Author: महेन्द्रनगर पोष्ट

बैतडी : बैतडीको  दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलाका लागि सार्वजनिक बिदा दिएको छ। नगरपालिकाको वडा नम्बर २ स्थित देहिमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका लागि नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको हो। नगरप्रमुख स्तरिय निर्णय अनुसार प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाको अवसरमा भोलि बिदाई दिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। यस्तै पुर्चाैडी नगरपालिकाले  बिहीवार सार्वजनिक बिदा दिएको  छ। नगरपालिकामा  लाग्ने मेला पर्वका लागि सार्वजनिक बिदा दिएको हो। भदौ ११ गते अन्नत चर्तुदशीका दिन विभिन्न मन्दिरमा लाग्ने मेलाका लागि स्थानीय बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। नगरपालिका भित्रका हाँट बुदडा, जोगेउडा, शिबाबो, डिलाशैनी…

Read More

अछाम : देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा यहाँ पनि विरोध गरिएको छ । जिल्ला अस्पताल अछाममा कार्यरत स्वास्थ्यकर्मीहरुले विरोधस्वरुप आज प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेेका हुन्। स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथिको आक्रमण निन्दनीय भएको भन्दै उनीहरुले आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्न मागगरेका हुन्। जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर रविकुमार यादवले माग पूरा नभएसम्म आकस्मिकबाहेकका सबै सेवा ठप्प रहने बताए का छन्। रासस

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले छड्के हानेको छ। स्रोतका अनुसार हिजो (सोमबार) अख्तियारको एक टोलीले प्रदेश सभामा छ्ड्के अनुगमन गरेको हो। संरचना तथा भवन निर्माणको कार्यमा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारको टोलीले छड्के हानेको हो। प्रदेश सभाको गत वर्ष नै निर्माण गरिनुपर्ने गेट र संसदीय दलको भवनहरुको काम नसकी भुक्तानी दिएको भन्ने उजुरीका आधारमा अख्तियारले छड्के हानेको स्रोतले जनाएको छ। सो सम्बन्धमा अख्तियारको टोलीले कागजातसहित स्थलगत निरीक्षण नै गरेको बताइन्छ। यता प्रदेश सभा सचिवालय स्रोतले भने काम सम्पन्न भैसकेको अवस्थामा नै भुक्तानी दिइएको दाबी गरेको छ। गत आर्थिक वर्षको बजेटमा गौरीशंकर निर्माण सेवाले…

Read More

काठमाडौँ : सशस्त्र प्रहरी प्रधान कार्यालयले २०८१ सालमा गण कमाण्ड गर्ने सशस्त्र प्रहरीका एसपीहरूको पूर्वानुमान सूची प्रकाशन गरेको छ । गण कमाण्डका लागि ५० जनाको मुख्य र १० जनाको वैकल्पिक सूचीमा नामावली प्रकाशन गरिएको हो। प्रधान कार्यालय स्थित कर्मचारी प्रशासन शाखाले ज्येष्ठताको आधारमा कमाण्डको जिम्मेवारी नगरेका एसपीहरूको पूर्वानुमान सूची प्रकाशन गरेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए। एफपीयु मिसन, अनपोल मिसन, प्रोफेसनल लेभलको यूएन मिसन र १ वर्ष भन्दा बढी अवधिको विदेश तालिमबाट फिर्ता भएका अधिकृतहरूलाई भने ६ महिना अवधिसम्म कमाण्डको जिम्मेवारीमा सरुवा नगरिने डिएसपी थापाले बताए । एक पटक पनि कमाण्डको जिम्मेवारीमा नखटिएका उपरीक्षकहरूलाई पहिलो प्राथमिकता राखी पूर्वानुमान…

Read More

काठमाडौं:  घरेलु टोली नेपालले साफ यू-१९ च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेलमा आज भारतसँग खेल्दैछ । खेल आज साँझ ५ः३० बजे त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सुरु हुनेछ। नेपाल समूह ए को उपविजेता र भारत समूह बीको विजेताको रुपमा सेमिफाइनलमा भिड्न लागेका हुन् । नेपालले पहिलो खेलमा पाकिस्तानसँग १-० को हात व्यहोर्न पुगेको थियो । नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ४-१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । उता भारतले बंगलादेशलाई ३-० र भुटानलाई २-१ गोल अन्तरले हराउदै समूह बी को विजेता बनेको थियो ।

Read More

धनगढीः कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्। जिल्लाको टीकापुर नगरपालिका–१ बनगाउँ बिचकापुरुवा चोकमा से ५ प ३४३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। दुर्घटनामा चालक भजनी नगरपालिका-३ का २३ वर्षीय मोहन चौधरी घाइते भएका छन्। उनको कोहलपुर मेलडकल कलेजमा उपचार भइरहेको छ।

Read More

काठमाडाैं: सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ११ हजार रुपैयाँमा झरेको छ । हिजो तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँ थियो । हिजो पनि सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर तोलाको एक हजार तीन सय ८५ रुपैयाँ छ ।

Read More

कञ्चनपुर : आठ महिनाको अवधिमा सुदूरपश्चिममा डेंगुबाट तीनजनाको मृत्यु भएको छ। सोही अवधिमा आठ सय ७७ जनालाई सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले डेङ्गु सङ्क्रमणबाट कञ्चनपुरमा दुई र दार्चुलामा एक गरी तीनजनाको मृत्यु भएको जानकारी दिए। सुदूरपश्चिम प्रदेश सरकारले सङ्क्रमित बिरामीको व्यवस्थापनमा सहजीकरण गर्ने, जिल्लामा रहेको स्वास्थ्य कार्यालयले सोसम्बन्धी सचेतना र कर्मचारीको क्षमता अभिवृद्धि गर्ने र स्थानीय पालिकाले लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिरहेको उनले जानकारी दिए। गत माघदेखि हालसम्म कैलालीमा तीन सय ७६, दार्चुलामा एक सय…

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाको नगर प्रहरी प्रमुखको जागिर खोसिएपछि सई कृष्ण मल्ल रुष्ट बनेका छन्। उपमहानगर स्रोतका अनुसार नगर प्रहरीका इन्चार्ज मल्ललाई नगरप्रमुख गोपाल हमालको निर्देशनमा सोमबार नै हटाइएको हो। मेयर हमालले हालै गरेको छड्के अनुगमनका क्रममा उनी ड्युटीमा नभेटिएर घर बसेको पाइएपछि जागिर गएको बताइन्छ। तर मल्लले प्रशासनलाई बिदा माग्दा पनि नपाएको गुनासो गरेका छन्। बिदा माग्दा पनि नपाएर सेकेन्डलाई ड्युटी बुझाइ कहिलेकाही काम परेपछि बिरामी भेट्न २-४ घण्टा राति जाँदाको निहुँ बनाइएको बताएका छन्। ‘एक वर्षमा १ दिन बिदा नलिएर काम गरे तर कुरौटे कार्यालय सहयोगीको कुरा सुनेर मलाई जागिरबाट हटाइयो’ उनले भने।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका १० ब्यारेल स्थित चेक पोइन्टबाट २.५५ ग्राम लागुऔषधसहित भीमदत्त नगरपालिका-१९ का ३२ वर्षीय रामकिशन राना मंगलबार साँझ पक्राउ परेका हुन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिइएको प्रहरी टोलीले चेकजाँच गर्दा रानाको साथमा रहेको साइकलको बाँया ह्यण्डिलको प्वालभित्र लुकाई राखेको लागुऔषध फेला पारि पक्राउ गरेका बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More