Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेकपा एमाले सुदूरपश्चिमभित्र दुई नेताको विषय निकै चर्चाको विषय बनेको छ। विषय हो, एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य एवं वर्तमान सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबीचको मतभेद। उसो त जानकारहरुले थापा र भण्डारीको समधुर सम्बन्ध पहिल्यैदेखि नभएको बताउँदै आएका छन्। तथापी केही समय अगाडि त्यो पुष्टि नै भएको छ। थापाले आफ्नै गृहजिल्ला बाजुराबाट भण्डारीमाथि आर्थिक अपचलनको आरोप लगाएपछि भण्डारीका समर्थकले पनि थापाविरुद्ध आगो ओकलेला छन् भने सामाजिक संजालमा चर्काचर्की परेको देखिन्छ। सोही क्रममा भण्डारीका समर्थकविरुद्ध थापापुत्र नरेन्द्र थापाले पनि आलोचनात्मक विषयवस्तु उठाएका छन्। त्यसो त अचेल थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको…

Read More

बैतडी: बैतडीमा युवकद्वारा गरिएको खुकुरी प्रहारबाट दुई महिला घाइते भएका छन्। जिल्लाको पुर्चौंडी नगरपालिका–६, रपनाका २० वर्षीय धनवीर धानुकले शनिबार (जेठ ३) बिहान सोही स्थानका ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि खुकुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं इन्स्पेक्टर बलदेव बडूले जानकारी दिए। धनवीरले दुवैजनालाई खुकुरी प्रहार गरी घाइते बनाएका उनले बताए। घाइते बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छ। दुरोपतीको बायाँ कानमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते दुवैजनालाई उपचारनिम्ति डडेलधुरा अस्पताल पठाइएको बैतडी प्रहरी प्रवक्ता बडूले जानकारी दिए। खुकुरी प्रहार गर्ने धनवीरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनका अनुसार, बिखमतीका नाति दिनेश धानुकसँग धनवीरको…

Read More

धनगढी: कैलालीको गौरीगंगा नगरपालिका–६ कठौतीस्थित पूर्व–पश्चिम राजमार्गमा अबैध साल जातको काठ बरामद गरिएको छ। प्रहरीकाअनुसार शुक्रबार दिउँसो साढे १२ बजे से १ त ९५१७ नम्बरको ट्याक्टरको ट्रालीको चक्का निस्किएर बिग्रिएपछि सडकको दायाँ साइडमा रोकिएको अवस्थामा ट्रालीभित्र बालुवामा लुकाएर राखिएको साल जातको काठ फेला परेको हो। इलाका प्रहरी कार्यालय चौमला, कैलालीबाट खटिएको प्रहरी टोलीले ट्रालीभित्र लुकाइछिपाई राखिएको ६ थान गोलिया साल काठ (जम्मा ४९.०५ क्युफिट), अनुमानित मूल्य करिब ४९ हजार बराबरको काठ बरामद गरेको हो। बरामद गरिएको काठ र ट्रालीलाई आवश्यक कानुनी प्रक्रिया अनुसार सब डिभिजन बन कार्यालय चौमालामा बुझाइएको प्रहरीले जनाएको छ।

Read More

धनगढी: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखण्ड सुदूरपश्चिमको नाराले डोटीमा भएको केन्द्रलाई कैलालीमा पुर्‍याएको बताएका छन्। मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा डोटीको दीपायलमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  ‘सुदूरपश्चिम अखण्ड हुनुपर्छ भन्ने बहस चल्यो,’ उनले भने, ‘अखण्ड सुदूरपश्चिमको नाराले डोटीमा भएको केन्द्रलाई कैलालीमा पुर्‍याएको हो। अखण्ड भन्ने त राम्रो शब्द भयो, अखण्ड सुदूरपश्चिम भन्ने कुरा मिठो लाग्ने पनि भयो। तर, त्यो अखण्डले डोटीको औचित्य र अधिकारलाई कुण्ठित ग¥यो भन्ने बुझ्न जरुरी छ।’  उनले पछिल्लो कालखण्डमा पनि डोटी जिल्लाले आफ्नो अस्तित्व सिद्ध गर्दै आएको बताए। 

Read More

कञ्चनपुर : पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ। यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका–४ पर्सीयाकी डल्लीदेवी चौधरीले। ५२ वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन्। गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उनले पढ्न थालेकी हुन्। चौधरी गाउँपालिका–४ को वडासदस्य हुन्। उनी पढ्नका लागि भर्ना भएको विद्यालय व्यवस्थापन समितिको सदस्य पनि हुन्। ‘सानैदेखिको विद्यालय गएर पढ्ने चाहना थियो’, उनले भनिन्, ‘पढ्नै पाइएन, सँगैका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका साथीहरूले हस्ताक्षर गर्नुहुन्छ, मैले औँठा लगाउनुपर्ने हुन्छ, यस्तो अवस्थामा मनभित्र हीनताबोध हुन्छ।’ पढ्न पाएको भए यस्तो हुँदैनथ्यो भन्ने कुरा मनभित्रै खेल्ने गरेकाले हिम्मत गरेर पढेर साक्षर बन्नका लागि…

Read More

काठमाडौं: नेकपा एमालेको सबैभन्दा बलियो मानिने जनसंगठन राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन जेठ ९ देखि ११ गतेसम्म पोखरामा सम्पन्न हुँदैछ। देशभरिबाट १ हजार ९०० प्रतिनिधिले भाग लिने उक्त महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ। पार्टीले जनसंगठनका केन्द्रीय नेतृत्वलाई संख्यात्मक दृष्टिले छरितो बनाएपछि युवा संघको आगामी केन्द्रीय कमिटी १५१ सदस्यीयमा सीमित हुँदैछ। त्यसभित्र जम्मा ९ पदाधिकारी चयन गर्नुपर्नेछ। अहिले राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी ३३९ सदस्यीय छ। त्यसैले अहिले भएका केन्द्रीय पदाधिकारी र सदस्यबाट महाधिवेशनले १८८ जनालाई बिदा गर्नुपर्ने भएको छ। त्यसभित्र नयाँ सदस्य केन्द्रीय कमिटीमा आउन चाहन्छन्। पार्टीले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यको संख्या घटाए पनि आयोग, विभाग र प्रदेशका…

Read More

धनगढी: काठमाडौंबाट धनगढीका लागि उडेको श्रीएयरलान्सको जहाज पुनः काठमाडौँमै आकस्मिक अवतरण गरिएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडेको आधा घण्टामै जहाज काठमाडौँ फर्काएर अवरण गराइएको हो। धनगढी विमानस्थल कार्यालयकाअनुसार आकाशमा ठूलो हावाहुरी चलेका कारण जहाजलाई काठमाडौँ डाइभर्ट गरेर सुरक्षित अवतरण गरिएको हो। यसअघि हावाहुरीकै कारण आज बिहान बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।

Read More

धनगढी: स्थानीय सेवा ऐन माग्दै आन्दोलनमा उत्रिएका सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारीलाई कार्य क्षेत्र फर्कन आग्रह गरिएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ११ गतेदेखि सुरु हुने प्रदेशसभाको अधिवेशनले उक्त ऐन जारी गर्ने बताउँदै कर्मचारीलाई कार्यक्षेत्र फर्किन आग्रह गरेका हुन्।  मुख्यमन्त्री शाहले विज्ञप्ति जारी गर्दै कर्मचारीको वृत्ति विकासमा परेको अप्ठेयारालाईसमेत मध्यनजर गरेर स्थानीय सेवा ऐन चाँडै जारी गर्ने भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिएर कार्यक्षेत्रमा फर्कन आग्रह गरेका हुन्। सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा विचाराधीन अवस्थामा रहेको छ।  प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले दफावार छलफल पश्चात आफ्नो प्रतिवेदनसमेत सभामुखलाई…

Read More

धनगढी: कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणसँग जोडिएको गाली–बेइज्जती मुद्दामा पत्रकार खेम भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले दोषी ठहर गरेको छ।  न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले मानसखण्ड दैनिकका सम्पादक भण्डारीलाई एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना र १ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला सुनाएको हो। जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दका अनुसार पत्रकार भण्डारीले निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोडेर समाचार लेखेको भन्दै तत्कालीन एसपी (हाल अवकाशप्राप्त एसएसपी) दिल्लीराज बिष्टका छोरा किरण बिष्टले उजुरी दिएका थिए। १० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर घरबाट निस्किएकी १३ वर्षीया पन्तको भोलिपल्ट भीमदत्त नगरपालिका–२ स्थित निम्बुखेडा खोलानजिकैको उखुबारीमा शव भेटिएको थियो।…

Read More

काठमाडौं: नेपाली सेनाले रिक्त रहेका विभिन्न ट्रेडका फलोअर्स पदमा भर्ना खुलाएको छ।  सेनाको भर्ना छनौट निर्देशनालयले आज सूचना जारी गर्दै १६६ जना जनशक्ति आवश्यक रहेको जनाएको छ। फलोअर्सअन्तर्गत सूचिकार, सफाईकर्मी, केशकतर्क, लोहाकारलगायत पदमा भर्ना खुलाइएको छ। योग्यता पुगेका इच्छुक व्यक्तिले आगामी जेठ ३१ गतेसम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर थप एक हप्तासम्म फाराम बुझाउन पाइने सूचनामा उल्लेख छ। ट्रेड फलोअर्सका लागि साधारण लेखपढ गर्नसक्ने भएपुग्छ।

Read More