Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर र विश्व खाद्य कार्यक्रम नेपालका लागि प्रतिनिधि तथा निर्देशक रोबर्ट कास्काबीच वार्तालाप भएको छ । दुबै जनाबीच मुख्यमन्त्रीको कार्यकक्षमा विशेष वार्तालाप भएको बताइएको छ । भेटमा सुदूरपश्चिमको खाद्य अवस्था र आवश्यक समन्वयको बारेमा छलफल भएको बताइएको छ।

Read More

बैतडीः बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर–१० का किसानलाई बाख्रा वितरण गरिएको छ । प्रदेश सरकारको सहयोगमा वडाका सय जना किसानलाई १/१ ओटा खरिजातका बाख्रा वितरण गरिएको हो । किसानहरुलाई आत्मनिर्भर बनाउन वडामा प्रदेशको बजेटबाट सञ्चालित कार्यक्रम मार्फत बाख्रा वितरण गरिएको वडा अध्यक्ष त्रिलोक सिंह विष्टले बताए । यस्तै, दुई ओटा समूहमा बोका पनि वितरण गरिएका छन् । दुई समूहलाइ दुई बोका वितरण गरिएको बताइएको छ । यसअघि पनि वडामा बाख्रा वितरण गरिएको थियो । अहिले छुटेका किसानलाई बाख्रा वितरण गरिएको वडा अध्यक्ष विष्टल बताए ।

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोबरियाका दमन चन्द फलफूलका बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गरिरहेका छन् । तीन कट्ठा जमिनमा नर्सरी बनाएर फलफूलका बिरुवा उत्पादन गरेर विक्री गर्दा उनले मासिक ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताए । उनी इच्छाशक्ति भए थोरै जमिनमा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । पाँच वर्षयता तीन कठ्ठा जमिनमा फलफूल नर्सरी सञ्चालन गरिरहेका चन्दले कारोबारको ५० प्रतिशत मुनाफा हुने गरेको बताएका छन् । फलफूलका बिरुवा उत्पादन गरी विक्री वितरणका साथै माग गरेको स्थानमा ग्रिनहाउस, होटल, प्यालेसको सजावट तथा स्थानीय पालिकामा नर्सरी बनाउन जाने गरेका चन्दले सोही व्यवसायबाट भएको आम्दानीले जीविका चलाउने गरेको…

Read More

काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले रेशमलाल चौधरी हत्यारा भए फाँसी दिन भनेका छन् । उनले पत्रकार सम्मेलनमा यदि रेशमलाल चौधरीलगायतका राजबन्दी हत्यारा हुन भने फासिदिने ऐन बनाएर फाँसी दिन माग गरेका हुन् । सर्वोच्च अदालतले नाउपाका संरक्षक रेशम चौधरीलाई जन्मकैदको फैसला सदर गरेपछि उक्त पार्टी अहिले आन्दोलित बनेको हो । वरिष्ठ उपाध्यक्ष पण्डितले सरकारसँग लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे । यसअघि सीके राउतदेखि विप्लवसम्मको आन्दोलन राजनीतिक बन्दा ०७२ सालमा टीकापुरमा घटेको घटना किन राजनीतिक बनेन ? भनेर सरकारलाई प्रश्न गरे । उनले भने, ‘हिजोका सम्मानित आदलतको फैसला न्यायमुर्तिहरुका निर्णय स्वीकार्य त छ तर यो…

Read More

धनगढी: धनगढीमा पछिल्लो समयम गर्मी निकै बढिरहेको छ । मंगलवार ३७ डिग्री सेल्सियस मापन गरिएको धनगढीको तापक्रम बुधवार पनि सोही अनुपातमा रहेको मौसम विभागले जनाएको छ । गर्मीको समयमा शरिरमा विभिन्न प्रकारका समस्या देखिने भएकाले दिउँसोको समयमा बाहिर ननिस्कन र निस्किनु परे छाता तथा पूरा शरिर छाप्ने लुगा लगाउन चिकित्सकले सुझाएका छन् । लु तथा गर्मी मौसममा हुन सक्ने अन्य रोगहरुबाट बच्न अत्याधिक मात्रामा पानी पिउनुपर्ने भनिएको छ ।

Read More

काठमाडौँ: सिरहाको लहान नगरपालिकाका मेयर महेश चौधरीले आफ्ना गल्ति लुकाउन पत्रकारलाई नै नियुक्ति दिएको आरोप लागेको छ । उपमेयर राम चलितर महतोले मेयर चौधरीले आफूले गरेका गलत क्रियाकलापका समाचार ढाकछोप गर्न नगरपालिकामा पत्रकारहरूलाई नियुक्ति दिएको आरोप लगाएका हुन् । महतोले प्रेस विज्ञप्ति जारी गर्दै आफूले गरेका गलत कार्यको समाचार बाहिर नआओस् भन्दै मेयरले गैरकानुनी रूपमा पत्रकार, पत्रकारका श्रीमती र केही नातेदारलाई करार नियुक्ति गरेकोमा विरोध जनाएका छन् । मेयरले गैरकानुनी रूपमा कानुनी सल्लाहकारसमेत नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

Read More

काठमाडौँ: सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनाम शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका छन् । शेर्पाले बुधबार बिहान ७ बजे ३४ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेकेको बताइएको छ । उनी यती समूहका अध्यक्ष पनि हुन् । ल्हाक्पाले करिब ३ दशकअघि श्रीमती पासाङ ल्हामुसँगै सगरमाथा आरोहण गर्ने प्रयास गरे पनि सफल भएका थिएनन् । उनी क्याम्प–२ बाटै फर्केका थिए ।

Read More

धनगढीः सार्वजनिक यातायातको भाडा दर घटेको छ । मंगलवार रातिदेखि नेपाल आयल निगमले डिजेलमा १० रुपैयाँ मूल्य घटाएपछि लामो दूरीका सवारीसाधनको भाडा घटेको हो । आज (जेठ ३ गते) देखि लागू हुने गरी भाडा समायोजन भएको छ । वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा घटेको विभागले बुधबार सूचना प्रकाशित गरेर जानकारी गराएको छ । अब काठमाडौं–धनगढीको भाडा एक हजार ९ सय ६२ बाट घटेर एक हजार ८ सय ९९ कामय भएको छ । त्यस्तै काठमाडौं–महेन्द्रनगरको भाडा एक हजार ९ सय ७८ बाट घटेर एक हजार ९ सय १५ कामय गरिएको छ । काठमाडौं–अत्तरिया–डडेल्धुराको भाडा दुई हजार तीन सय १२ बाट घटेर…

Read More

काठमाडौंः नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको फैसलाविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो। टीकापुर घटनामा रेशमलाल चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै मंगलबार जन्मकैदको फैसला गरेको थियो। पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितको हस्ताक्षर गरिएको विज्ञप्तिमा जेठ ३ देखि ५ सम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने जनाइएको छ।

Read More

काठमाडौँ: सुदूरपश्चिमको खप्तड क्षेत्रमा केबलकार निर्माण गर्न सांसदहरुले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग आग्रह गरेका छन् । सुदूरपश्चिमका संघीय सांसद र प्रदेशसभा सदस्यहरुको टोलीले महासंघका अध्यक्ष ढकाललाई भेट्दै यस्तो आग्रह गरेको हो । जवाफमा खप्तडमा लगानी गर्न सरकारको सहयोग आवश्यक रहेको महासंघका अध्यक्ष ढकालले बताए । खप्तडमा पर्यटकीय लगायतका पूर्वाधार निर्माणका लागि वातावरणीय मूल्यांकन र जग्गा प्राप्ति निकै कठिन रहेको हुँदा यी विषयमा सरकारले सहजीकरण गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ थियो ।

Read More