धनगढी: कंचनपुरमा पूर्व प्रहरी समेत रहेका समाजसेवी रामबहादुर खड्काकी पत्नीको निधन भएको छ। आज (बुधवार) जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ५ का नेपाल पूर्व प्रहरी संगठन कृष्णपुर नगर अध्यक्ष तथा सेवा निवृत्त प्रहरी नायव निरीक्षक (सई) खड्काकी धर्मपत्नी इश्वरी खड्काको निधन भएको हो। जिल्ला प्रहरी कार्यालय कंचनपुरले वनदेवी सामुदायिक वनमा घर पोत्ने माटो खन्दै गर्दा माटोको ढिस्कोमा च्यापिएर उनको निधन भएको जनाएको छ।
Author: महेन्द्रनगर पोष्ट
डडेल्धुरा: पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा रवि लामिछानेले जितेको खुसीयाली मनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा परिवर्तनका पक्षधरहरुले चितवनमा भएको उपनिर्वाचनमा विजयी बनेका रवि लामिछानेको पक्षमा नाराबाजी गर्दै मोटरसाइकल र्याली निकालेका हुन्। उनीहरुले जिल्ला सदरमुकामको बसपार्कदेखि तुफानडाँडासम्म र्याली निकालेका थिए। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ४२ हजार ९६२ मतान्तरले विजयी भइसकेका छन्। लामिछाने ५४ हजार १७६ मत ल्याएर विजयी भएका थिए।दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत पाए। नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपाने १० हजार ९३६ मतसहित तेस्रो स्थानमा रहेका…
कैलाली: कैलालीको कैलारी गाउँपालिकामा वंशाणुगत रोग सिकलसेल एनिमियाका १२१ जना बिरामी थपिएका छन्। वैशाख पहिलो साता शिविर आयोजना गरेर निःशुल्क परीक्षण गर्दा उक्त सङ्ख्यामा वङ्शाणुगत रोग सिकलसेल एनिमियाका बिरामी थपिएका हुन्। यसअघिसम्म सो गाउँपालिकाबाट निःशुल्क उपचार सेवा लिने सिकलसेल एनिमियाको बिरामीका सङ्ख्या ८८ रहेको थियो। समुदायमा रहेका सिकलसेल एनिमियाको बिरामी पहिचानका लागि नौ वटा वडाको प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्दा १२१ जना नयाँ बिरामी थप भएको कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले जानकारी दिए।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाराको उपनिर्वाचनमा उम्मेदवारी दिएका रमेश खरेलको जमानत जफत भएको छ। निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ। अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८ सय २९ मत पाएका छन्। खरेलले पाएको मत ४.१४ प्रतिशत मात्रै हो। बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र दस प्रतिशत मत कटाएका छन्।
दार्चुला: दार्चुलामा एक सुत्केरीको हेलिकप्टरबाट उद्दार गरिएको छ। ब्यास गाउँपालिका-६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो। गर्भमा जुम्ल्याहा बच्चा रहेको र एक बच्चालाई मङ्गलबार जन्म दिएपनि एउटा बच्चा जन्माउन नसक्दा थप उपचारका लागि बुधबार बिहान हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए।
धनुषा: साढे ७ लाख बढी नक्कली नेपाली नोटसहित एक महिला प्रक्राउ परेकी छिन्। नक्कली नोट राखेको भन्ने शंकाका आधारमा खोजतलास गर्दा धनुषाको विदेह नगरपालिका–६ बस्ने २५ वर्षीया अनुकुमारी साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीका अनुसार साहलाई ७ लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित नियन्त्रणमा लिइएको हो। उनको साथबाट एक हजार दरको नक्कली नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको छ। जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनको झोलाबाट नक्कली नोट बरामद गरिएको हो।
न्युयोर्क: अमेरिकी राष्ट्रपति जो वाइडेनले राष्ट्रपति पदमा पुनः प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। यसअघि डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाका राष्ट्रपति भएका वाइडेन पुनः दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रने तयारीमा छन्। आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्। गत राष्ट्रपति निर्वाचनमा उनी वाइडेनसँग पराजित भएका थिए।
कञ्चनपुरः कञ्चनपुरको वेदकोटमा म्याद नाघेका औषधि बरामद गरिएका छन्। जिल्लाको वेदकोट नगरपालिका बजार अनुगमन समितिले नगरभित्र रहेका औषाधि पसलहरुको मंगलबार अनुगमन गरी म्याद नाघेका औषधि बरामद गरि नष्ट गरेको हो। बेदकोट बजार अनुगमन समितिका संयोजक पदम वहादुर ठकुराठीको नेतृत्वमा गएको अनुगमन टोलीले बजार अनुगमनको क्रममा मेडिकलमा भेटिएका म्याद नाघेका औषधु नष्ट गरेको बेदकोट बजार अनुगमन समितिका सदस्य सुनिल चन्दले जानकारी दिए। अनुगमन समितिले दैजीबजार र सामादैजी बजारका मेडिकलको अनुगमन गरेको थियो। अनुगमनका क्रममा दर्ता नविकरण नगरिएको समेत पाइएको छ।
धनगढीः कैलालीस्थित धनगढीको एसपीए कलेजका शिक्षक चेतराज भट्टविरुद्ध बाल यौन दुर्व्यवहार अन्तर्गत मुद्दा दर्ता गरिएको छ। प्रहरीले म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए। सोमबार एसपीमा प्ल्सटु अन्तरगत कार्यविधि कानुन पढाउने शिक्षक भट्टको अनलाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको घटना सार्वजनिक भएपछि जागिर खोसिएको थियो। आरोपित भट्ट सोही दिन पक्राउ परेका थिए। भट्टले क्याम्पसमा अध्ययनरत आधा दर्जन छात्रालाई रातदिन टर्चर दिने गरेको र अनालाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ। छात्राहरुलाई भिडिओ र म्यासेजमार्फत अश्लिल कुराहरु पठाउने गरेको भट्टमाथि आरोप छ। सोही विषयलाई लिएर पीडित छात्राहरुका आफन्त, साथी र विद्यार्थीहरुले विरोध जनाएपछि भट्ट…
मोरङ: मोरङको मिक्लाजुङ गाउँपालिकाबाट ज्यान मार्ने उद्योग कसुरमा संलग्न १३ जना बालिकाहरूलाई प्रहरीले पक्राउ गरेको छ। बैशाख ६ गते मिक्लाजुङ गाउँपालिका-३ स्थित रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययन गर्ने १४ बर्षकी बालिकालाई स्कुलमा भएकै समयमा सोही विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरुले संगठित रूपमा कुटपिट गरी भिडियो समेत बनाएका थिए। उनीमध्ये एक बालिकाले आफ्नो प्रेमीसँग बोलेको भन्दै गालीगलौच समेत गरेकी थिइन्। प्रहरीले उक्त कुटपिटको भिडिओ समाजिक संजालमा सम्प्रेषण गरेपछि उनीहरुलाई पक्राउ गरेको हो।ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले घटनामा संलग्न १३ जना बालिकाहरुलाई नियन्त्रणमा लिएको हो। मंगलबार जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान…