Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीको तल्लोस्वराड क्षेत्रको ‘रेफरल सेन्टर’को रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स-रे सेवा बन्द गरिएको छ। जनशक्ति अभाव रहेकोले एक्स-रे सेवा बन्द गर्नुपरेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका   मेडिकल अधिकृत सञ्जीन केसीले जानकारी दिए। एक्स-रे सेवा बन्द गरिएकोबारे मेलौली नगरपालिकालाई जानकारी गराइसकिएको उनले बताए। यसअघि एक्स-रे मेसिन पारामेडिक्सले सञ्चालन गरेको भए पनि पारामेडिक्सलाई यो सम्बन्धी पूर्ण ज्ञान नहुँदा एक्स-रे सेवा बन्द गर्नुपरेको हो। उनले भने, “पहिले प्यारामेडिक्सले जसोतसो एक्स-रे सेवा दिइरहेका थियौँ। तर एक्स-रे मेसिनसम्बन्धी उहाँहरुलाई पूर्ण ज्ञान छैन। यो सम्बन्धी ज्ञान नहुँदा यसले झन् स्वास्थ्यलाई हानी पुर्‍याउँछ। यसैले दक्ष जनशक्ति पदपूर्ति नहुँदासम्म सोमबारदेखि सेवा बन्द गर्न बाध्य भएका हौँ…

Read More

डडेल्धुरा: सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले पश्चिम पहाडका विभिन्न क्षेत्रमा भारी वर्षा मापन गरिएको जनाएको छ। बाढी पूर्वानुमान महाशाखाले आइतवार बिहान सूचना जारी गर्दै दैलेख, सुर्खेत, कालिकोट, अछाम, डोटी, बझाङ, बाजुरा, डडेलधुरा र आसपास केही स्थानमा भारी वर्षा मापन भएको जनाएको छ। यी क्षेत्रमा थप वर्षा भई आसपासका ससाना खोलामा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अछामको असराघाट र मान्म कालिकोट क्षेत्रमा समेत भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ।

Read More

काठमाडौँ : आगामी आर्थिक वर्ष २०८०-८१ का लागि सात सय ५३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदै छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ । स्थानीय तहको आगामी आव २०८०-८१ का लागि शनिवारसम्म १० स्थानीय तहले बजेट पेस गरिसकेका छन् । अब सात सय ५३ स्थानीय तहले बजेट पेस गर्न बाँकी छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहको बजेटको अद्यावधिकअनुसार…

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका–१० का १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।

Read More

काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । मङ्गलवार साँझ ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जाने उनको सचिवालयमा जानेछन् । चीनको छेन्दुमा हुने एक व्यापार मेलामा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् । उनको टोलीमा गृह मन्त्रालयका केही सहसचिवहरू पनि रहनेछन् । भ्रमणका क्रममा केही भेटघाट र विश्वविद्यालय भ्रमण लगायतको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । श्रेष्ठ ४ दिन छेन्दुमै रहने र त्यसपछि नेपाल फर्किनेछन् ।

Read More

धनगढी: आज एक स्टाटस सामाजिक संजाल फेसबुकमा निकै भाइरल भैरहेको छ। त्यो स्टाटस हो, ‘बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको प्रकरणमा संदिग्ध तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।’ विशेषगरी नेकपा माओवादी केन्द्र, काँग्रेस सहित अन्य विभिन्न दलका नेता तथा कार्यकर्ताले यो स्टाटस हालेर भ्रम फैलाइरहेका छन्। यतिमात्र होइन, उनीहरुले प्रचण्ड सरकारले ठूलै आट गरेर पक्राउ पुर्जी जारी भएको र गृहमन्त्रीले स्याबासी पाउनुपर्ने भन्दै बढाइचढाइ गरिरहेका छन्। तर वास्तविकतामा भने बादलका छोराविरुद्ध निर्मला प्रकरणलाई लिएर कुनै पक्राउ पुर्जी जारी भएको छैन। प्रहरी प्रधान कार्यालयले पक्राउ पुर्जीबारे कुनै जानकारी…

Read More

धनगढी : कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका– २ मिलन चोक बाट सोहि नगरपालिका–१२ का २७ वर्षीय बिष्णु विष्ट र धनगढी उपमहानगरपालिका–३ कि १९ वर्षीया आष्मा श्रेष्ठ पक्राउ परेकी हुन्। आष्माको कोठामा चेकजाँच गर्दा उनीहरुको साथबाट १०० मिलि ग्राम लागूऔषध खैरोहिरोईन फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

Read More

काठमाडौँ : दाङमा चट्याङ लागेर दुई जना मृत्यु भएको छ । शनिबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर दंगीशरण गाउँपालिका-६ बागरका ३२ वर्षीय समीर केसी र वडा नं. ३ चखौराका ३७ वर्षीय रामनारायण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक वीर बहादुर वलीले जानकारी दिए। वलीका अनुसार केसी घाँस काट्न गएको बेला र चौधरी बारीमा तरकारी टिप्न गएको बेला चट्याङ लागेको थियो । दुवैको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

Read More

बैतडी : बैतडीको सिगास गाउँपालिका – ८ स्थित लेक लुपुड माविको भवन जोखिममा परेको छ । शनिबार बिहान विद्यालय भवनको तल र माथि दुवैतिरबाट पहिरो खसेपछि विद्यालय भवन जोखिममा परेको हो । विद्यालयका दुई ओटा भवन पहिरोले भत्किने सम्भावना रहेको विद्यालयका प्रधानाध्यापक हर्कबहादुर धामीले बताए । ७२ /७२ लाखको लागतमा निर्माण भएका विद्यालयका दुईओटा भवन पहिरोको जोखिममा परेका विद्यालयका प्रधानाध्यापक धामीले बताए । पहिरोका कारण कक्षा सञ्चालनमै समस्या आउने उनले बताए । उनले भने ‘विद्यालयका दुईओटा भवन मध्ये दुवै पहिरोको जोखिममा परेका छन् । भोलिदेखि नै बालबालिकाहरुलाई कहाँ राखेर पढाउने भन्ने चिन्ता थपिएको छ ।’ कक्षा १२ सम्मको पढाई हुने…

Read More

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) का पाँच केन्द्रीय सदस्यलाई पार्टीले निष्कासन गरेको छ। शनिबार बसेको केन्द्रीय समितिको बैठकबाट पाँच सदस्यलाई निष्कासन गर्ने निर्णय गरिएको जसपाका एक नेताले बताएका छन् । ती नेताका अनुसार निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्यहरू दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको हो। छानबिन समितिको प्रतिवेदनको सिफारिस अनुसार पार्टीका केही केन्द्रीय नेताहरूलाई नसिहत दिने निर्णय भएको छ। कारबाहीको निर्णय उपर चित्त नुझेमा सम्बन्धित व्यक्तिले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिन सक्ने छन्। जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको आजको बैठकले विधानको मस्यौदालाई अनुमोदन गरेको…

Read More