Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : मङ्गोलियाको राजधानी उलान बाटोरमा बिहीबार बिहान एक भवनमा भएको आगलागीमा परी सात जनाको मृत्यु भएको आपतकालीन व्यवस्थापन एजेन्सीले बताएको छ ।  स्थानीय समयअनुसार बिहान करिब ३ः५० बजे आगलागी भएको सोङ्गिनोखैरखान जिल्लामा रहेको आपतकालीन एजेन्सीले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेका समेत एजेन्सीले उल्लेख गरेको छ । चिसो मौसम सुरु भएसँगै घरलाई न्यानो राख्न आगो बाल्ने गरिएकाले घरमा आगलागी भएको हुनसक्ने एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार राजधानीको आधाभन्दा बढी जनसङ्ख्या सहरका ग्रामीण जिल्लामा बसोबास गर्छन, जहाँ पानी तताउने तथा ढल निकासको व्यवस्था छैन ।

Read More

रुकुम : सहिद मेलालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम पश्चिममा पुगेका छन्। उनी‌ हेलिकोप्टर मार्फत उनी‌ रुकुम पश्चिम पुगेका हुन्। रुकुम पश्चिम माओवादीको आधार इलाका मानिन्छ। रुकुम पुगे लगत्तै प्रचण्ड ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान अन्तर्गत माओवादी केन्द्र रुकुम पश्चिम बाफिँकोट गाउँपालिका– ६ र ७ को विस्तारित बैठकमा सहभागी समेत भएका थिए। साथै सहिद परिवार, घाइते परिवार र अगुवा कार्यकर्ता सँग भेटघाट गर्ने कार्यतालिका रहेको र आजै काठमाडौँ फर्कने कार्यतालिका रहेको बताइएको छ।

Read More

अछाम : जिल्लाको मेल्लेख गाउँपालिकामा अवस्थित ऐतिहासिक बिमकोट दरबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। एक कार्यक्रमकाबीच तत्कालीन बिमकोटी राजा जनकबहादुर शाहले दरबारसहित दरबारको नाममा रहेको ६ दशमलव ५ रोपनी जग्गा गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदलाई हस्तान्तरण गरेका हुन्। दरबार मेल्लेख गाउँपालिका-५ बिन्धेबासीनीमा अवस्थित छ। दरबारको संरक्षण तथा प्रवद्र्धन अबदेखि गाउँपालिकाले गर्ने भएको छ। बिमकोट दरबार दुईतिरबाट बिमकोटीगाड र चोटे खोलाले घेरिएको छ। जङ्गलको बीचमा अवस्थित दरबार नजिक कुनै गाउँबस्ती छैन। दरबारको सिरानीमा षोड्षादेवीको मन्दिर रहेको छ। षोड्षादेवीलाई बिमकोटे राजा तथा उहाँका सन्तानहरूले कुलदेवीका रूपमा पूज्दै आएका छन्। किंवदन्तीअनुसार बिमा राउतको सल्लाहबमोजिम दरबार बनाएका कारण सो ठाउँको नाम बिमकोट रहन गएको हो। उक्त…

Read More

कैलाली: कैलालीमा गाडीको ठक्करबाट एक महिलाको मृत्युु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–६ को बनबेहडामा नम्बर नखुलेको गाडीले ठक्कर दिदा अन्दाजी ७० वर्षीय महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएकी महिलाको राती उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार मृतक महिलाको पहिचान खुलेको छैन भने ठक्कर दिएको आशंकामा केही सवारीसाधन नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

Read More

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्दैछन्। यो खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे बेङ्लोरमा शुरु हुनेछ। इङ्ल्यान्ड र श्रीलङ्काले यसअघिका चार खेलमा समान एकरएक खेल जितेका छन्। समान दुई अङ्ककासाथ श्रीलङ्का तालिकाको सातौँ र इङ्ल्यान्ड आठौँ स्थानमा छ। इङ्ल्यान्ड पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा बङ्लादेशलाई हराएको थियो। त्यस्तै, तेस्रो खेलमा अफगानिस्तान र चौथो खेलमा दक्षिण अफ्रिकासँग हारेको थियो। श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग, दोस्रो खेलमा पाकिस्तानसँग, तेस्रो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो भने चौथो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो

Read More

काठमाडौं : धादिङ भलिबल टिमका कप्तान मनोज श्रेष्ठ मृत भेटिएका छन्। धादिङ प्रहरीे बिहीबार मनोज रुखमा झुन्डिएको अवस्थामा फेला परेको जनाएको हो। धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप तामाङले सामाजिक सञ्जालमार्फत प्रतिभाशाली खेलाडी गुमाएको बताउँदै श्रद्धाञ्जली व्यक्त गरेका छन्। घटनाबारे प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान भइरहेको बताएको छ।

Read More

धनगढी : नेकपा (क्रान्तिकारी कम्युनिष्ट पार्टी) का प्रवक्ता धर्मेन्द्र बाँस्तोला बिगत आठ दिनदेखि प्रहरी हिरासतमा छन्। उनले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएपछि बाँस्तोला हिरासतमा रहेका हुन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत् कात्तिक २ गते राति पौने १० बजेतिर दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो। उक्त दुर्घटनाका घाइते चौधरीलाई टाउकोमा चोट लागेको अवस्थामा…

Read More

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटाकी १९ वर्षीय कलावती पन्तले तीन वर्षअघि धर्मजनता माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत हुँदादेखि नै कबड्डी खेल्न सुरु गरिन् । बाल्यकालबाटै कबड्डी खेल्ने उनको चाहना विद्यालयका खेलकुद शिक्षक गणेश धामीले खेल सुरु गरेर पूरा गरिदिनुभयो । स्कुलमा कबड्डी खेल्न थालेको तीन वर्षमै कलावतीले आफ्नो आफूलाई चर्चाको शिखरमा पुर्याइन् । शिक्षकको सहयोगको भरमा कबड्डीमा आएकी कलावती हालै चीनमा सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा महिला कबड्डी टोलीको महत्वपूर्ण खेलाडी थिइन् । उक्त प्रतियोगितामा काँस्य पदक विजेता महिला कबड्डी टोलीमा १२ महिला खेलाडीमध्ये सात सुदूरपश्चिम प्रदेशका थिए । उक्त टोलीका सबै खेलाडी विभागीय टोलीमा आबद्ध रहे पनि कलावती भने…

Read More

धनगढी : इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव नेपाल ल्याइएको छ। परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणकाअनुसार नेपालीको शव आज बिहान नेपाल ल्याइएको हो। फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उनको शव ल्याइएको उनले जानकारी दिए। इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको, बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए सङ्कलन गरी पठाइएको र अन्य शव पनि चाँडै नेपाल ल्याइने उनले बताए । हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव…

Read More

बैतडी: बैतडीमा भीरबाट लडेर एक जना पुरुष गम्भीर घाइते भएका छन्। जिल्लाको सिगास गाउँपालिका–२ कोटिलाका ५० वर्षीय हिरा धामी बुधवार साँझ भीरबाट लडेर गम्भीर घाइते भएका हुन् । परिवार स्रोतका अनुसार हिरा वडा नम्बर २ कै खोल्टेबाट घर फर्किरहेका बेला साँझ गाजरी–धौलाडी भित्री सडकबाट लडेका थिए। लडेर घाइते भएका उनको टाउको, घाँटी र घुँडामा चोट लागेको बताइएको छ। भीरबाट लडेर गम्भीर भएका उनलाई उपचारको लागि धनगढी लगिएको छ।

Read More