Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरकी २६ वर्षीया डा. प्रसन्ना शाह मृत फेला परेकी छिन्। बिहिबार बिहान उनी आफ्नो घरमै मृत भेटिएकी थिइन्। शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले जानकारी दिए। मृत्युको कारण नखुलेको उनले जानकारी दिए। शवको पोस्टमार्टम भएको छ तर रिपोर्ट आउन बाँकी रहेको प्रहरीको भनाई छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्। उनी मृत फेला परेपछि अस्पतालले उनको परिवारप्रति समवेदना जनाएको छ।

Read More

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह र शिवानी श्रेष्ठबीच इन्गेजमेन्ट भएको छ।यहि जेठ १ गते काठमाडौंमा एक समारोहबीच उनीहरुको इन्गेजमेन्ट भएको हो। पूर्वराजदूत केदारभक्त श्रेष्ठकी नातिनी शिवानी श्रेष्ठसँग जयविरको इन्गेजमेन्ट भएको थियो। दुई परिवारको सहभागितामा इन्गेजमेन्ट भएको हो। जयवीरसिंह शेरबहादुर देउवाका एक्ला सन्तान हुन् भने शिवानी केदारभक्तका छोरा सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन्।  जयवीरसिंह र शिवानीको इन्गेजमेन्टको जानकारी शिवानाकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत दिएकी हुन्। देउवाको पारिवारिक स्रोतका अनुसार जयवीर र शिवानीबीच माघमा बिहे गर्ने तयारी छ । 

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।   आज दिउँसो  कोशी प्रदेशमा सामान्य बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति कोशी प्रदेशको थोरै स्थान तथा बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

Read More

धनगढी: बैतडीमा सुर्नया गाउँपालिकाको वडा नम्बर–६ खर्काधारमा टिप्पर दुर्घटना भएको छ। से १ ख १६५८ नम्बरको टिप्पर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। प्रहरीका अनुसार टिप्पर दुर्घटनामा परेर टिप्परका सहचालक ‘खलासी’ २४ वर्षीय अशोक बोहरा घाइते भएका छन्। घाइते बोहराको टाउको, ढार र खुट्टामा चोट लागेको प्रहरीले जनाएको  छ। बोहरालाई उपचारका लागि डडेल्धुरा ल्याइएको छ। बिहीवार साँझ ५ बजेतिर सुर्नया गाउँपालिका अन्तर्गतको मोतीनगर–हेपो सडकखण्डमा माटो अनलोड गर्ने बेला टिप्पर दुर्घटनामा परेको थियो। टिप्परमा चालक र सहचालक मात्रै सवार रहेको र चालक सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

Read More

डडेल्धुरा: जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध जाहेरी दिन आग्रह गरेको छ। सो सहकारीको जिल्ला शाखाले बचतकर्ताको बचत रकम, सावाँ, ब्याज फिर्ता नगरेको वा ठगी गरेको भए उजुरी दिन आग्रह गरेको हो। बिहीबार राति प्रहरी कार्यालयले एक सूचना जारी गर्दै भक्तपुरमा केन्द्रीय कार्यालय रहेको सो संस्थाका विभिन्न जिल्ला शाखाका बचतकर्ताले बचत रकम फिर्ता नपाएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दिएकाले डडेल्धुरामा पनि त्यस्तो समस्या भए जाहेरी दरखास्त पेश गर्न आग्रह गरेको हो । आफ्नो नागरिकता, पासबुक लगायतका प्रमाण सहित जिल्ला प्रहरीको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न सूचनामार्फत अनुरोध गरिएको छ। यसैबीच भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा…

Read More

धनगढीः ‘धर्तीको स्वर्ग’ उपमाले चिनिएको सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको छ । खप्तडलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएर पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आध्यात्मिक सम्मेलन हुन लागेको हो । सम्मेलन खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा यही जेठ २३ गतेदेखि तीन दिनसम्म हुनेछ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको बताइएको छ । सम्मेलनमा स्वामी रामदेवले योगाभ्यास र ध्यान गराउने तथा प्रवचन दिने तय भएको छ । आध्यात्मिक सम्मेलनमा पूर्वप्रधानमन्त्री, सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेता, जगतगुरु कृपाचार्य, आचार्य बालकृष्णलगायत विशिष्ट व्यक्तित्वसहित करिब पाँच सय जनालाई सहभागी गराउने आयोजक…

Read More

बैतडी: बैतडीमा टिप्पर दुर्घटना भएको छ । जिल्लाको सुर्नया गाउँपालिका-६ खरकारधारमा से १ ख १६५८ नम्बरको टिप्पर दुर्घटना भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा सहचालक २४ वर्षीय अशोक बोहरा घाइते भएका छन् । उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको कार्यालका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । सुर्नया गाउँपालिका अन्तर्गतको मोतीनगर–हेपो सडकखण्डमा माटो अनलोड गर्ने बेला टिप्पर दुर्घटनामा परेको र टिप्परका चालक सकुशल रहेका बताइएको छ ।

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी एक हजार आठ सय ३९ जनाको नमुना परीक्षण गर्दा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा १५ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ८८ जनामा झरेको छ ।

Read More

काठमाडौँ: भुटानी नेता टेकनाथ रिजाललाई आज र भोलि हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा रिजालको समेत संलग्नता खुलेपछि उनलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेका अनुसार उनलाई बिहीबारदेखि लागू हुने गरी दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । रिजालसहित यो प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् ।

Read More

डडेल्धुराः सनराइज बैंक डडेल्धुरा शाखाले अमरगढी नगरपालिका–५ बागबजारमा प्रहरी बिट निर्माण गरेको गरेको छ । बैंकका शाखा प्रबन्धक गणेशसिंह साउदका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बजार अर्थात् बसपार्क क्षेत्रमा सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाका लागि एक थान बिट निर्माण गरिएको हो । अमरगढी नगरपालिका, वडा कार्यालय र प्रहरीसँग समन्वय गरी प्रहरी बिट निर्माण गरिएको उनले बताए । बैंकलेको यो सहयोगले प्रहरी जाँच र राजमार्गमा यात्रा गर्ने यात्रुलाई सुरक्षा र सहजता हुने विश्वास लिएको डीएसपी मनोहरप्रसाद भट्टले बताए ।

Read More