धनगढीः कञ्चनपुरमा ६ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको दोधरा चाँदनी नगरपालिका वडा नम्बर ६ स्थित धने गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको हो। कञ्चनपुर प्रहरीका अनुसार सोही नगरपालिका वडा नम्बर ४ बस्ने ४९ वर्षीय मोहनबहादुर सिंहसहित ६ जनालाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट २२ हजार एक सय ३० रुपैयाँ नगदसहित दुई थान मोबाइल र एक गड्डी तास पनि बरामद गरिएको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ। अहिले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। आज दिउँसो देशभर बदली रही पहाडी भू-भागका केही तथा बाँकी भू-भागका एक-दुई स्थानमा वर्षा हुन सक्नेछ । त्यस्तै राति कोशी र गण्डकी प्रदेशका केही र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। आगामी २४ घण्टामा पहाडी भू-भागका केही तथा बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। त्यस्तै मंगलबार बिहान…
धनगढी: सुदूरपश्चिम प्रदेशमा दसैं, तिहार र छठ पर्वका लागि सुरक्षा योजना बनाइएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका नौं वटै जिल्लामा लागु गर्नका लागि सुरक्षा योजना बनाइएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी रविन्द्र केसीका अनुसार सुरक्षा योजनाअन्तर्गत प्रदेशभर थप चार हजार प्रहरी परिचालन गरिने भएको छ। `चार्ड पर्वमा हुनसक्ने सम्भाबित घटना र अपराधीक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा रणनीति तयार गरेका छौं,´ उनले भने, `चाडपर्वको समय बढी घटना तथा दुर्घटना हुने गरेका छन्। हामीले त्यो नियन्त्रण गर्ने रणनीति तयार गरेका छौं । त्यसका लागि सामान्य समयकोभन्दा थप चार हजार प्रहरी परिचालन गरेका छौं।´ उनका अनुसार दसैं–तिहारमा हुने जुवा, तास…
धनगढी: नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको कैलाली अध्यक्षका लागि डेबिड खड्का (दिपेश) ले पनि उम्मेदवारी रहेको जनाएका छन्। यस अगाडि जिल्ला कमिटीको उपाध्यक्ष रहेका खड्काले जिल्ला अध्यक्षमा इच्छा देखाएका हुन्। हिजो (आइतबार) बाट कैलालीको टीकापुरमा युवा संघको १० औं अधिवेशन जारी छ। अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्व चयन गरिने छ। अध्यक्षका लागि खड्काबाहेक अन्यले पनि इच्छा जाहेर गरेका छन्। तर फुटबलका प्रसिद्ध खेलाडी, प्रशिक्षक तथा एमालेका पुराना युवा नेतासमेत रहेका खड्काको दाबेदारीलाई भने चासोका साथ लिइएको छ। युवामाझ लोकप्रिय खड्का खेल तथा एमालेको राजनीतिमा सक्रिय छन्। उनी धनगढीका व्यवसायीसमेत हुन्।
काठमाडौं: विमान कम्पनीहरूले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने घोषणा गरेका छन्। विपत्को समयमा विमान कम्पनीहरूले अधिकतम मूल्य लिएको भन्दै आलोचना भएपछि उनीहरूको यो घोषणा आएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत महँगो मूल्य नलिन अमेरिकाबाटै आग्रह गरेका थिए। वायुसेवा सञ्चालक सङ्घको आइतबारको बैठकले तीन दिनसम्म अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने निर्णय गरेको हो। सङ्घले सोमबार, मंगलबार र बुधबारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय गरेको जनाएको छ। संघले सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङलगायतको शुल्कमा छुट गर्न आग्रह गरेको छ।
काठमाडौं:सर्वोच्च अदालतले सीधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैदको सजाय सुनाएको छ। अदालतको अवहेलना गरेको अभियोगमा उनीहरूलाई सजाय सुनाइएको हो। आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत पूर्ण इजलासले उनीहरूलाई ३/३ महिनाको कैद सजाय सुनाएको हो। उनीहरूले लिखित रूपमा अदालतसमक्ष माफी मागेमा सात दिन कैद बसी अरु कैद निलम्बन हुने विकल्प छ। त्यस्तै सीधा कुरा डटकमलाई पनि ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ। अनलाइनले क्षमायाचनासहित भूलसुधार गरेमा उसलाई तोकिएको ५ हजार रुपैयाँ जरिवाना…
काठमाडौँ: काठमाडौँ जिल्ला अदालतका मिसिल भिजेपछि सेवा प्रवाह स्थगित गरिएको छ। आइतबार एक सूचना जारी गर्दै अदालतले वर्षाका कारण अदालतको दोस्रो भवनमा रहेको इजलास तथा मुद्दा फाँटका मिसिल भिजेपछि सेवा प्रवाह स्थगित गरिएको जनाएको हो। अदालतले आइतबार सजाय निर्धारण पेशी तथा हेर्दा हेर्दैमा रहेका थुनछेकहरूको मात्र सुनुवाइ हुने जनाएको छ।
धनगढी: नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिव विनय शाहले पार्टी तथा पार्टीका जनसंठनमा गुटबन्दी निर्मुल पार्नुपर्ने बताएका छन्। कैलालीको टीकापुरस्थित सिटी हलमा जारी राष्ट्रिय युवा संघ नेपालको १० औं जिल्ला अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्। कालो टोपीमा सचिव विनय शाह, साथमा अन्य सहभागी नेताहरु उनले पार्टी निर्माणका लागि पार्टी र पार्टीका संगठनमा हुने गुटबन्दीलाई निस्तेज गर्नुपर्ने बताउँदै त्यसको अगुवाइ पार्टीकै मूल नेतृत्वले गर्नुपर्ने जनाए। पछिल्लोसमय पार्टीका विभिन्न तहमा र संगठनहरुमा गुटबन्दीको विकास गर्ने प्रयत्न भैरहेको उनको दाबी छ। यहीँ विषयलाई लिएर एमालेका युवा नेतासमेत रहेका शाहले पार्टीका कुनै पनि नेताले गुटबन्दी गर्ने कार्य गरेमा आफूहरु प्रतिकारमा…
धनगढी: कैलालीमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अधिवेशन सुरु भएको छ। जिल्लाको टीकापुरस्थित सिटी हलमा १० औं जिल्ला अधिवेशनको खुलासत्र सुरु भएको हो। नेकपा एमाले नेता, पोलिटव्युरो सदस्य महेश बस्नेतको प्रमुख आथित्यतामा अधिवेशन सुरु भएको हो। नयाँ नेतृत्व चयन गर्नका लागि गरिएको अधिवेशनमा अध्यक्षका लागि मात्रै ५ जना भन्दा बढीले इच्छा व्यक्त गरेको बताइएको छ। स्रोतका अनुसार अध्यक्षका लागि हेमन्त साउदछत्र बुढा, अनन्त बोहरा, बिरेन्द्र बिष्ट र दिनेश कुमाल लगायतले इच्छा व्यक्त गरेका छन्।
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारकी राज्यमन्त्रीलाई शोक परेको छ। भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई शोक परेको हो। हिजो शनिबार राति उनका ससुराको निधन भएको हो। कैलालीस्थित गेटा बस्दै आएका ८७ वर्षीया गोरे साउदको हिजो निधन भएको बताइएको छ। मृतक साउदको आज गोदावरी आर्यघाटमा अन्त्येष्टि गरिएको हो।