धनगढी : सर्पले डसेर कैलाली र दार्चुलामा गरि दुई जनाको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका–१ बेलारकी ८ वर्षीय भूमिका बोहराको सर्पले टोक्दा मृत्यु भएको हो। घर नजिकै खेल्ने क्रममा शुक्रवार सर्पले डसेपछि बालिकालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो। बालिकाको उपचारकै क्रममा आज (शनिवार) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस्तै दार्चुलाको लेकम गाउँपालिका–४ ओडी गाउँकी १६ बर्षीया सुनिता गिरीको सर्पले डसेर मृत्यु भएको हो। उनको हिजो राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: सुदूरपश्चिममा मुख्यमन्त्रीले सरकार विस्तार गर्ने तयारी थालेका छन्। सत्ता गठबन्धनको सहमतिअनुरुप मुख्यमन्त्रीले सरकार विस्तारको तयारी थालेको बताइएको छ। गठबन्धन दलका एक नेताका अनुसार सम्भवतः भोलि पर्सीभित्रै सरकार विस्तार हुने छ। यस अगाडि गठबन्धनमा सहभागी दलहरुले सरकारबारे निर्णय नगर्दा सरकार विस्तार हुन सकेको थिएन। अहिले भने मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकार विस्तार गर्न तयारी थालेको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रदेश सरकारले ल्याउने बजेट अगाडि नै सरकार विस्तार हुने छ। सुदूरपश्चिमको सत्ता गठबन्धनका दुई ठूला दल नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागि भएका छैनन्। सरकार विस्तार हुन नसक्दा बजेट निर्माणको समयमा अर्थसहित चारवटा मन्त्रालय मन्त्रीविहीन बनेका छन्। गत ६…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको बजेट अर्थमन्त्रीको भन्दा पनि पार्टीको बजेट जस्तो देखिन गएको टिप्पणी गरेका छन । शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर आएको भए धेरै राम्रो हुनसक्ने भन्दै छलफल नहुँदा अर्थमन्त्रीको भन्दा पनि पार्टीको बजेट जस्तो देखिन गएको टिप्पणी गरे । उनले बजेटमा रकमको बाँडफाँट पनि एकतिरमात्रै ढल्किएजस्तो देखिएको र बजेटको समग्र निर्माण प्रक्रियामा कमि देखिएको धारणा राखे । मुलुकले समाजवाद निर्माणको बाटो लिएको अवस्थामा त्यसका आधारहरु तयार गरि समाजवाद उन्मुख बजेट, नीति तथा कार्यक्रम र योजनाहरु समाउन नसिकएकाले…
धनगढी: कञ्चनपुरका एक युवकको धनगढीमा मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका ४ का ३२ वर्षीय निमेष लम्सालको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उपचारका क्रममा उनको आज (शनिबार) मृत्यु भएको हो। उनी हिजो बेलौरी बजारमा बेहोस अवस्थामा फेला परेका थिए। बिहानै घरबाट साइकल लिएर निस्केका उनी ढलेको अवस्थामा देखेपछि स्थानीयले नजिकैको अस्पतालमा लगेका थिए। तर त्यहाँको अस्पतालले उनलाई रेफर गरेको थियो। त्यसपछि आज उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। मृतक स्वास्थ्यकर्मीसमेत थिए।
काठमाडौं : सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न गठित संसदीय संसदीय छानबिन विशेष समितिले काम थाल्ने तयारी गरेको छ। कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको दाबी गरेपछि अनुसन्धान गर्नको लागि गठित समितिले काम थाल्न आवश्यक व्यवस्थापनमा जुटेको हो। कार्यदलका सदस्य तथा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई प्रतिनिधिसभाले दिएको समयसीमाभित्रै समितिले काम थाल्ने बताए।प्रतिनिधि सभाले समिति गठन भएको ७ दिनभित्र काम गर्न समय दिएको छ। प्रक्रिया अघि बढाउनको लागि आवश्यक पर्ने विषय विज्ञ र अन्य आवश्यक सामाग्रीहरुको जुटाउनतिर लागेको बताए। उनले अब एकदुई दिनभित्रमा समितिले औपचारिक रुपमा काम थाल्ने बताए। समितिले सहकारीमा देखिएको समस्या समाधान, बचतकर्ताको…
धनगढीः दार्चुलाको अपिहिमाल गाउँपालिका ३ स्थित काँटै दोनथे पाटनमा यार्चागुम्बा संकलन गर्न गएका एक युवकको मृत्यु भएको छ। अपिहिमाल गाउँपालिका ३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको लडेर मृत्यु भएको हो। शुक्रबार कार्कीको काँटैस्थित दोनथे भन्ने वनमा यार्चागुम्बा खोज्ने क्रममा भीरबाट लडेर मृत्यु भएको स्थानीयले बताएका छन्। यार्चा खोजेर बाँस बस्ने ठाउँमा फर्कने क्रममा उनको लडेर मृत्यु भएको बताइएको छ । मृतकको शव आफन्तहरू लेकबाट गाउँतिर ल्याइरहेको बताएको छ।
काठमाडौंः भारतीय वातावरण, वन तथा जलवायु परिवर्तन, उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण राज्यमन्त्री अश्विनी कुमार चोर्बे काठमाडौं आएका छन्। उनी हिजो राति पौने ११ बजे नेपाल आइपुगेका हुन्। चार जनाको टोलीसहित राज्यमन्त्री चोर्बे एअर इण्डियाको उडान नम्बर एआई २११ मा नयाँ दिल्लीबाट आएको बताइएको छ। यस्तै अस्ती भारतबाट दुई जना धार्मिक तथा आध्यात्मिक नेता तथा प्रचारकहरु काठमाडौं आएका थिए। उनीहरु नयाँ दिल्लीबाट विशेष विमानमा प्रचारक मोरारी बापुको नेतृत्वमा पाँच सदस्यीय टोली यहाँ आएको बताइएको छ। बापुको टोली बालाजु रानीवन छेउ ओशो तपोवनमा बसेको बुझिएको छ। यस्तै ब्रम्हऋषि कुमार स्वामी जी महाराज पनि तपोवनमा बसेका छन्। भिस्तारा एअरको उडान नम्बर…
धनगढीः धनगढीको नापी कार्यालयमा सेवाग्राहीबाट घुस माग्ने २ कर्मचारी निलम्बित भएका छन्। उनीहरुको विषयमा छानबिन गर्न समिति गठन गरिएपछि निलम्बित भएका हुन्। गत जेठ ४ गते एक जना अमिन र ६ गते सर्वेक्षकले सेवाग्राहीसँग घुस मागेको विषय बाहिरिएको थियो। त्यसमा छानबिन गर्न समिति गठन गरिएको थियो। जेठ ४ मा साबिकको दरख गाविस हेर्ने जिम्मेवारी पाएका अमिन र ६ गते चौमाला हेर्ने सर्वेक्षले घुस मागेको सेवाग्राहीले गुनासो गरेका थिए। जेठ ४ गते लेखापढी व्यवसायीमार्फत सेवाग्राहीबाट रकम असुल गरिएको थियो भने ६ गते सेवाग्राहीसँग २ लाख घुस माग्न कर्मचारीले बार्गेनिङ गरेको विषय बाहिर आएको थियो। कर्मचारीले सेवाग्राहीबाट रकम असुल गरेको र गर्न…
काठमाडौँ : आइसीसी टी-२० विश्वकप आइतबारदेखि शुरु हुदै छ । जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिदै छन् । यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इण्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, अफगानिस्तान, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी हुदै छन् । इङल्याण्ड टी-२० विश्वकपको डिफेन्डिङ च्याम्पियन हो । २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा इङल्याण्डले फाइनलमा पाकिस्तानलाई पराजित गरेर दोस्रो पटक उपाधि जितेको थियो । टी-२० विश्वकप्को यो नवौं सिजन हो । यस अघि सम्पन्न आठ विश्वकपमा सबैभन्दा बढी इङल्याण्ड र वेस्ट इन्डिजले २-२ पटक जितेका छन् । इङल्याण्डले…
काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेट आज शनिबार शुरु हुँदैछ। अंग्रेजी पात्रोअनुसार जुन १ मा हुने उद्घाटन खेल शुरु हुँदा नेपालमा भने आइतबार बिहानको सवा ६ बजेको हुनेछ। अमेरिका र वेष्ट इण्डिजको संयुक्त आयोजनामा हुने विश्वकप क्रिकेटको पहिलो खेलमा समूह एमा रहेको घरेलु टोली अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेल डल्लासको ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुनेछ। जुन १ देखि जुलाई १ सम्म एक महिना चल्ने प्रयोगितामा २० टोली सहभागी हुँदैछन्। आइतबार साँझ नै सवा ८ बजे वेस्ट इण्डिज र पपुवा न्यूगिनीबीच प्रतिस्पर्धा हुनेछ । समूह डीमा रहेको नेपालले भने पहिलो खेलमा जुन ४ मा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेलमा…