Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आदेशलाई लत्याएको पाइएको छ। गत असार २४ गते मन्त्रालयले प्रमुख प्रकासकीय अधिकृत नभएका स्थानीय तहमा निमित्त तोक्दा ‘वरिष्ठ’ कर्मचारीलाई जिम्मेवारी दिनू भन्दै परिपत्र गरेको थियो। परिपत्रको बुँदा नम्बर (क) मा भनिएको छ, “स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत तोक्ने विषयमा एकरुपता कायम गर्न आवश्यक र जरुरी देखिन्छ । तसर्थ यस विषयको व्यवस्थापनका लागि मार्गदर्शक कानूनको रुपमा रहेको निजामती सेवा ऐन, २०४९ तथा ऐ. नियमावली, २०५० को नियम ४६ मा रहेको व्यवस्था बमोजिम स्थानीय तहमा कार्यरत स्थायी कर्मचारी मध्येबाट बरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी दिने व्यवस्था अनिवार्य रुपमा मिलाउनु हुन।’’ तर,…

Read More

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरको बसपार्कमा अचेत अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ। शुक्रबार बिहान अचेत अवस्थामा फेला परेका परिचय नखुलेका व्यक्तिको सोही दिन दिउँसो उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक विगत लामो समयदेखि बसपार्क वरपर माग्दै हिंड्ने गरेका बताइएको छ । उनको मानसिक अवस्था पनि ठीक नभएको प्रहरीको जनाएको छ।

Read More

काठमाडौँ । विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न अलमलिइरहेका बेला नेपालले भने जनताको मन जित्ने गरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ । जर्मनी, बेलायत, फ्रान्स, सिंगापुर, फिलिपिन्सलगायतका मुलुकले ठोस निर्णय गर्न नसकेकै बेला नेपालले पहिलो लट उद्धार गरेको हो । सिधा हवाई सेवा भएका मुलुक पनि कूटनीतिक तवरले उद्धार गर्न ढिला भइरहेकामा नेपाल वायु सेवा निगममार्फत सरकारले दुबई हुँदै इजरायल पुगेर उद्धार गरेर शुक्रबार बिहान ३ बजे काठमाडौँ ल्याइपुर्‍याएको हो । बिहीबार इजरायलको तेलअभिभबाट नेपाली लिएर उडेको नेपाल एयरलाइन्सको विमान बिहान ३ बजे त्रिभुवन विमानस्थल अवतरण गरेको हो । नेपालीलाई उद्धार…

Read More

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीलाई तेहरो भूमिका दिइएको छ। सिगास गाउँपालिकाको पनि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएका अवस्थीलाई डिलासैनी गाउँपालिकाको पनि जिम्मेवारी दिइएको छ। शुक्रबार मन्त्रालयले पठाएको पत्रमा अवस्थीलाई सुर्नया गाउँपालिकाको कामकाजमा बाधा नपर्ने गरी प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्म डिलाशैनी गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्यसहितको जिम्मेवारी दिएको उल्लेख गरिएको छ। बैतडीका गाउँपालिकाहरुमा भदौमा खटाएका नयाँ प्रमुख प्रशासकीय अधिकृतहरुको २० दिन नपुग्दै सरुवा गरेपछि अहिले पालिकाहरु प्रमुख प्रशासकीय अधिकृत विहिन भएका छन्।

Read More

काठमाडौँ । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Read More

काठमाडौं : गैरीगाउँ सामूहिक हत्या प्रकरणमा अभियुक्त सञ्जय भण्डारीलाई गोलघरमा राखिएको छ । अन्य कैदीबन्दीको सुरक्षालाई मध्यनजर गर्दै भण्डारीलाई जेलभित्रको जेल अर्थात् गोलघरमा राखिएको हो । शुक्रबार काठमाडौँ जिल्ला अदालतले भण्डारीलाई पुर्पक्षका लागि थुनामा राख्न भन्दै केन्द्रीय कारागार सुन्धारामा पठाएको थियो । केन्द्रीय कारागार सुन्धाराले भण्डारीलाई जेलभित्रको पनि जेल अर्थात् गोलघरमा राख्न पठाएको हो । गोलघरमा निकृष्ट प्रकृतिको अपराध गर्ने व्यक्ति र भाग्न सक्ने वा भाग्न खोज्ने व्यक्तिहरुलाई राखिन्छ । यसअघि गोलघरमा सिरियल किलर चाल्र्स शोभराज, गुण्डानाइके रमेश बाहुन, रिगल भन्ने योगराज ढकालहरुलाई समेत राखिएको थियो । गोलघरभित्रका कैदीबन्दीले अन्य कैदीबन्दीले जति सुविधा पनि पाउँदैनन् । उनीहरुले अन्य कैदीबन्दीले जति…

Read More

धनगढी: सद्भाव र शान्ति स्थापनाका क्षेत्रमा क्रियाशील संस्था सामाजिक परिवर्तन केन्द्र (सिएससी) ले राजनीतिक दलसहित विभिन्न संघसंस्थाका युवाहरुबीच अन्तरक्रिया गरेको छ। आज (शुक्रबार) कैलालीको धनगढीमा सो संस्थाले यहाँका युवा नेता तथा पत्रकार र युवाहरुसँग अन्तरक्रिया एवं संवाद गरेको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा द्वन्द्वको अवस्था बढिरहेको बेला सो संस्थाले युवाहरुलाई शान्ति र सद्भाव कायम गर्न र गराउनका लागि भन्दै अन्तरक्रिया गराएको हो। सो कार्यक्रममा सिएससीका कार्यकारी निर्देशक प्रकाश भट्टराईले नेपालमा द्वन्द्वको अवस्था, त्यसको कारण र व्यवस्थापनको विषयलाई उजागर गरेका थिए। हालसम्म सो संस्थाले गरेको अनुसन्धानअनुसार नेपालमा ३८ किसिमका द्धन्द हुने गरेको र त्यसको लागि युवाहरु लाग्नुपर्ने भट्टराईको जिकिर…

Read More

काठमाडौँ : सशस्त्र प्रहरीले चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना तयार पारेको छ । सशस्त्र प्रहरीका निरीक्षक दिल कुमार श्रेष्ठले जारी गरेको प्रेस नोटअनुसार चाडपर्वमा २९ हजार १ सय ५४ जना जनशक्ति सुरक्षा योजना अन्तर्गत परिचालित गर्ने गरी योजना तयार गरिएको छ । यस्तै तत्कालै खटाउन सक्ने गरी करिब २ हजार ९ सय २९ जना सशस्त्र प्रहरी कर्मचारी तयारी हालतमा पनि राखिएको छ । उनका अनुसार करिब ७५ प्रतिशत जनशक्ति फिल्डमा खटिने छन् । चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानहरूमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजना अन्तर्गत रही चाडपर्व विशेष सुरक्षा योजना तयार पारिएको सशस्त्र प्रहरीको भनाइ छ…

Read More

धनगढी: धनगढीमा राष्ट्रिय युवा संघ नेपालले सरसफाइ गरेको छ। युवा संघ नेपालको सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीका विभिन्न स्थानमा सरसफाइ गरेको हो। हिजो र आज (शुक्रबार) धनगढीमा युवा संघले सरसफाइ गरेको प्रदेश अध्यक्ष अरुण कुँवरले जानकारी दिए। उनका अनुसार धनगढीका विभिन्न स्थानमा लगाइका पर्चा, पम्पलेट, झण्डा, ब्यानरसहितका सामाग्री हटाइएको हो। यो सरसफाइ अभियान अझै जारी रहने बताइएको छ। एमालेको आज सम्पन्न प्रदेश अधिवेशनका लागि सहिदगेट लगायतका क्षेत्रमा पार्टीले प्रचार सामाग्री लगाइएको थियो।

Read More

काठमाडौँ : सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो । राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ । अदालतका अनुसार न्यायाधीश डण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको हो । राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने पाँच लाख रुपैयाँ धरौटी माग गरिएको बताइएको छ ।

Read More