Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले छलफलका लागि ३ दललाई बोलाएका छन् । सोमबार बसेको तीन दलका संसदीय दलको संयुक्त बैठकले बजेट संशोधन नभएमा पारित गर्न नसकिने निर्णय गरे लगत्तै नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा(एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता र प्रमुुख सचेतकलाई मुख्यमन्त्री शाहले छलफलका लागि बोलाएका हुन् । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक मानबहादुर धामीले मुख्यमन्त्री शाहले छलफलका लागि बोलाएपछि मुख्यमन्त्री कार्यालय पुगेको पुष्टि गरे । उनकाअनुसार अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन दलका नेता र प्रमुख सचेतकबीच मुख्यमनत्रीले छलफल गरिरहेका छन् । असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले प्रदेशसभामा २९…

Read More

डडेल्धुरा: बैतडीको मेलौलीमा भएको बस दुर्घटनाका ४१ जना घाइतेलाई थप उपचारका लागि डडेल्धुरा पठाइएको छ। मेलौली नगरपालिका–७ को सुवाखानीमा भएको बस दुुर्घटनाका २५ जना गम्भीर घाइतेसहितका ४१ जनालाई नै डडेल्धुरा पठाइएकोे प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले ३ एम्बुलेन्स र ९ जिपबाट उनीहरुलाई थप उपचारका लागि डडेल्धुुरा अस्पताल पठाइएको बताए। ४१ मध्ये हालसम्म २० जना डडेल्धुरा अस्पताल पुगिसकेका छन्। उनीहरुको उपचार सुरु भएको अस्पतालले जनाएको छ। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। यी हुन् २० घाइते थप २१ जना भने पुग्न बाकी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहरप्रसाद भट्टले बताए। पञ्चेश्वरबाट महेन्द्रनगर आउदै…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ससद्‍मा भावुक बनेका छन्। गत असार १८ गते बोलेको अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्ड भावुक बनेका हुन्। सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफू भावनात्मक रहेको बताउँदै आफूले नियतवश नभएको बताउँदै आफ्नो गल्ती स्वीकार गरेका छन्। ‘म अलिकति भावनात्मक छु नै म अलिकति सेन्टिमेन्टल छु नै यही त प्रचण्ड भयो। अब गर्नुहुन्छ। के ? यो कुरा नभन्दा पनि हुन्थ्यो। थोरै भावनामा आएँ। भन्ने जरुरी त थिएन त्यो कुरा। मनमा यो भनेँ। मैले राष्ट्रप्रति घात गर्ने कुरा हो त ? यो। मैले प्रधानमन्त्रीको भाषामा त्यो नबोल्नुपर्थ्यो। म ज्ञानुको बुवा भएर बोलेँ। प्रितम…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्न नदिने सत्तारुढ ३ दलले निर्णय गरेका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको सोमबार बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो । नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सभामा पेश गरिएको बजेट संघीयताको मर्म विपरीत र व्यक्ति केन्द्रित रहेकोले यथास्थितिमा पारित गर्न नदिन ३ दलको निर्णय भएको जानकारी दिए । असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले आगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रस्तुत गरेका थिए । शाही एकीकृत…

Read More

धनगढी : बैतडीको मेलौलीमा भएको बस दुर्घटनाका ४१ जना घाइतेलाई थप उपचारका लागि डडेल्धुरा पठाइएको छ । मेलौली नगरपालिका–७ को सुवाखानीमा भएको बस दुुर्घटनाका २५ जना गम्भीर घाइतेसहितका ४१ जनालाई नै डडेल्धुरा पठाइएकोे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले ३ एम्बुलेन्स र ९ जिपबाट उनीहरुलाई थप उपचारका लागि डडेल्धुुरा अस्पताल पठाइएको बताए । पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको लु२ ख २०११ नम्बरको बस सोमबार दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–६ का २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको छ । उनको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।

Read More

काठमाडौँ: कैलालीका एक दम्पतीसहित बल्छी ध्रुवेलगायतका कलाकारविरुद्ध अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सोमवार कैलाली घर भई काठमाडौँ बस्ने २८ वर्षीय दिनेश खड्का, उनकी पत्नी अनिता धिताल, मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो । अभियोगपपत्रमा बल्छी ध्रुवे, राजु मास्टरसहित दिनेश खड्का, अनिता धिताल, बेगम नेपाली, एलिश राई, जलन घर्तीमगर, गणेश देवकोटा, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोप लगाइएको छ । उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएकोे छ । अभियोगपत्रमा उनीहरुले नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत…

Read More

डडेल्धुरा: डडेल्धुराको भागेश्वर गाउँपालिकाका अधिकांश सडक अवरुद्ध हुँदा पनि पालिका अध्यक्ष हेमराज चटौतले कुनै चासो नदेखाएको स्थानीयको आरोप छ । पालिकाको केन्द्र बगरकोटदेखी गाउँ गाउँ जोड्ने विभिन्न सडक अवरुद्ध हुँदा पनि अध्यक्षले बाटो खुल्छ भन्दै ठग्ने काम मात्र गरेको स्थानीयले गुनासो गरेका हुन् । गाउँपालिकाको वडा नम्बर ४ मेल्टाका स्थानीय लालसिंह भाटले बगरकोटदेखी रुपाल जोड्ने माथिल्लो सडक ठाउँ ठाउँमा अवरुद्ध रहेको बताए । यस्तै मेल्टा भएर बोगटा जोड्ने सडक पनि धेरै ठाउँमा अवरुद्ध रहेको उनले बताए । ठाउँ ठाउँमा सडक भत्किएर आवतजावतमा निकै समस्या भइरहँदा पनि सडक सुचारु गर्न पालिकाबाट कुनै सुरसार नभएको स्थानीयको गुनासो छ । पालिका अध्यक्षलाई पटक…

Read More

काठमाडौँ: पछिल्लो पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाले ज्यान गुमाएका छन् भने छ करोडभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार २०७५ सालदेखि हालसम्म सबैभन्दा बढी कोशी प्रदेशमा एक सय आठ र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जनाले चट्याङका कारण ज्यान गुमाएका छन् । चट्याङका कारण लुम्बिनी प्रदेशमा ७६, मधेस प्रदेशमा ६९, बागमती प्रदेशमा ६२, सुदूरपश्चिम प्रदेशमा ४३ र गण्डकी प्रदेशमा ३६ जनाले ज्यान गुमाएका छन् । सो अवधिमा चट्याङका कारण छ करोड आठ लाख ८५ हजार सात सय ६० बराबरको आर्थिक क्षति भएको छ । जसमध्ये सबैभन्दा बढी…

Read More

सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाह्रबिसे आसपास केन्द्र भएर आज दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि यही असार ८ गते लमजुङको भलायखर्क आसपास केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो ।पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ । रासस

Read More

बैतडी: बैतडीमा दुर्घटनामा परेको बस तीव्र गतिमा रहेको प्रहरीले बताएको छ । बस तीव्र गतिमा रहेको र अनियन्त्रित भएर सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको हो । आज दिउँसो करिब १ बजेतिर मेलौली नगरपालिका–७ स्वाखानीमा लु २ ख २०११ नम्बरको बस सडकबाट करीब चार सय मिटर तल खसेको थियो । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको उक्त बसमा ३९ जना यात्रु सवार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताए । दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारीको उपचारको क्रममा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको छ भने अन्य ३८ जना घाइते छन् । जसमध्ये…

Read More