Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरमा चरेससहित ४ जना पक्राउ परेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ वन समितिस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट दुई किलो चरेससहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–५ वन समितिका सुनिल बोहरा भीमदत्त नगरपालिका–२ बस्ने वसन्त जोशी, भारतको बरेली जिल्ला कान्द्रापुर बस्ने हममोल गुप्ता र भारतकै चनहिटीग्राम बस्ने रुपेन्द्र मौर्य रहेको प्रहरीले बताएको छ । पूर्व–पश्चिम राजमार्गमा शङ्कास्पदरूपमा पैदल हिँडिरहेका बेला चारै जनालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले नियन्त्रणमा लिई जाँच गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । उनका अनुसार झोलाभित्र लुकाइछिपाइ राखेको दुई किलो चार ग्राम चरेस र नगद २८ हजार पाँच…

Read More

धनगढीः दार्चुलास्थित महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ। आज (शनिवार) दिउँसो बेपत्ता भएका ब्याँस गाउपालिका–२ तल्लो दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारीको शव फेला परेको हो। महाकाली नदी पारी भारततर्फ उनको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका एसपी श्याम चौधरीले जानकारी दिए। आधा घण्टाको दुरीमा सिङ्दलसिंहको शव फेला परेको उनले बताए। उनका अनुसार महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए। उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन्। उनी सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय भू–भाग धारचुला हुँदै घर फर्किदै थिइन्। नेपालतर्फ सडक…

Read More

धनगढीः दार्चुलास्थित महाकाली नदीमा तुइनबाट खसेर एक जना पुरुष बेपत्ता भएका छन्। आज (शनिवार) साढे १ बजेको समयमा तुइनबाट खसेर व्याँस गाउँपालिका २ तल्लो दुम्लिङका ४४ वर्षीय सिङ्दलसिंह भण्डारी बेपत्ता भएका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) श्याम चौधरीले आज दिउँसो साढे १ बजेतिर भण्डारी तुइनबाट खसेर बेपत्ता भएको खबर आएको बताए। उनका अनुसार बेपत्ता भण्डारीको खोजी कार्यमा अहिले ५ जना प्रहरीको टोली खटिएको छ। भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएको बताइएको छ। बेपत्ता भण्डारीको खोजीमा स्थानीयबासी पनि जुटेका छन्।

Read More

धनगढीः सामाजिक सञ्जालमार्फत् अश्लील भिडियो पठाएर हैरान पार्दै आएका एक जना पक्राउ परेका छन्। रोल्पाको सुनिलस्मृति गाउँपालिका–५ का २२ वर्षीय ओमप्रकाश महरालाई नेपाल प्रहरीको साइबर व्युरोले पक्राउ गरेको बताइएको छ। एउटी युवतीले हराएको मोबाइल भेटाएका महराले सोही मोबाइलमा रहेका युवतीका सामाजिक सञ्जालका विभिन्न एकाउन्टबाट युवतीकै आफन्तहरुलाई अश्लील भिडियो पठाएको आरोपमा उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ। युवतीले मोबाइल हराएको केही दिनपछि आफ्ना सामाजिक सञ्जालका सबै खाताको नाम परिवर्तन गरेर अश्लील नाम राखिदिएको र ती एकाउन्टबाट आफ्नो सहोदर दाजुलाईसमेत अश्लील भिडियो पठाएको उजुरी साइबर बयुरोमा हालेकी हुन्। ब्युरोले सोही उजुरीका आधारमा अनुसन्धान गरी महरालाई पक्राउ गरेको जनाएको छ। उनलाई विद्युतीय कारोबार…

Read More

धनगढीः कैलालीमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज (शनिवार) जिल्लाको गोदावरी नगरपालिका वडा नं ५ गेटा ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना भएको हो। दुर्घटनामा धनगढी उपमहानगरपालिका वडा नं ११ बेलाका ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीका अनुसार स्कारपियोमा सवार अन्य ५ जना घाईते भएका छन्। दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं २ का ४२ वर्षीय चालक तेजबहादुर पाल, धनगढी उपमहानगरपालिका वडा नं ६ मटयारीका ४२ वर्षीय भरत बहादुर चन्द, सोही ठाउँका ४८ वर्षीय बसन्तबहादुर चन्द,…

Read More

धनगढीः कञ्चनपुरमा घाँस काटिरहेको अवस्थामा एक महिलालाई बाघले आक्रमण गरेको छ। जिल्लाको बेलौरी नगरपालिका–८ पचुँइकी गंगादेवी चन्दमाथि आक्रमण गरेर बाघले बेपत्ता पारेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डांगीले नेपाल भारत सीमा क्षेत्र नजिकै पर्ने खप्टिनालामा घाँस काट्ने क्रममा चन्दलाई बाघले लगेको बताए । उनीसँगै रहेका अन्य महिलाहरुले भने भागेर ज्यान जोगाएका छन्। बाघले आक्रमण गरेर बेपत्ता बनाएकी महिलाको अवस्था अज्ञात छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, सव डिभिजन वन कार्यालय कुण्डाका कर्मचारी र स्थानीयले उक्त क्षेत्रमा महिलोको खोजी जारी राखेका छन् । डीएसपी डांगीकाअनुसार ड्रोनको प्रयोग गरेर हेर्दा बाघ खप्टिनाला क्षेत्रमै देखिएको छ ।…

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाले दशरथ–भीम उद्यान (लभपार्क) लाई अत्याधुनिक पार्कका रुपमा विकास गर्ने जनाएको छ। उपमहानगरपालिकाले पार्कको विकासका लागि डिपिआर तयार गर्न आसयपत्रका लागि सार्वजनिक सूचना पनि निकालेको छ। धनगढी पार्कलाई नमूना पार्क बनाइने बताइएको छ। धनगढी पार्कमा सभा सम्मेलन, सेमिनार तथा वहुउद्येश्यीय प्रयोगका ल्याउने गरी विकास गर्ने योजना उपमहानगरको छ। धनगढी पार्कमा म्युजिकल फाउन्टेन राख्ने, साँझको समय व्यतित गर्न सहज हुने गरी पार्कलाई अत्याधुनिक बनाइने छ।

Read More

धनगढीः नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा धनगढी उपमहानगरपालिकाका पूर्व मेयर नृपबहादुर वडले अहिलेका नगर प्रमुख गोपाल हमालले जनप्रतिनिधिको भूमिका निर्वाह गर्न नसकेको बताएका छन्। नेपाली काँग्रेसको वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्। यस्तै उनले धनगढीका नगर प्रमुख हमाल निर्वाचित भएर आएपछि जनतासंग नजिक हुनुभन्दा पनि टाढा भागिरहेको बताए। ‘समन्वय र सहकार्य गरेर जनप्रतिनिधि अघि बढ्नुपर्छ। जनतालाई नभेट्ने, व्यवसायी तथा दुःखमा परेका व्यक्तिलाई नभेट्ने मान्छे जनप्रतिनिधि कसरी हुन्छ ?’ उनले भने, ‘निर्वाचित भएर आएपछि अहिलेसम्म वडाहरुमा पुगेका छैनन्। म जनप्रतिनिधि हुँदा हरेक महिनामा एक पटक पुग्थे। हरेक घरमा पुग्न नसकेको होला तर, वडाका समस्या बुझ्न आईरहन्थे।’ त्यस्तै अर्को सन्दर्भमा…

Read More

धनगढीः कैलालीमा प्रहरी नै तस्कर भएको खुलेको छ। जिल्लाको भजनी नगरपालिका नजिकैको भारतीय बजारबाट प्रहरीले नै लागुऔषधको तस्करी गर्ने गरेको पाइएको हो। बुधवार इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी निरीक्षक मानसिहं ऐरीको कमाण्डमा खटिएको टोलीले कुशुमघाटबाट ३३ ग्राम ब्राउन सुगरसहित दुई युवालाई प्रकाउ गरेको थियो। तीमध्ये एक जना ईलाका प्रहरी कार्यालय सुखडअन्तर्गत साडेपानी अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान रहेको अनुसन्धानबाट खुलेको छ। प्रहरी जवान अंकित चौधरी लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा प्रकाउ परेका थिए। प्रहरी नै लागुऔषध कोरोवारमा संलग्न भेटिएपछि प्रहरी संगठनकै बदनाम भएको छ।

Read More

धनगढीः धनगढीको दशरथ भीम उद्यान ‘लभपार्क’ बन्द गरिएको छ। धनगढी उपमहानगरले पार्कमा ताला लगाएर बन्द गरेको हो। पार्कलाई २०६७ चैत २५ मा सार्वजनिक निजी साझेदारी अन्तर्गत स्वाँर कन्स्ट्रक्सनलाई १२ वर्षे ठेक्का सम्झौतामा दिइएको थियो। ठेकेदार कम्पनीका प्रतिनिधि ऋषिकेश श्रेष्ठले सञ्चालन गर्दै आएको पार्कको २०७६ चैतदेखि उपमहानगरले सम्झौताअनुसार पाउनुपर्ने रकम पाएको छैन। यस्तै कम्पनीले धनगढी उपमहानगरको नाममा अदालतमा मुद्दा हालेको छ भने सम्झौता मिति समाप्त हुँदा पनि पार्क छोडेको छैन। त्यसैलै उपमहानगरले पार्कलाई नियन्त्रणमा लिएको जनाएको छ।

Read More