Author: महेन्द्रनगर पोष्ट

महोत्तरी : जिल्लाको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा रु ५० को सिक्रीका लागि बिहीबार एक युवकको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार स्थानीय राजनारायण पासवानका छोरा १९ वर्षीय आशिक भन्ने वसन्त पासवानको आफ्नै दुईजना साथीले छुरा हानेर हत्या गरेका हुन्। बुधबार राति गाउँमै लागेको दसैँ मेला हेर्न गएका वसन्तले मेलामा रु ५० मा एउटा सिक्री किनेका थिए। सोही सिक्री लगाएर फोटो खिच्ने भन्दै उनीसँगै गएका साथी दीपक मल्लिकले वसन्तको सिक्री लिएर फोटो खिचेका थिए। तर, फोटो खिचिसकेपछि वसन्तले आफ्नो सिक्री माग्दा दीपकले नदिएपछि झगडा भएको र पछि दीपक र अर्का साथी अमित मल्लिक…

Read More

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबिच भेटवार्ता भएको हो। संक्रमणकालीन न्याय तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका विषयमा तथा अन्य समसामयिक विषयमा दुई नेताबिच छलफल हुने बताइएको छ। गत असोज २० गते दुई नेताबिच भेट भएको थियो।

Read More

काठमाडौं : नेपाल, युएई र हङकङबीचको टी-२० क्रिकेट सिरिजको उपाधि युएईले जितेको छ। युएईले शुक्रबार त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा नेपाललाई ४ विकेटले पराजित गर्‍यो। नेपालले दिएको १६३ रनको लक्ष्य युएईले अन्तिम बल बाँकी छदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो। युएईले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेको थियो। कप्तान मोहमद वासीमले पहिलो विकेट रुपमा गुल्सन झाबाट बोल्ड हुनुअघि २२ बलमा ७ चौका र २ छक्काको मद्दतमा ४५ रन बनाए। पहिलो ओभरमा नेपालका सोमपाल कामीले पहिलो बलमा नोबलसहित १७ रन खर्चिएपछि नेपालले बलिङमा खराब सुरुवात गरेको थियो। त्यसपछि युएईका अर्यांश शर्मा २५ रन र आसिफ शान ७ रन जोडेर आउट…

Read More

मुगु : मुगुमा फेला परेको तीन बालबालिकासहित चार जनाको शव एउटै परिवारका आमा र छोराछोरीको भएको खुलेको छ। छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, १ वर्षीया छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। शुक्रबार बिहान ११ बजे खबर पाउन साथ प्रहरी त्यहाँ पुगेको थियो। थापाका अनुसार मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते बिहान दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए। ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको…

Read More

धनगढी : नेपालमा जारी त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत शुक्रबार भएको फाइनलमा नेपाल र यूएईबीच खेल भइरहेको छ। सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनाएको छ। १६३ रनको विजय लक्ष्य पछ्याएको यूएईले अहिलेसम्म नेपालमाथि दबाब बढाएको छ। यूएईले १२ ओभरमा १०३ रन बनाउँदा तेस्रो विकेट गुमाएको छ। नेपालका लागि गूलसन झाले दोस्रो विकेट लिएका हुन्। उनले मोहम्मद वसिम र आशिफ खानको विकेट लिएका हुन्। कुशल मल्लले आयान्स शर्माको विकेट लिएका हुन्।

Read More

काठमाडौं : त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई जितका लागि एक सय ६३ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६२ रन बनाएको हो। पहिलो सात बल भित्र दुवै ओपनर कुशल र आसिफ शेखले जीवनदान पाए पनि नेपालले त्यसको फाइदा उठाउन सकेन। पहिलो ओभरको अन्तिम बलमा आसिफको क्याच यूएईका विकेटकिपरले छाडेका थिए भने दोस्रो ओभरको पहिलो बलमा कुशलले गरेका प्रहार सर्ट फाइन लेगमा छुट्न पुगेको थियो। नेपालले ६ ओभरको पावर प्लेमा १ विकेटमात्र गुमाएर ५९ रन जोड्दै उत्कृष्ट सुरुआत गरेको थियो। आसिफ १२ बलमा…

Read More

काठमाडौं : हमासको आक्रमणमा परी मारिएका ५ नेपालीको शव पहिचान गर्न आफन्तहरूको डीएनए इजरायल पठाइएको छ। गत असोज २० गते हमास समूहको आक्रमणमा परी मारिएर ५ जना नेपाली विद्यार्थीको पहिचान गर्न उनीहरूका आमा बुबाको डीनएन स्वाब इजरायल पठाइएको हो। मारिएका १० जना मध्ये ५ जनाको पहिचान भएर शव नेपाल ल्याइएको छ। तर, शवको पहिचान गर्न नसकिने अवस्थामा रहेका ५ जनाको शव पहिचान गर्न आफन्तको डीएनए पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हमासको आक्रमणमा परी विभिन्न देशका नागरिकहरू मारिएका छन्। उनीहरूको शव पहिचान गर्न निकै गाह्रो भइरहेको छ। त्यसैले पहिचानका लागि भन्दै इजरायलले आफन्तको डीएनए मगाएको थियो। उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयबाट…

Read More

कैलाली: कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका–६ का दीपक मल्लका ६ वर्षीय छोरा दिपसन मल्ल र सोही ठाउँका योगेन्द्र मल्लका ७ वर्षीय छोरा आयुष मल्लको बिहीवार साँझ नदीमा डुबेर मृत्यु भएको हो। उनीहरु साँझ ५ः३० बजे बर्दगोरीया गाउँपालिका–६ स्थित काँडा नदीमा नुहाउन गएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरिक्षक विरबहादुर विकले जानकारी दिए। विकका अनुसार उनीहरुको शव नदीमा पानी जमेको गहिरो भागमा भेटिएको थियो। मृतकका शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको छ।

Read More

दैलेख : युवाहरुबीच ग्याङ फाइट हुँदा दैलेखमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेका छन्। उनको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो। मृत्यु भएका किशोर ससुराली गएका थिए। दैलेख प्रहरीका अनुसार गएराति भैरबी गाउँपालिका–४ मा रहेको सिलङ्गी बजारमा दुई समुहबीच भएको सामान्य विवादमा झडप भएको थियो। मोटरसाइकलमा आएका केही युवाहरुले गाली गलौज गर्दै, अपशब्द बोल्ने गरेका थिए। मान्छेहरुलाई सुन्न नसकिने अपशब्दका गाली गलौज किन गरेको भनी स्थानीयले सम्झाउन खोज्दा झडपको स्थिति आएको प्रहरी जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमल आचार्यले जानकारी दिए। झडपका घाइते भएका भैरबी गाउँपालिका–५…

Read More

बाँके : इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन्। कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका डिएसपी तिवारीमाथि थापाले चक्कुको झटारो हानेका थिए। चक्कु लागेपछि डिएसपी तिवारी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। डिएसपी डाँगीका अनुसार थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए। सो सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा डिएसपी तिवारीलाई लागेको थियो। चक्कुको झटारोबाट डिएसपी…

Read More