कञ्चनपुर- नेकपा माओवादीको सुदूरपश्चिम प्रदेश कमिटीले कृष्णपुरका खेमराज पाण्डेयलाई कञ्चनपुर संयोजकको जिम्मेवारी दिएको छ।प्रदेश कमिटीले पाण्डेयलाई जिम्मेवारी दिएको हो।
प्रदेश कमिटीले संघीय र प्रदेश निर्वाचन क्षेत्रका इन्चार्ज समेत तोकेको छ। निर्वाचन क्षेत्र नं. १ को इन्चार्जमा दिपक बिसी, क्षेत्र नं २ को इन्चार्जमा लोकेन्द्र ऐर र निर्वाचन क्षेत्र ३ को इन्चार्जमा कृष्णदत्त जोशीलाई मनोनित गरिएको छ।
यसैगरी निर्वाचन क्षेत्र नं.१ (क) मा फुल्लन राना, (ख) मा पोतिलाल चौधरी, निर्वाचन क्षेत्र नं. २ को (क) मा अक्कल बोहरा, (ख) मा हिरा जैसी र निर्वाचन क्षेत्र ३ (क) मा निरु कामीलाई इन्चार्ज बनाइएको छ। निर्वाचन क्षेत्र नं.३ (ख) भने रिक्त छ।
यसैगरी ५ जनालाई प्रदेश कमिटी सदस्यमा मनोनित गरिएको छ।जसमा कृष्णदत्त जोशी (बक्सर), कैलास सुनार, रामबहादुर गुरुङ, चन्द्रकान्त भट्ट (सिके) र दीपक खत्री (निर्माण) लाई प्रदेश सदस्यमा मनोनित गरिएको हो। सुदूरपश्चिमका अन्य ८ जिल्लामा बिहीवार नै जिम्मेवारी बाड्फाड भइसकेको छ।