बझाङ: बझाङको बुँगलमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ। प्रहरीका अनुसार मंगलबार साँझ बुँगल नगरपालिका–९ भेडेगैरस्थित देउलिकोटबाट धौलकाँडा बैतडी जाने कच्ची सडकमा सालनाल सहितको नवजात शिशु बेवारिसे मृत अवस्थामा फेला परेको हो। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आज(बुधवार) प्रदेशभर शोक बिदा दिएको छ। मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले बुधवार शोक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको बताए। यस्तै कानुन मन्त्रालयले एक सूचना जारी गर्दै आज धनगढीको कबर्डहलमा मन्त्री सिंंहको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली दिइने जनाएको छ।
काठमाडौँ: देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव तथा बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने कोशी , मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम…
दार्चुला — अपिहिमाल गाउँपालिकाको राखुपा लेकमा हिउँमा चिप्लिएर एक जनाको मृत्यु भएको छ । यार्सा गुम्बा संकलनका क्रममा अपिहिमाल गाउँपालिका–४ का ओखल्याडीका अन्दाजी ४५ वर्षीय लक्ष्मण सिंह बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार यार्सागुम्बा पाटन पुगेका बोहराको मंगलबार दिउँसो १ बजेतिर हिउँमा चिप्लिएर मृत्यु भएको खबर प्राप्त भएको छ ।
धनगढी: दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानी क्षेत्रमा ट्रक दुर्घटना भएको छ। आज (मंगलबार) ग्वानीमा ट्रक दुर्घटना हुँदा चालक र गाडी धनि घाइते भएका छन्। धनगढीबाट दार्चुला सदरमुकाम खलंगातर्फ जाँदै गरेको सुपप्र ०१००१ क १६९२ नम्बरको ट्रकको स्टेरिङले काम नगर्दा ट्रक दुर्घटनामा परेको हो। प्रहरीका अनुसार दुर्घटना परि घाइते हुनेमा गाडी चालक करनसिंह राना र गाडी साहु जनकराज बिष्ट रहेका छन्। चालकको खुट्टामा चोट लागेको छ भने दुबै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। ट्रक मंगलबार राति पौने ९ बजेतिर दुर्घटनामा परेको हो। ट्रक सडकबाट अन्दाजी २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाको…
काठमाडौँ: छात्रवृत्ति विवरण नबुझाउने ३९ ओटा विद्यालयलाई काठमाडौँ महानगरपालिकाले १ लाख रुपैयाँका दरले जरिबाना तोकेको छ । महानगर क्षेत्रभित्रका ५०४ निजी विद्यालयमध्ये ४६५ ओटाले छात्रवृत्ति विवरण बुझाएका र बाँकी ३९ ओटाले नबुझाएका महानगरले जनाएको छ । उनीहरुबाट महानगरले एक लाख रुपैयाँका दरले जरिबाना लिने मेयर बालेन्द्र शाहले बताए । जरिबाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने र त्यसपश्चात् पनि विवरण नबुझाएमा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने उनले बताए । महानगरको इतिहासमा यो पहिलो पटक हो । त्यसबाट लक्षित वर्गका १३ हजारभन्दा बढी विद्यार्थीले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका छन् ।
काठमाडौँ: नेकपा एमालेका सांसद तारा लामा तामाङले अर्थमन्त्री प्रकाशशरण महतले आवश्यकता भन्दा पनि व्यक्तिको पहुँचको आधारमा रकम बाँडेको आरोप लगाएका छन्। मंगलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले सरकारले आवश्यकतालाई ध्यान दिनेभन्दा पनि पहुँचलाई आधार बनाएको भन्दै असन्तुष्टि प्रकट गरे। एमाले सांसद तामाङले अर्थमन्त्री र अर्थमन्त्रालयसँग आफ्नो निर्वाचन क्षेत्र रहेको कञ्चनपुरको छोटी भन्सारलाई व्यवस्थित गरेर राजस्व संकलन कसरी गर्ने भन्ने कुनै योजना नभएको आरोप लगाए। ‘कञ्चनपुरको बेलौरी भन्सारले धेरै क्षेत्र ओगट्थ्यो। तर, त्यसलाई व्यवस्थित नगरी सेटिङको भरमा छोटी भन्सार नचलाएको भन्ने सुनेको छु। यो काम सरासर गलत हो। अर्थमन्त्रालय र अर्थमन्त्रीको यसमा ध्यान जान आवश्यक छ,’ सांसद तामाङले भने। सुदूरपश्चिम सरकारका…
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले बुधवार प्रदेशभर शोक बिदा दिएको छ । मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले बुधवार शोक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको बताए ।
धनगढीः प्रहरीले कैलालीको अत्तरियाबाट थप दुई जना आन्दोलनकारी पक्राउ गरेको छ । मालाखेती प्रहरीले आज साँझ आन्दोलन गरिरहेका भीम बोहरा र गौतम रोकायालाई पक्राउ गरेको हो । आज दिउँसो प्रदेश ३०१ ००२ झ ५२०२ नम्बरको गाडी तोडफोडको आरोपमा दीपक बोहरा र भेष बोहरा पक्राउ परेपछि उनीहरुको रिहाइको माग गर्दै आन्दोलन गरिरहेका बोहरा र रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको हो । गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन तथा कानुन निर्माणको माग गर्दै आएका आन्दोलनकारीले मंगलवार सरकारी सवारी सञ्चालनमा रोक लगाएका थिए । विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका बन्दकर्ताले कैलालीको गोदावरी३ चौकिडाडाँमा जिल्ला अदालत बाँकेको गाडी तोडफोड गरेका थिए । गेटामा…
धनगढी: धनगढीका ४२८ घरधनीलाई सम्मान गर्ने धनगढी उपमहानगरपालिकाको कार्यक्रम स्थगित गरिएको छ । उपमहानगरले आज सूचना जारी गर्दै भोलि गरिने भनिएको सम्मान कार्यक्रम स्थगित गरिएको जनाएको हो । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा परी आज निधन भएकाले बुधवार गरिने भनिएको सम्मान कार्यक्रम स्थगित गरिएको उपमहानगरले सूचनामार्फत जनाएको छ । उपमहानगरले धनगढी-१ कैलाली पुलदेखि धनगढी-८ हुलाकी सडक जिरो प्वाइन्टसम्मको सडक निर्माण कार्यको शिलान्याश एवं उक्त क्षेत्राधिकार भित्रका भौतिक संरचना स्वस्फूर्त रुपमा हटाई सडक विस्तारमा सहयोग पुर्याएका घरधनीहरुको सम्मान कार्यक्रम हाललाई स्थगित गरिएको सूचनामा उल्लेख छ । उपमहानगरले आफ्नो भौतिक संरचना आफै भत्काएर ‘हाम्रो धनगढी हामी…