Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिएको घटना मिलाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले मोटरसाइकल धनि र सवारी चालकबिच सहमति भएपछि घटना मिलाइएको जानकारी दिए। उनका अनुसार ठोक्किएका २ मोटरसाइकललाई मर्मत गर्ने सहमति भएपछि घटना रफादफा भएको हो। हिजो राति धनगढीस्थित क्याम्पस रोडमा साढे १० बजे सरकारी नम्बर प्लेटको उक्त गाडीले पार्किङ गरिएका २ मोटरसाइकललाई ठोकेको थियो। मदिरामा लट्ठ परेका चालक डम्बर थापाले ब्याक गर्नेबेला एक फार्मेसी बाहिर पार्किङ गरेका २ मोटरसाइकललाई ठोकेका हुन्। ठक्कर दिएपछि हिजो प्रहरीले चालकलाई छाडेर गाडी मात्रै नियन्त्रणमा लिएको थियो।

Read More

धनगढी: धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति कुबेर खड्काले पुराना र ठूला दलका नेताहरु दलाल भएको दाबी गरेका छन्। सामाजिक संजालमार्फत उनले यस्तो दाबी गरेका हुन्। नेकपा एमाले निकट अनेरास्ववियुबाट स्ववियुमा निर्वाचित भएका उनले राष्ट्रिय स्वतन्त्र पार्टीले जित्दा लोकतन्त्र खतरामा नपर्ने पनि जनाएका छन्। नेपाल देश दलालहरुको मात्र नभएको उनको जिकिर छ। उनी हालै नेकपा एकीकृत समाजवादी त्यागेर एमाले प्रवेश भएका थिए। यस्तो छ कुबेरको स्टाटस

Read More

धनगढीः धनगढी बजारमा लागुऔषध ‘ड्रग’प्रयोगविरुद्ध पदयात्रा गरिएको छ। आज बिहान सचेतना जगाउन रोडमा पदयात्रा गरिएको हो। पदयात्रालाई धनगढी उपमहानगर वडा नम्बर–५ को आयोजना तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य प्रवर्धन केन्द्र र निसर्ग हस्पिटल धनगढीको प्रायोजन गरेको हो। धनगढी पार्कमोडबाट सुरु भएको पदयात्रा धनगढी बजार क्षेत्र, वडा नम्बर–४ हुँदै डिभोडी चोकमा पुगेर समापन भएको थियो। पदयात्रामा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, प्रदेश सभा सदस्य रमेशसिंह धामी, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहरा, कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, कैलाली प्रहरी प्रमुख देवेन्द्र पालको सहभागिता रहेको थियो। कार्यक्रममा प्रदेश सभा सदस्य धामीले लागुऔषध नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध…

Read More

धनगढी: कैलालीको धनगढीस्थित क्याम्पस रोडमा हिजो राति साढे १० बजे एक सामान्य दुर्घटना भयो। गाडीले पार्किङ गरिराखेका २ ओटा मोटरसाइकल ठोकेको थियो। सरकारी नम्बर प्लेटको उक्त गाडी सुदूरपश्चिम प्रदेश अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको रहेको खुलेको छ। मदिरामा लट्ठ परेका चालक डम्बर थापाले ब्याक गर्नेबेला एक फार्मेसी बाहिर पार्किङ गरेका २ मोटरसाइकललाई ठोकेको प्रहरीले जनाएको छ। तर, प्रहरीले भने चालकलाई छाडेर गाडी मात्रै नियन्त्रणमा लिएको छ।

Read More

दार्चुला: दार्चुलामा अनुत्तीर्ण भएका विद्यार्थीको कपि पुनः परिक्षण गर्दा प्रथम भएको खबर आएको छ।जिल्लाको मालिकार्जुन गाउँपालिका ५ का एक विद्यार्थी कक्षा ८ को परीक्षामा अनुत्तीर्ण भएपछि पुनःपरीक्षण गराउँदा कक्षा प्रथम भएका हुन्। वडा नं ५ स्थित कृष्ण मावि डाँडाकोटमा अध्ययनरत निरज लोहार कक्षाका राम्रै विद्यार्थी भएपनि परीक्षाफल आउँदा उनी अनुत्तीर्ण भएका थिए। कक्षा ८ मा फेल भएपछि उनले आत्महत्या गर्ने भनेपछि उनको उत्तरपुस्तिका पुनःपरीक्षण गरिएको थियो।उत्तरपुस्तिका पुनः परीक्षण गरेपछि निरज कक्षा प्रथम भएका कृष्ण मावि डाँडाकोटका प्रधानाध्यापक श्याम गिरीले बताए। निरजका बुवा भोजराम लुहारले छोराको नतिजा आएपछि उत्तरपुस्तिका पुनः परीक्षणका लागि विद्यालयसंग आग्रह गरेका थिए।  मालिकार्जुन गाउँपालिकाले सञ्चालन गरेको कक्षा ८ को…

Read More

डोटी: डोटीका ६५ वडामध्ये ३३ वडामा वडा सचिवको दरबन्दी रिक्त रहेको छ। जिल्लाका ९ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवविहीन छ। ६ वडा रहेको पालिकाका कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिए। यस्तै जिल्ला सदरमुकामसमेत रहेको दिपायल सिलगढी नगरपालिकाका ४ वडामा सचिव छैनन्। ९ वडा रहेको नगरपालिकामा वडा नम्बर ५, ७, ८, ९ सचिवविहीन छन्।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचीकारले सचिव नभएका वडामा पालिकाका प्राविधिक र करारका कर्मचारीले सेवा दिइरहेको बताए।  ११ वडा रहेको शिखर नगरपालिकामा पनि ४ वडामा सचिव छैनन्। वडामा सचिव नहुँदा एउटै व्यक्तिले २ वडा हेर्नुपर्ने बाध्यता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत…

Read More

बैतडी: राष्ट्रिय अनुसन्धान विभाग बैतडीमा पहिलो पटक महिला डिएसपी आउने भएकी छिन्। प्रहरी नायब उपरीक्षक अर्चना सिन्हा सरुवा भएर बैतडी आउने भएकी हुन्। राष्टिय अनुसन्धान विभाग जिल्ला कार्यालय बैतडीका प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरीको दुई महिनामै सरुवा भएपछि अर्चना सिन्हा प्रमुखका रुपमा आउने आउँदैछिन्।

Read More

काठमाडौं: बारा निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन्। जसपा अध्यक्ष यादवले १० हजार १९९ मतका साथ अग्रता कायम लिँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६ हजार ८०६ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। नेकपा एमालेका पुरुषोत्तम पौडेल ४ हजार ११ मतसहित तेस्रो स्थानमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणना भइरहेको जिल्ला सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

Read More

कैलाली: सुदूरपश्चिम प्रदेशलाई आवश्यक पाठ्यपुस्तकमध्ये करिब ८० प्रतिशत पाठ्यपुस्तक प्रदेशमा आइपुगेको छ। अहिलेसम्म १४ लाख थान पाठ्यपुस्तक आएर सम्बन्धित जिल्लामा धमाधम ढुवानी भइरहेको धनगढीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ। केन्द्रमार्फत कक्षा ६ देखि १२ कक्षासम्मको पुस्तक वितरण भइरहेको छ। १ देखि ५ कक्षासम्मको पाठ्यपुस्तक भने निजी प्रकाशनले ढुवानी गरिरहेका छन्।  नयाँ शैक्षिक सत्र अगावै विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक पुर्‍याउने सरकार र केन्द्रको नीति अनुरुप विभिन्न जिल्लाहरुमा पुस्तक पठाइरहेको केन्द्रका धनगढी प्रमुख ध्रुवराज पन्तले बताए। उनका अनुसार सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाहरुलाई प्राथमिकतामा राखेर चैत २६ गतेबाट पुस्तक सम्बन्धित जिल्लामा पठाउने कार्य भइरहेको छ। दुर्गम जिल्लाहरु बाजुरा, दार्चुला, बझाङ र…

Read More

काठमाडौं: चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जित निश्चित भएको छ। हालसम्म ५६ हजार ४ सय ९६ मत गणना भइसकेको छ भने लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन्। चितवन-२ मा आइतबार भएको उपनिर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो। अब २१ हजार ७८१ मत मात्र गन्न बाँकी छ। तर लामिछानेले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठसँग मतान्तर ३२ हजार ६१२ बनाइसकेका छन् अर्थात् गन्न बाँकी मतभन्दा मतान्तर बढी भइसकेको छ। यस हिसाबले रास्वपा सभापति लामिछानको जित पक्का भइसकेको छ।

Read More