Author: महेन्द्रनगर पोष्ट

नवलपुर — बलात्कारको आरोपमा पक्राउ परेका पल शाहलाई गैंडाकोटबाट दमौली लगिएको छ । एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा तनहुँ प्रहरीमा हाजिर भएका शाहलाई तनहुँबाट गैंडाकोट ल्याइए पनि (आज) मंगलबार थप अनुसन्धानका लागि फेरि तनहुँको दमौंली लगिएको हो । जिल्ला प्रहरीले कार्यालय गैंडाकोटमा उनको बयान लिएपछि मंगलबार दमौली पठाइएको डिएसपी दिलीप गिरीले जानकारी दिए। तनहुँ प्रहरीपछि गैंडाकोट प्रहरीमा पनि शाहविरुद्ध उजुरी परेपछि तनहुँ प्रहरीले बयानका लागि नवलपुर लगेको थियो । तनुहँ प्रहरीले शाहलाई चैत ४ गते सम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँबाट अनुमति लिएको छ।

Read More

सर्लाही – सर्लाही खण्डमा पर्ने चारकोसे झाडीमा पाँच दिनदेखि लगातार डढेलो लागिरहेको छ । हरिपुर नगरपालिका १ मा पर्ने जानकीनगर साझेदारी वन, हरिवन नगरपालिका ६ मा पर्ने घुर्कैली वन, फुलजोड साझेदारी वन र उत्तरी चुरेका वन क्षेत्रमा लगातार डढेलो लागिरहेकाे छ । हावाहुरी र सुख्खा मौसम भएकाले डढेलो अहिलेसम्म निभाउन नसकिएकाे हाे । हिउँदयाम सुरु भएसँगै यस क्षेत्रको जङ्गलमा बर्सेनी डढेलो लाग्ने गरेको स्थानीयवासीले बताएका छन् । डढेलो निभाउन स्थानीय सामुदायिक वनले अग्नि नियन्त्रण रेखा बनाए पनि राष्ट्रिय वन र साझेदारी वनले डढेलाे निभाउन कुनै पूर्व तयारी नगरेकाे स्थानीयकाे गुनासाे छ । भन्छन्, ‘आगाे निभाउन दक्ष जनशक्ति पनि छैनन् ।…

Read More

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारदेखि २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्रको बिक्री खुला गरेको छ । नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले चैत ३० गते नागरिक बचतपत्र २०८३ ‘क’ निष्कासन गर्नेछ। यो बचतपत्रको बिक्री खुला भने चैत १ गतेदेखि गरिएको हो । आज देखि आवेदन संकलन सुरु गरिएको नागरिक बचतपत्रमा चैत २० सम्म आवेदन दिन सकिन्छ । यद्यपि तोकिएको अवधिअघि नै कुल निष्कासित रकमका लागि आवेदन आए चैत २० अघि नै बन्द हुने राष्ट्र बैंकले बताएको छ । पहिलो चरणमा २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र बिक्रीका लागि आवेदन संकलन सुरु गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।…

Read More

काठमाडौं – नेपालमा क्रिप्टो करेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा जस्ता वेबसाइट नचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पत्र लेख्दै यस्ता वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको हो । आर्थिक अपराधसँग सम्बन्धित एप र वेबसाइट प्रयोग, सञ्चालन तथा व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल र कालोसूचीमा राख्न निर्देशन दिएको हो । अर्थ मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र काटेर यस्ता वेबसाइट ‘ब्लक’ गर्न आग्रह गरेको थियो ।

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट ५७ जना र एन्टिजेन परीक्षणबाट २६ जना संक्रमित थपिएका छन् । २४ घण्टामा पीसीआर ४ हजार ७३४ र ३ हजार १५०एन्टिजेन गरी ७ हजार ८८४ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १३० जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन । अहिले देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ७४६ रहेको छ।

Read More

काठमाडौं – नेपालका ३ वरिष्ठ अभिनेत्रीको झण्डै ३ करोड रुपैयाँ एक सहकारीमा फसेको छ । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा वरिष्ठ अभिनेत्रीहरु बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, अञ्जु कारञ्जित लगायतले वचत गरेको रकम उक्त सहकारीमा फसेको हो । तीन अभिनेत्री र फाउन्डेसनको गरी करिब तीन करोड रुपैयाँ उक्त सहकारीमा नेपाल चलचित्र कलाकार संघले जनाएको छ । संघले एक विज्ञप्ति निकाल्दै सहकारी संस्था लिमिटेडबाट कलाकार समेत पीडित भएको भन्दै न्याय दिलाइदिन सरकारसँग आग्रह गरेको छ । विज्ञप्तिमा सहकारीका सञ्चालक इच्छाराज तामाङ लगायतबाट असुल उपर गराउन माग गर्दै कानुनी उपचारमा गएको जनाइएको छ । यस विषयमा सरकारले चासो दिएर पीडितहरुलाई न्याय दिलाउन…

Read More

एजेन्सी – विश्वका दुई ठूला देश अमेरिका र चीनबीच द्विपक्षीय वार्ता भएको छ । दुई देशका अधिकारीहरूले सोमबार युक्रेन र रुसको युद्धका विषयमा ७ घण्टा लामो छलफल रोममा गरेका हुन् । परिचय खुलाउन नमानेका अधिकारीले बाइडेनको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका वरिष्ठ कुटनीतिज्ञ याङ जिचीलाई बेइजिङले रुसलाई सहयोग गर्न सक्ने विषयप्रति चासो व्यक्त गरेका थिए । चीनले रुसलाई सहयोग गरेमा विश्वव्यापी प्रतिबन्धको सामना गर्न सक्नुपर्ने सुलिभानले वार्तामा बताएका छन् । ‘सामान्य रुपमा म के भन्न चाहन्छु भने हामी रुससँग चीनको साठगाठप्रति गहन चिन्तित छौ,’ ती अधिकारीले बताए । मस्कोले युक्रेनमा आफ्नो युद्धका लागि चीनसँग सैन्य उपकरणको अनुरोध गरेको समाचार…

Read More

काठमाडौं – भक्तपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरिएको छ। बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ घर भइ मध्यपुर ठिमी नगरपालिका–६ पुरानो ठिमी बस्ने २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । ठिमीकाे एक प्रहरी अधिकृतका अनुसार होटलमा कामदारको रुपमा रहेकी किशोरीमाथि होटल मालिकले जबरजस्ति करणी गरेका हुन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय, महाराजगञ्जमा भएको भेटमा नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित एवं चासोका विषयमा विचारविमर्श भएको थियो । त्यस अवसरमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो । नेपाल र साउदी अरेबिया बीच १५ मार्च १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीचको सुमुधर सम्बन्ध उच्चस्तरमा हुने यस्ता भ्रमणले अझ सुदृढ हुँदै गएको छ भने शान्तिपूर्ण सहअस्तित्व, मैत्री र सहयोगका पाँच सिद्धान्तका आधारमा द्विपक्षीय सम्बन्ध घनीभूत हुँदै गएको छ…

Read More

काठमाडौं – विवेकशील साझा पार्टीले २६ केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटाएको छ । कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि पदीय जिम्मेवारी बहन नगरेको भन्दै विवेकशील साझाको कार्यसम्पादन समितिले २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीमुक्त गरेको हो । बागमती प्रदेश सभा सांसदसमेत रहेका पार्टीका नेता रमेश पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई पार्टीले जिम्मेवारीबाट हटाएको पार्टीका प्रवक्ता शरद पाठकले बताए । उनीहरु मिलन पाण्डे पक्षीय नेताहरू हुन् । पाण्डेलाई यसअघि नै रविन्द्र मिश्रले जिम्मेवारीबाट मुक्त गरिसेका छन्। केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री (कार्की), धर्म मानन्धर, पुकार बम, भरतराज पन्त, भूपदेव शाह, मनिस खनाल…

Read More