्र तथ्यांक हेर्दा अहिलेसम्म ३०८ जनामा संक्रमण देखिएको छ। यसले गर्दा संक्रमण तीव्र रुपमा फैलिईरहेको देखिन्छ। हालसम्मको तथ्यांकले सबैभन्दा बढी कैलालीमा संक्रमित रहेको र सबैभन्दा न्यून (१ जना) बैतडीमा रहेको देखाएको छ। यस्तो महामारीको समयमै धनगढीका निजी अस्पतालहरुले भने मौकामा चौका हान्न खोजेका छन्। यानिकी उनीहरूले डेङ्गु परीक्षणका नाममा लुट मच्चाइएको पाइएको छ। धनगढीका निजी अस्पतालहरुले सेवाग्राहीबाट डेङ्गु परीक्षणको मात्रै चर्को शुल्क लिँदै लुट मच्चाएका…
धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचार मुद्दामा आफन्तसमेत पर्ने व्यापारीक साझेदारलाई जोगाउन अनेक हतकन्डा गरेको खुलेको छ। कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ मा नदीजन्य वस्तुको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दाका मुख्य आरोपी तेजबहादुर चन्दलाई जोगाउन जयबहादुरले अनेक हतकन्डा गरेको पाइएको हो। हतकन्डा पनि, यतिसम्म कि अख्तियारको आयुक्तजस्तो सम्मानित पदमा बसेर अनुसन्धानको दायरामा हुनुपर्ने ती तेजबहादुरसँग जयबहादुरले खुलेआम भेट गरेको भेटिएको छ। आयुक्त जयबहादुरले महेन्द्रनगरमै पुगेर तेजबहादुरलाई भेटेको खुलासा भएको हो। अख्तियारका अनुसन्धान अधिकृतहरुले तेजबहादुरसमेत मुछिनुपर्ने मुद्दाको अनुसन्धान गरिरहेका बेला चन्दद्वयको भेट भएको देखिन्छ। तेजबहादुर चन्दको फेसबुक पोस्टका अनुसार जेठ २९ गतेको साँझ साढे ७ बजे…
धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै सेटिङ गरिएको पाइएको छ। कञ्चनपुरकोस्थित भीमदत्त नगरपालिकाको भ्रष्टाचार मुद्दामा अख्तियार भित्रकै मान्छेको इन्ट्रेस्टमा सेटिङ गरिएको पाइएको हो। अख्तियारकै आयुक्त जयबहादुर चन्दको सक्रियतामा उनका निकटस्थ तेजबहादुर चन्द (ठेक्का सम्झौतामा हस्ताक्षर गर्ने) लाई उन्मुक्ति दिएर मुद्दा नचलाएपछि सो सेटिङ सतहमा आएको हो। अख्तियारको सुदूरपश्चिमस्थित कार्यालयले मुद्दा चलाउनुपर्ने बताए पनी केन्द्रीय कार्यालयले मुद्दा नचलाएको बताइन्छ।यसले गर्दा अख्तियारकै औचित्यमाथि पनि प्रश्न उठेको छ। हिजो (मंगलबार) मात्रै आर्थिक वर्ष २०७६/०७७ मा नदीजन्य वस्तुको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। २०७६/०७७ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने…
धनगढी: कैलालीमा हैजाको संक्रमण आउटब्रेक (फेला परेको) भएको छ। अस्ति भदौ १० गते कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा चेकजाँच गर्दा संक्रमण देखिएको हो। स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी तेजबिक्रम शाहीका अनुसार गौरिगङ्गा नगरपालिका-११ मसुरियाकी एक ३४ वर्षीया महिलामा सो संक्रमण देखिएको हो। उनका अनुसार ती महिला भारतको दिल्लीबाट भदौ ५ गते कैलाली आएकी थिइन्। दिल्लीबाट आएपछि उनको स्वास्थ्यमा समस्या आएकोमा उनी स्थानीय स्वास्थ्य चौकीमा गएकी थिइन्। तर, त्यहाँको चिकित्सकले संकास्पद ठानेर भदौ ९ गते सेतीमा पठाएको थियो। पछि सेतीमा चेकजाँच गर्दा उनमा संक्रमण फेला परेको हो। अहिले उनको धनगढीकै मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ।…
धनगढी: अछाममा एकजना प्रहरी नायब निरीक्षकले असुली धन्दा चलाएको आरोप लागेको छ। जिल्लाको चौरपाटी गाउँपालिकास्थित प्रहरी चौकी सिउँडीका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) लालसिंह बिष्टले असुली धन्दा चलाएको आरोप लागेको हो। उनले चौरपाटी गाउँपालिकामा (मदिरा कारोबार गर्ने व्यापारी) ‘मदिरालयहरु’बाट रकम असुली गरिरहेका हुन्। चौरपाटी गाउँपालिकाले विगत केही वर्षदेखि न्यून गुणस्तर भएका मदिरा (ठेल्ला, ठेउका) बेच्न रोक लगाएको थियो। सोही नियमअनुसार पालिकाले प्रहरीको सहयोगमा मदिरा बेच्ने र सेवन गर्नेलाई जरिवाना गराउँदै आएको छ। पालिकाको नियम अनुसार पहिलोपटक बेच्नेलाई १० हजार र सेवन गर्नेलाई दुई हजार रुपैयाँ तोकिएको छ। तर प्रहरी चौकी सिउँडीका सई बिष्टले भने बच्ने र सेवन गर्नेबाट तोकिएको…
धनगढी: कैलालीमा एक वडा सदस्यको मृत्यु भएको छ। आज (आइतबार) कैलारी गाउँपालिका-८ दुधिया गाउँ निवासी ४२ वर्षीय वडा सदस्य माधुराम चौधरीको मृत्यु भएको हो। कैलाली गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीका अनुसार हिजो कैलारीबाट आएका माधुरामको धनगढीमा मृत्यु भएको हो। उनको मृत्युमा आज कैलारी गाउँपालिकाको कार्यालय तथा कैलारी गाउँपालिका अर्न्तगतका सम्पूर्ण कार्यालयहरु एवम् सम्पूर्ण शिक्षण संस्थाहरुमा बिदा दिइएको छ। यता कैलाली प्रहरीले भने वडा सदस्यको मृत्यु रहस्यमय तरिकाले भएको भन्दै अनुसन्धान थालेको छ। जिप्रका कैलालीका निमित्त प्रवक्ता तथा इन्सपेक्टर सन्तोष बस्यालले घटनाको अनुसन्धान थालिएको जानकारी दिए। प्रहरी स्रोतका अनुसार हिजो कैलारीबाट धनगढी आएका माधुराम धनगढीको शिवपुरी आसपासमा रहेको आफ्नी साली नाता पर्ने…
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो पदीय मर्यादा बचाउनै नसकेको पाइएको छ। उनले पदको गरिमा र मर्यादालाई नजरअन्दाज गर्दै (प्रतिनिधि सभा सदस्य) डा. आरजु राणा देउवालाई खुसी पार्ने काममात्र गर्ने गरेको पाइएको हो। प्रतिपक्षी दलहरुले मुख्यमन्त्री शाहले अहिलेसम्मका गतिविधि नियाल्दा मर्यादामा ध्यानै नदिएर आरजुको चाकरी गर्ने गरेको आरोप लगाएका छन्। आज (शुक्रबार) मात्रै मुख्यमन्त्री शाह आफ्नो मर्यादाक्रम भुलेर प्रतिनिधि सभा सदस्य डा. देउवाको स्वागतका लागि धनगढी विमानस्थल पुगेका थिए। सामान्यतया आफूभन्दा उच्च पदस्थ व्यक्ति सुदूरपश्चिम आउँदा मुख्यमन्त्री स्वागतका लागि एअरपोर्ट जाने चलन छ। तर मुख्यमन्त्री शाहले पटकपटक आफ्नो मर्यादालाई लत्याएर आरजुलाई खुसी पार्ने गरेका छन्। नेपाल सरकारले निर्धारण…