Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीको धनगढीमा चार लाख बढीको भन्सार छलीको सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-२ बसपार्क पछाडि सुपप्र ०१००१ह४०८५ नम्बरको अटोबाट चार लाख ४४ हजार रुपैयाँको भन्सार छलीको सामान बरामद गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भन्सार छली सामान ल्याउँदै गरेका अटो चालक प्रहरीको गस्ती टोलीलाई देखेपछि भागेका थिए । अटोमा रहेका सामान बरामद गरी अटोलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानमा खादा, धोती, साडीलगायतका लत्ताकपडा रहेका छन् ।

Read More

कैलालीः कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका–९ धनचैयाका २३ वर्षीय महेन्द्र विक लागुऔषधसहित पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनलाई १ सय ५० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको थियो । प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Read More

काठमाडौं: नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान सकिएको छ । भुटानी शरणार्थी प्रकरणमा प्रहरीले वैशाख ३१ मा रायमाझीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सोमबार म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो । रायमाझीको बयान पुरा भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुर प्रहरीले लागुऔषधसहित २ जनालाई गिरफ्तार गरेको छ। हिजो बेलुका प्रहरीले भीमदत्त नगरपालिका–१७ बासखेडाबाट ठूलो परिणाममा लागुऔषधसहित दुई जना स्थानीय युवालाई पक्राउ गरेको हो। ६३ एम्पुल रेक्सोजेसिससहित वडा नम्बर ४ का २७ वर्षीय प्रदिप भट्ट र वडा नम्बर १८ का १९ वर्षीय इनामियल राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले जानकारी दिए। राईले उक्त लागुऔषध कालो पोलिथिनमा हालेर कट्टुभित्र लुकाइराखेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Read More

कैलाली: २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दामा आज पनि बहस हुने भएको छ। यो मुद्दा हिजो हेर्दाहेर्दैमा राखिएको थियो।  हिजो सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको थियो।  यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दीपायलले टीकापुर घटनामा चाैधरीसहितका व्यक्तिलाई दोषी ठहर गरेकाे थियाे। चौधरी अहिले डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन्।  जेलबाटै उनले आफूहरू निर्दाेष रहेकाे दाबी गर्दै उच्च अदालतको फैसला बदर हुनुपर्ने जिकिरसहित पुनरावेदन गरेका थिए। रिटमाथि सर्वोच्च अदालतमा बहस जारी छ।

Read More

दार्चुला: दार्चुलामा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा संकलकको चार दिनपछि उद्धार गरिएको छ। आज उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी तीनै जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको हो। जिल्लाको व्याँस गाउँपालिका–२ हुँम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएका दुँहु गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, वडा नम्बर पिपलचौरी बास्पालीका ३८ वर्षीय आन सिंह महरा र उनकी ३३ वर्षीया श्रीमती मानमतीलाई नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन्। शनिबार राती चट्याङ लागेर उनीहरु घाइते भएका थिए। बाटो पनि अप्ठेरो भएकाले प्रहरी टोली उक्त स्थानमा पुग्न सकेको थिएन।

Read More

धनगढी: कैलालीको धनगढीमा बेहोस भेटिएर उपचारको क्रममा मृत्यु भएका एक युवकको परिवारलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ। हिजो सोमबार साँझ धनगढी उपमहानगरपालिका-३ स्थित शुभश्री रेस्टुरेन्ट एन्ड बारमा उनी बेहोस अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। त्यसपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएपछि उनको त्यहीँ मृत्यु भएको थियो। तर, अन्दाजी ३८ वर्षीय ती पुरुषको हालसम्म पनि सनाखत हुन सकेको छैन। प्रहरीले उनलाई चिन्ने जो कोहीले सम्पर्क गर्न अनुरोध गरेको छ। हाल लाश सेती अस्पतालको शवघरमा राखिएको छ।

Read More

डडेल्धुरा: सुदूरपश्चिम समाज कोरियाले दक्षिण कोरियाको खेङ्गिदो, दोन्दुछ्नमा सेल्टर स्थापना गरेको छ। नेपालबाट रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएर अलपत्र परेका तथा कार्यस्थल परिवर्तन गर्दा बस्ने स्थान नपाउने समस्यालाई मध्यनजर गर्दै सेल्टर स्थापना गरिएको हो। उक्त सेल्टरको समाजका वरिष्ठ सल्लाहकार डा. अग्नि कोइराला, अध्यक्ष सन्तोष कुमार सूवर्णकार, पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार कमल शाह र निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार यजनामन नायकले संयुक्त रुपमा उद्घाटन गरेका थिए। विभिन्न सामाजिक कार्य र आपतकालिन कार्यका लागि स्थापमा भएको सुदूरपश्चिम समाजले नेपाल तथा कोरियामा रहेका धेरै संघसंस्थासँग सहकार्य गरेर विपन्न नेपालीहरुलाई सहयोग गर्दै आएको छ। समाजले नेपालमा घट्ने दैवीप्रकोपका घटनामा समेत रकम संकलन गरेर…

Read More

काठमाडौँ: नेपालमै उत्पादन भएको पहिलो विद्युतीय मोटरसाइकल यात्री औपचारिक रूपमा पहिलो पटक दर्ता भएको छ। यात्री मोटरसाइकल सवारी तथा यातायात व्यवस्था ऐन, २०६० को संशोधन तथा नयाँ व्यवस्था थप गरेसँगै दर्ता भएर यात्रीले पहिलोपटक नम्बर प्लेट पाएको हो। यसअघि कानुनमा नेपालमा उत्पादन भएका सवारी साधन दर्ता गर्ने कानुनको अभावमा यातायात कार्यालयमा दर्ता हुन नसक्दा सरकारको आलोचना भएको थियो। संसद्मा समेत यस विषयमा कुरा उठेपछि सरकारले फास्ट ट्रयाकमा कानुन संशोधन गर्दै नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता हुने प्रक्रिया सुरु गरेको हो। सन् २०१७ मा कम्पनी स्थापना गरी २०२१ देखि मोटरसाइकल उत्पादन थालेको यात्रीले पहिलोपटक आधिकारिकता पाएको छ म।

Read More

धनगढी: कैलालीको कैलारी गाउँपालिका विद्युत सेवा अवरुद्ध भएको छ। सोमबार साँझ आएको आँधीहुरीले विधुत पोलहरु भाँचिदा विद्युत सेवा अवरुद्ध भएको हो। नेपाल विद्युत प्राधिकरण धनगढीका प्रमुख सूर्य नारायण मण्डलले कैलारी गाउँपालिका ३ स्थानमा विद्युत पोलहरु भाँचिदा सेवा अवरुद्ध भएको जानकारी दिए। उनले मर्मतको प्रयास जारी रहेको बताए।

Read More