काठमाडौं: बारा निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन्। जसपा अध्यक्ष यादवले १० हजार १९९ मतका साथ अग्रता कायम लिँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६ हजार ८०६ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। नेकपा एमालेका पुरुषोत्तम पौडेल ४ हजार ११ मतसहित तेस्रो स्थानमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणना भइरहेको जिल्ला सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
Author: महेन्द्रनगर पोष्ट
कैलाली: सुदूरपश्चिम प्रदेशलाई आवश्यक पाठ्यपुस्तकमध्ये करिब ८० प्रतिशत पाठ्यपुस्तक प्रदेशमा आइपुगेको छ। अहिलेसम्म १४ लाख थान पाठ्यपुस्तक आएर सम्बन्धित जिल्लामा धमाधम ढुवानी भइरहेको धनगढीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ। केन्द्रमार्फत कक्षा ६ देखि १२ कक्षासम्मको पुस्तक वितरण भइरहेको छ। १ देखि ५ कक्षासम्मको पाठ्यपुस्तक भने निजी प्रकाशनले ढुवानी गरिरहेका छन्। नयाँ शैक्षिक सत्र अगावै विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक पुर्याउने सरकार र केन्द्रको नीति अनुरुप विभिन्न जिल्लाहरुमा पुस्तक पठाइरहेको केन्द्रका धनगढी प्रमुख ध्रुवराज पन्तले बताए। उनका अनुसार सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाहरुलाई प्राथमिकतामा राखेर चैत २६ गतेबाट पुस्तक सम्बन्धित जिल्लामा पठाउने कार्य भइरहेको छ। दुर्गम जिल्लाहरु बाजुरा, दार्चुला, बझाङ र…
काठमाडौं: चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जित निश्चित भएको छ। हालसम्म ५६ हजार ४ सय ९६ मत गणना भइसकेको छ भने लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन्। चितवन-२ मा आइतबार भएको उपनिर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो। अब २१ हजार ७८१ मत मात्र गन्न बाँकी छ। तर लामिछानेले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठसँग मतान्तर ३२ हजार ६१२ बनाइसकेका छन् अर्थात् गन्न बाँकी मतभन्दा मतान्तर बढी भइसकेको छ। यस हिसाबले रास्वपा सभापति लामिछानको जित पक्का भइसकेको छ।
काठमाडौँ: आज त्रिभुवन विमानस्थल खुल्नुअघि नियमित धावनमार्ग जाँच गर्ने क्रममा मरेको चरा भेटिएको छ। सोमबार राति फ्लाई दुबईको जहाजमा उक्त चरा ठोक्किएर आगो लागेको हुन सक्ने विमानस्थलका अधिकारीहरूले आशंका गरेका छन्। धावनमार्गमा भेटिएको चरा भँगेरा भन्दा केही ठूलो आकारको रहेको छ । तर कुन प्रजातिको चरा हो भन्ने एकिन नभइसकेको उनले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट १ सय ६८ यात्रु बोकेर सोमबार राति फ्लाई दुबईको इन्जिनमा आगोको लप्का देखिएको थियो। आगोसगै आसपासका मान्छेके ठुलै आवाज समेत सुनेका थिए। एफजेट–५७५ उडान नम्बरको जहाजका पाइलटले काठमाडौं विमानस्थलको टावरलाई ‘आफ्नो जहाजको बायाँ इन्जिनमा आगलागी भएको जानकारी दिएका थिए । उनीहरूले टावरका एटीसीलाई जहाज एउटा इन्जिनको भरमा…
धनगढीः हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ। यस्तै राती कर्णाली प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
काठमाडौं: तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले निर्वाचित भएका छन्। प्रतिनिधि सभाको उपनिर्वाचनमा वाग्ले फराकिलो मतान्तरले निर्वाचित भएका हुन्। वाग्लले ३४ हजार ९४१ मत प्राप्त गर्दा निटकटम प्रतिद्धन्द्धी नेपाली काग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका छन्। वाग्ले र भट्टराईबीच १४ हजार ७९७ मतान्तर रहेको छ। त्यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत ल्याएर तेस्रो स्थानमा छन्। राप्रपाकी शोभा गुरु«ले २१८ मत ल्याउँदा मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत प्राप्त गरेका छन्।
कैलाली: प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर धेरै माग राखेका छन्। बालुवाटार पुगेरै उनले भारत सरकारले निर्माण गर्ने गरी प्रस्तावित कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह लगायत सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण योजनाहरु सम्पन्न गर्न प्रधानमन्त्री समक्ष माग गरेका हुन्। यस्तै झुलाघाटमा मोटरेबल पुल निर्माणका विषयमा पनि उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । भारतसँग जोडिएको पुरानो नाकाको रुपमा रहेको झुलाघाटमा मोटरेबल पुल निर्माणका विषयमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएको नेता लेखकका स्वकीय सचिव जनक भट्टले बताए। पञ्चेश्वरमा समेत झोलुंगे पुल निर्माणका विषयमा भारतसँग कुराकानी गर्न नेता लेखकले प्रधानमन्त्रीलाई आग्रह गरेको भट्टले बताए । झुलाघाटमा…
चितवन क्षेत्र नम्बर २ को मतगणना जारी छ। सोमबार दिउँसोबाट सुरु भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले अग्रता फराकिलो बनाउँदै लगेका छन्। पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ३१ हजार ७ सय ४८ मत प्राप्त गरेका छन्। चितवनमा जम्मा ७८ हजार २ सय ७७ मत खसेको थियो। जसमध्ये अहिलेसम्म ४५ हजार ४ सयउ ६७ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ। उनी प्रतिस्पर्धीभन्दा २५ हजार ४ सय १२ मतले अघि छन्। लामिछानेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ६ हजार ३ सय ३६ मत प्राप्त गरेका छन्। त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार राम प्रसाद न्यौपानेले ५ हजार…
काठमाडौं: दुबईका लागि उडेको फ्लाई दुबईको विमानमा समस्या भएपछि कामाठाडौंतर्फ फर्किएको विमान फेरि दुबईतर्फ फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। फ्लाइट नम्बर एफजेट ५७६ सो विमानमा सुरुमा इन्जिनमा समस्या आएको बताएपछि काठमाडौंं डाइभर्ट गरिएको र अहिले दुबईतर्फ फर्किको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। विमानस्थल कार्यालयका प्रमुख प्रतापवावु तिवारीका अनुसार विमानमा देखिएको समस्या समाधान भएको भन्दै चालक दलले दुबईतर्फ नै लगेका छन्। काठमाडौंको आकासमा केहीबेर फन्को लगाएको विमान पछि समस्या सामान्य भएको बताएर गन्तव्य तर्फ नै लागेको तिवारीले बताए। दुबईका लागि उडेको उक्त विमानमा १७५ जना यात्रु रहेका थिए।
काठमाडौँ: उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको छ। सोमबार राति आकाशमा उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ। त्रिभुवन विमानस्थल नजिकको जहाजमा असामान्य झिल्का देखिएको र केही असामान्य आवाज समेत आएको विमानस्थल स्रोतले जनाएको छ। जहाजलाई विमानस्थलमा अवतरणको प्रयास भइरहेको छ। जहाज अहिले धादिङको धार्के माथिको आकाशमा होल्ड गरिएको छ टिआइएले जनाएको छ। जहाजमा १६७ यात्रु रहेका छन्।