Author: महेन्द्रनगर पोष्ट

धनगढीः ‘धर्तीको स्वर्ग’ उपमाले चिनिएको सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको छ । खप्तडलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएर पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आध्यात्मिक सम्मेलन हुन लागेको हो । सम्मेलन खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा यही जेठ २३ गतेदेखि तीन दिनसम्म हुनेछ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको बताइएको छ । सम्मेलनमा स्वामी रामदेवले योगाभ्यास र ध्यान गराउने तथा प्रवचन दिने तय भएको छ । आध्यात्मिक सम्मेलनमा पूर्वप्रधानमन्त्री, सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेता, जगतगुरु कृपाचार्य, आचार्य बालकृष्णलगायत विशिष्ट व्यक्तित्वसहित करिब पाँच सय जनालाई सहभागी गराउने आयोजक…

Read More

बैतडी: बैतडीमा टिप्पर दुर्घटना भएको छ । जिल्लाको सुर्नया गाउँपालिका-६ खरकारधारमा से १ ख १६५८ नम्बरको टिप्पर दुर्घटना भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा सहचालक २४ वर्षीय अशोक बोहरा घाइते भएका छन् । उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको कार्यालका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । सुर्नया गाउँपालिका अन्तर्गतको मोतीनगर–हेपो सडकखण्डमा माटो अनलोड गर्ने बेला टिप्पर दुर्घटनामा परेको र टिप्परका चालक सकुशल रहेका बताइएको छ ।

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी एक हजार आठ सय ३९ जनाको नमुना परीक्षण गर्दा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा १५ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ८८ जनामा झरेको छ ।

Read More

काठमाडौँ: भुटानी नेता टेकनाथ रिजाललाई आज र भोलि हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा रिजालको समेत संलग्नता खुलेपछि उनलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेका अनुसार उनलाई बिहीबारदेखि लागू हुने गरी दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । रिजालसहित यो प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् ।

Read More

डडेल्धुराः सनराइज बैंक डडेल्धुरा शाखाले अमरगढी नगरपालिका–५ बागबजारमा प्रहरी बिट निर्माण गरेको गरेको छ । बैंकका शाखा प्रबन्धक गणेशसिंह साउदका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बजार अर्थात् बसपार्क क्षेत्रमा सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाका लागि एक थान बिट निर्माण गरिएको हो । अमरगढी नगरपालिका, वडा कार्यालय र प्रहरीसँग समन्वय गरी प्रहरी बिट निर्माण गरिएको उनले बताए । बैंकलेको यो सहयोगले प्रहरी जाँच र राजमार्गमा यात्रा गर्ने यात्रुलाई सुरक्षा र सहजता हुने विश्वास लिएको डीएसपी मनोहरप्रसाद भट्टले बताए ।

Read More

दार्चुलाः दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक जनाको मृत्यु भएको छ । जिल्लाको व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिँह ऐतवालको व्यास–१ को कुन्ति भन्ने ठाउँमा मृत्यु भएको प्रहरीले बताएको हो । यार्सागुम्बा टिप्न गएका ऐतवालको माथिबाट आएको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ । त्यस्तै, ऐतवालसँगै गएका पुष्कर ऐतवाल घाइते भएको प्रहरीले बताएको छ।

Read More

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले इन्गेजमेन्ट गरेका छन् । कभर सिंगर शिवाना श्रेष्ठ र जयवीरसिंहले औंठी साटेको तस्वीर शिवानीकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत सार्वजनिक गरेकी छन् । पारिवारिक स्रोतका अनुसार काठमाडौंमा गत जेठ १ गते दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवानासँग इन्गेजमेन्ट गरेका हुन् । पूर्वप्रधानमन्त्री देउवा तथा उनकी पत्नी समेत रहेकी कांग्रेस सांसद आरजु राणाले भने यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । देउवाको पारिवारिक स्रोतका अनुसार जयवीर र शिवानाबीच माघमा बिहे गर्ने तयारी छ।

Read More

कञ्चनपुर: कञ्चनपुरका तीन पालिकामा आधुनिक साइरन जडान गरिएका छन् । जिल्लाको पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकामा आधुनिक साइरन जडान गरिएका हुन् । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहजीकरण,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा बहुप्रकोपीय पूर्वसूचना प्रणालीका लागि पहिलो पटक आधुनिक (साइरन प्रणाली) जडान गरिएको नेपाल रेडक्रस सोसाइटी स्ट्रोङ परियोजना शुक्लाफाँटा नगरपालिकाका पालिका सहायक देवबहादुर महराले बताए । यो प्रणालीले सम्भावित विपद्बारे सर्वसाधारणलाई सूचित गर्नेछ । साइरन प्रणालीमा सिमकार्ड र इन्टरनेटको सुविधा हुने भएकाले स्थानीय पालिका, जिल्ला, प्रदेश र केन्द्रबाट सूचना प्रवाह गर्न सकिने बताइएको छ । प्रणालीले ध्वनी मात्र निकाल्ने नभएर स्थानीय भाषामा समेत सूचना वा जानकारी…

Read More

डडेल्धुराः दाई बसेको कोठाको भाडा नतिरेको भन्दै चर्को आलोचना भएपछि सागर ढकालका भाइले डडेल्धुरामा रहेकी घरबेटीलाई रकम भुक्तान गरेका छन्। भाडा नतिरेको भन्ने समाचार सम्प्रेषण भएपछि उनका भाईले बाँकी रहेको १५ हजार खातामा पठाएको घरबेटी सीतादेवी भाटले बताइन्। प्रतिनिधि सभा निर्वाचनका बेला डडेल्धुरामा कोठाभाडा लिएरका स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरेको पाइएको थियो। डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले बताएकी थिइन्। कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ थियो। त्यसपछि विभिन्न सञ्चार माध्यममा समाचार आएपछि सागर ढकालले केही महिनाअघि मात्रै डडेल्धुरा आएको र आफू बस्ने घर चुहिने भएको भन्दै…

Read More

काठमाडौँँ: हुम्लाको अदानचुली गाउँपालिकाको गल्फागाडमा कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार माछा मार्न नदीमा गएका अदानचुली–२ का ३७ वर्षीय छक्क बुढा बेपत्ता भएका हुन् । माछा मार्न जाल बोकेर पौडी खेल्दै कर्णाली पार गर्न खोजेका बुढा दिउँसो डुबेका गल्फागाड प्रहरी चौकी श्रीनगरले जनाएको छ ।

Read More