ललित सामन्त,दार्चुला-टोल-टोलमा एमाले मनमनमा एमाले अभियान अन्तर्गत चैत ६ गते जिल्लाका विभिन्न स्थानीय तहहरुमा चुनावी गतिविधि भएका छन्।
सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि अहिले एमालेले जिल्लाभरी चुनावी गतिविधि बढाएको हो।चुनाव केन्द्रीत भएको एमालले आइतबार नौगाड गाउँपालिकास्तरीय अखिल नेपाल किसान महासंघ गठन गरेको छ।
नौगाडमा पानसिह वडालको अध्यक्षतामा २५ सदस्यीय महासंघ गठन गरिएको हो। नेकपा एमाले दार्चुलाका अध्यक्ष प्रेमसिह धामीको प्रमुख आतिथ्यतामा प्रथम अधिबेशनबाट महासंघ गठन गरिएको हो।
सोही कार्यक्रममा समाजबादी पाटीका वडा नम्बर १ का उपाध्यक्ष पानसिह बडालले नेकपा एमाले प्रवेश गरेका छन्। यसैगरी शैल्यशिखर नगरपालिकामा नगर कमिटीको आयोजनामा वडा नं. १ को बैठक सम्पन्न गरिएको छ।
जसमा प्रदेश कमिटि सदस्य लालबहादुर विकको प्रमुख आतिथ्य रहेको थियो। बैठकले शैल्यशिखरमा यहि चैत १० गते हुने विसाल आमसभाको तयारी गर्ने निर्णय समेत गरेको छ।
यस्तै मालिकार्जुन गाँउपालिकाको वडा नम्बर ८ को बैठक सम्पन्न भएको छ। जिल्ला कमिटि सदस्य हिरासिह धामीको आतिथ्यमा बसेको बैठकले विभिन्न निर्णय गरेको छ।बैठकले चैत ११ गते देखि चैत १६ गतेसम्म पालिकाका १२ वटा टोलमा भेला, घरदैलो र भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गर्ने निर्णय गरेको एमालेले जनाएको छ।
त्यसैगरी चैत १८ गते मालिकार्जुन गाँउपालिकाको केन्द्र शंकरपुरमा हुने पालिकास्तरीय विसाल आमसभाको तयारी गर्ने निर्णय भएको छ। यस्तै व्याँस गाँउपालिकामा पनि नेकपा एमालेको अभियान जारी रहेको छ।
व्याँस गाँउपालिका वडा नं.४ को सुनसेरामा वडा कमिटि भेलाको आयोजना गरिएको छ। बैठकले अनेरास्ववियु तथा युवा विद्यार्थी भेलाको आयोजना गरेको हो। सुदूरपश्चिम प्रदेश सदस्य उदय बडालको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको कार्यक्रममा २४ जनाले नेकपा एमाले प्रबेश गरेका छन्।
त्यसैगरी दुहँ गाँउपालिकामा पनि अभियान सञ्चालन गरिएको छ। जस्मा पहिलो चरणका टोल कमिटिहरु गठन कार्यक्रम सम्पन्न गरेर दोस्रो चरणका लागि भेला बैठक र जनसंगठन परिचालन गर्ने जनाइएको छ।
यस्तै एमालेको महाकाली नगरपालिकाका सबै वडाहरुमा वडा भेला तथ टोल भेला भइरहेको छ।यस्तै लेकम गाँउपालिकाको लालीमा वडा भेला भएको छ। उक्त भेलाले टोलटोलमा एमाले अभियान सफल पार्न सबै टोलहरुमा कार्यक्रता भेटघाँट तथा घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको छ।
त्यसैगरी अपिहिमाल गाँउपालिकामा नेकपा एमालेले टोल कमिटि अभियानलाई तिव्रता दिएका छन। मार्मा गाँउपालिकामा पनि टोल कमिटि गठन गरिएका छन।जसमा वडा नम्बर १,२,३ र ६ मा टोल कमिटि गठन गरिएको छ। भने वडा ४ र ५ मा टोल कमिटि गठन गर्ने निर्णय गरेको छ। बैठकले यही चैत ११ गते हुने मार्मामा हुने विसाल आमसभाको भव्य तयारी गर्ने निर्णय गरेको छ।