बेदकोट: ठूला चाडबाड सुरु भएसँगै कञ्चनपुरका गाउँबस्ती खेलमय बनेका छन् । दसैँ तथा तिहारको अवसरमा आयोजना गरिने खेलकुदका गतिविधि बाक्लिँदा गाउँबस्ती खेलमय बनेका हुन् । घरभन्दा टाढा रहेका मानिस चाडबाडको लागि घर फर्किएपछि गाउँमा चहलपहल बढेको छ । जिल्लाका विभिन्न ठाउँमा चाडबाडलाई लक्षित गरेर सानाठूला खेलकुद प्रतियोगिता आयोजना भइरहेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा क्रिकेट प्रतियोगिता चलिरहेको छ । ‘प्रत्येक वर्ष क्रिकेट प्रतियोगिता आयोजना हुने गरेको छ’, आयोजक सुदूर मिडियाका सञ्चालक सुरेश भट्टले भने, ‘चाडबाडमा खेलको निहुँमा साथीभाइसँग भेटघाट हुन्छ, साथै विभिन्न ठाउँका खेलाडी आउने हुनाले खेलाडीलाई सिक्ने मौका पनि हुन्छ।’ उनका अनुसार प्रतियोगितामा दोधारा चाँदनी नगरका प्रत्येक…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: सरकारले चिकित्सा शिक्षा सम्बन्धित विधेयक अगाडि बढाएको छ। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा चिकित्सा शिक्षासँग सम्बन्धित पहिलो विश्वविद्यालय स्थापना हुने गरी सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० दर्ता गरेको हो। गत शुक्रबार राष्ट्रिय सभामा दर्ता भएको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास भएसँगै यस विषयमा बहस सुरु भएको छ। दुवै संघीय संसदमा विधेयकमा दफाबार छलफल हुनेछ। राष्ट्रिय र प्रतिनिधि सभाबाट विधेय पारित भएपछि चिकित्सा शिक्षा मात्र पठनपाठन गराउने नेपालकै पहिलो विश्वविद्यालय सञ्चालनमा आउने छ। सरकारले हाल सुदूरपश्चिमको कैलालीस्थित गेटामा निर्माणाधिन गेटा अस्पताललाई नै सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अगाडि बढाएको हो। sahid-dasarath-chandDownload
धनगढीः कैलालीमा खैरो हेरोइनसहित कञ्चनपुरका जोगराज राना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाबाट ५० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का ३२ वर्षीय राना आइतवार दिउँसो पक्राउ परेका हुन्। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं : दसैं, तिहार र छठको लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ। काठमाडौं उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्न सकिनेछ। यस्तै, काठमाण्डौ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ। एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।
दार्चुलाः दार्चुलामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको दुहुँ गाउँपालिका–१ बाच्पालीकी ५० वर्षीया जयमती महरको आइतबार मृत्युु भएको हो। घरदेखि अन्दाजी ५०० मिटर टाढा रातापोड भन्ने स्थानमा दिउँसो घाँस काट्ने क्रममा भिर माथिबाट ढुङ्गा खसेर टाउकोमा चोट लाग्दा जयमती गम्भिर घाइते भएकी प्रहरीले बताएको छ। घाइते जयमतीको जिल्ला अस्पताल दार्चुलामा उपचारकै क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
जनकपुरधाम : धनुषा र महोत्तरी जोडने रातू पूलबाट हाम फाल्दा एक सैनिक जवानको मृत्यु भएको छ । आइतबार बिहान धनुषाको लालगढ र महोत्तरीको बर्दिवासको बीचमा रहेको रातु खोलको पुलबाट हाम फाल्दा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा बैतडी घर भइ धनुषाको धारापानीस्थित ब्यारेकमा कार्यरतसैनिक जवान विक्रम सिँह बोहरा रहेका छन्। घटना बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धनगढी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाली आउँदै छन् । समाजवादी मोर्चाको सन्देश सभा लगायतका विभिन्न कार्यक्रममा सरिक हुन प्रधानमन्त्री कैलाली आउन लागेका हुन् । बिहान सवा नौ बजे श्री एयरको नियमित उडानबाट प्रधानमन्त्री दाहाल धनगढी आउने छन् । त्यहाँबाट उनी लम्की प्रस्थान गर्ने जनाइएको छ । लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री सरिक हुनेछन् । घोडाघोडी बहुमुखी क्याम्पस भवनको शिलान्यास गर्ने र गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गर्ने समेत कार्य सूची रहेको छ । प्रधानमन्त्री दाहाल करिब २ बजे धनगढीमा समाजवादी मोर्चाको सभामा सहभागी हुने र बेलुकी साढे पाँच बजे काठमाडौँ फिर्ता हुने जनाइएको…
बैतडी: बैतडीमा एक किशोरी हराएकी छिन्। जिल्लाको सुर्नया गाउँपालिका–८ दोराकी २० वर्षीया कल्पना महरा गएको बिहीबारदेखि बेपत्ता रहेको पारिवारिक श्रोतले जनाएको छ। गोठालो गएकी कल्पना अहिलेसम्म सम्पर्कमा नआएको उनकी आमाले जानकारी दिइन्। उनी कहिँकतै फेला नपरेपछि हिजो आइतबार प्रहरीचौकी ढोल्यमोडमा निवेदन दिएको पारिवारले जनाएको छ। बेपत्ता भएकी कल्पनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। कल्पनामा कहिलेकाँही मुर्छा पर्ने र बेहोस हुने लक्षण समेत देखिने गरेको बताइको छ।
काठमाडौं: हवाई भाडामा एयरलाइन्स कम्पनीहरुको मनपरी बढेको छ। आन्तरिक उडानमध्ये सबैभन्दा लामो दूरीमा रहेको काठमाडौं–धनगढीको हवाइ भाडा दर दसैं नजिकिएसँगै बढेर दोब्बर पुगेको हो। काठमाडौंबाट धनगढी आइपूग्ने यात्रुबाट १७ हजारका दरले निजी कम्पनीका एयरलाइन्सहरुले रकम असुल्न थालेका हुन्। सामान्यतया काठमाडौं–धनगढीको हवाइ यात्रा गर्न १ घण्टा १५ मिनेट लाग्छ। तर १ घण्टा ४५ मिनेटको दूरीमा रहेको भारतको नयाँ दिल्लीसम्मको टिकट भने बढीमा १४ हजारमै उपलब्ध हुन्छ। काठमाडौं–धनगढी भन्दा काठमाडौंबाट भारतको राजधानीको टिकट सस्तो भएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ। पछिल्लो समय इवाई इन्धनको मुल्य समेत बढेको छैन। तर, हवाई सेवाको भाडादर यसरी किन बढ्यो भन्ने प्रश्न सबैको मनमा आइरहन्छ।…
काठमाडौं : आइतबार साँझ सुदूरपश्चिमका पहाडी जिल्लामा परेको असिना पानीले बालीनाली सखाप पारेको छ । डडेल्धुरा, डोटी तथा बैतडीका विभिन्न स्थानमा परेको असिनाले बालीनाली सखाप पारेको किसानहरुले बताएका छन् । खेतमा पाकेको धान, भटमास लगायतका बालीहरु असिनाले नष्ट गरेको छ । पाकेको बाली असिनाले सखाप पारेपछि किसानहरु चिन्तित बनेका छन् ।