Author: महेन्द्रनगर पोष्ट

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले टिकटक प्रतियोगिता गर्ने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले अन्तराष्ट्रिय महिला दिवसको अवसरामा टिकटक प्रतियोगिता गर्न लागेको हो। मन्त्रालयले एक सूचना सार्वजनिक गर्दै लैङ्गिक हिँसा विरुद्धको सचेतना मुलक सन्देशसहितको टिकटक मन्त्रालयलाई पठाउन भनेको छ। प्रतियोगितामा सहभागि उत्कृट तीन जनालाई दश हजारका दरले पुरुस्कृत गर्ने मन्त्रालयले जनाएको छ।

Read More

धनगढीः कैलालीमा प्रहरीले ६ लाख बढीका भन्सार छलीका सामान बरामद गरेको छ। आज (बुधवार) भजनी नगरपालिकाको सिमावर्ती क्षेत्र र जोशीपुर गाँउपालिकाको बिभिन्न स्थानबाट भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याईएका सामानहरु बरामद गरिएको हो। प्रहरीका अनुसार छ लाख छयालिस हजार चार सय बराबरका ती सामानहरु वेवारिशे फेला परेका थिए। अहिले उक्त सरसामानहरु आवश्यक कारबाहीको लागी सत्ति भन्सार कार्यालयमा पठाईएको छ।

Read More

धनगढीः नेकपा एमालेका नेता डा. भीम रावलले भारतबाट आउने तरकारीमा विषादीको परीक्षण नगर्ने भन्नु आपत्तिजनक भएको बताएका छन्। उनले सामाजिक संजाल फेसबुकमार्फत यस्तो जनाएका हुन्। उनले लेखेका छन्, राजनीतिमा लाजहीन नीति र भारतबाट आयातित तरकारीमा विषादीको परीक्षण नगर्ने भन्ने सरकारी नीति एकै पटक प्रकट हुनुको रहस्य के रहेछ। राज्य र राजनीतिको बागडोर समाएकाहरूको देश र जनतामाथिको खेलबाड आपत्तिजनक छ।’

Read More

धनगढीः धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २० वर्षीय शर्बन रानाको करेन्ट लागेर मृत्यु भएको छ। सोही उपमहानगरपालिका–१ बस्ने लल्ला श्रीवास्तवको घरमा विवाहको टेन्ट गाड्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ। फलामको पाइप बिजुलीको मेन लाइनमा छुँदा राना गम्भीर घाइते भएका थिए। कैलाली अस्पताल धनगढीमा उपचारको क्रममा उनको मृत्यु भएको हो। करेन्ट लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

Read More

धनगढीः सुदूरपश्चिम यातायातका व्यवसायी संघका पूर्वअध्यक्ष तथा संस्थापक सदस्य हरिप्रसाद पाण्डेयको निधन भएको छ। आन्द्रामा समस्या देखिएपछि नर्भिक अस्पताल काठमाण्डौँमा उपचारका क्रममा ७१ वर्षीय पाण्डेयको आज बिहान निधन भएको हो। पाण्डेको निधनले यातायात क्षेत्रमा अपुरणीय क्षती भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले बताए। उनले सरल स्वभावका पाण्डेयले यातायातको क्षेत्रमा पु¥याउनु भएको योगदान कहिले बिर्सन नसकिने बताए।

Read More

धनगढीः धनगढीको न्यू लक्ष्मी समिल तथा फर्निचर उद्योगमा आगलागी भएको छ। बुधवार धनगढी उपमहानगरपालिका ६ स्थित ढुङ्गे बजार बस्ने धर्मराज जोशीको फर्निचर उद्योगमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दका अनुसार सो उद्योगको छानोमा वल्डीङ्ग गर्ने क्रममा बिजुलीको झिल्का खरले छाएको छानोमा खसी आगलागी भएको थियो। आगलागीबाट उद्योगमा रहेका मेसिन, औजार, काठ, प्लाई, पलङ्ग, मोटर र लुगा कपडा गरी करीब ३६ लाख बरावरको क्षती भएको, बताइएको छ। आगलागीको खबरपछि धनगढी उपमहानगरपालिकाको दमकल, स्थानीय र नेपाल प्रहरीले आगो पुर्णरुपमा नियन्त्रणमा लिएको थियो।

Read More

धनगढीः सेती प्रादेशिक अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालनमा आएको छ। मङ्गलवारदेखि प्रदेशका जिल्ला अस्पताल र अन्य अस्पतालमा टेलिमेडिसिन सेवा दिन थालिएको हो। सेती प्रादेशिक अस्पतालबाट भिडियो कन्फ्रेन्समार्फत चिकित्सक तथा विरामीलाई विशेषज्ञमार्फत स्वास्थ्य परामर्श, उपचार र निदानात्मक सेवा प्रदान गरिने छ। जसबाट सेतीको विशेषज्ञ सेवा भर्चुअल माध्यमबाट अन्य अस्पतालले प्राप्त गर्ने छन्। भिडियो कन्फ्रेन्समार्फत सेतीका विशेषज्ञ चिकित्सकहरूले टेलिमेडिसिन सेवामार्फत उपचार परामर्श, रिपोर्ट परीक्षण, लक्षण र विरामीको अवस्थाको पहिचान गरेर जिल्लाका अस्पतालमा रहेका चिकित्सकलाई प्रभावकारी उपचार गर्न सहयोग गर्ने टेलिमेडिसिन सेवाका फोकल पर्सन वरिष्ट कन्सल्टेन्ट फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए। ‘टेलिमेडिसिन सेवाबाट भर्चुअल माध्यमबाट अन्य अस्पतालमा विशेषज्ञ सेवा दिन सकिने छ’ उनले भने,…

Read More

धनगढीः सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्ष २०७९÷८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट कार्यान्वयन गर्नुपर्ने छ। चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार अर्थात ३३ दशमलव ४६ प्रतिशत र पूँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार अर्थात ६५ दशमलव ७४ प्रतिशत बजेट कार्यान्वयन गर्नुपर्ने दायित्व छ। तर चालु आर्थिक वर्ष सुरु भएको ६ महिनामा ५० प्रतिशत कार्यान्वयन भइसक्नुपर्ने पुँजीगत बजेट कार्यान्वयन ११ प्रतिशत पनि देखिएको छैन्। सो अवधिसम्म पुँजीगत बजेट १० दशमलव ९३ तथा चालु बजेट २१ दशमलव २१ प्रतिशत मात्र कार्यान्वयन भएको पाइएको हो। प्रदेश कोष नियन्त्रक बासुदेव जोशीले…

Read More

धनगढीः गृह मन्त्रालयको आन्तरिक कार्यसम्पादन मूल्यांकनमा बझाङसहित तीनवटा जिल्ला प्रशासन कार्यालय अनुत्तीर्ण भएका छन। अर्धन्यायिक अधिकारको समेत प्रयोग गरिरहेका जिल्ला प्रशासन कार्यालयहरूमध्ये बझाङ, जाजरकोट र चितवन ६ महिने कार्यसम्पादनमा कमजोर देखिएका हुन। पश्चिम रुकुम भने कार्यसम्पादनमा सर्वोत्कृष्ट ठहरिएको छ। ११.५० अंकसहित कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएको जाजरकोटमा गत असोज १२ यता उपसचिव अञ्जन न्यौपाने प्रमुख जिल्ला अधिकारी छन। त्यसअघि उपसचिव रामबहादुर शाही प्रजिअ थिए। दुवै प्रजिअको पालामा जिल्ला प्रशासनको कार्यसम्पादन कमजोर रहेको हो। १२.१९ अंक पाएको चितवनमा विगत १५ महिना आसमान तामाङ प्रजिअ थिए। माघ १६ देखि सुरेन्द्र पौडेलले जिल्ला प्रशासनको नेतृत्व गरिरहेका छन। १४।१० अंक पाएको बझाङमा गत माघसम्म बाबुराम…

Read More

धनगढीः कैलालीको त्रिनगर ट्राफिक पोस्टका ईन्चार्ज तथा प्रहरी नायव निरीक्षक (सई) नरिभान साउँदमाथि छानविन गर्न माग गर्दै निवेदन परेको छ। हुलाकमार्फत ‘जनआवाज धनगढी’को नामबाट नेपाल पत्रकार महासंघ कैलाली शाखामा निवेदन परेको हो। ‘जनताको गुनासो र सही छानविन’ लेखिएको निवेदनमा सई साउँदमाथि विभिन्न आरोप लगाउँदै छानविन गरि कारबाही गर्नुपर्ने माग गरिएको छ। सई साउँदले धनगढीस्थित दीपेन्द्र प्रहरी स्कुलको एकाउन्टेन्ट हुँदा भवन निर्माणका क्रममा विभिन्न नक्कली बिलहरु पेश गरि भ्रष्टाचार गरेको, त्रिनगर ट्राफिक पोष्टमा बसेर प्रत्येक टेक्टर, अटोलगायतका गाडीहरुमाथि अत्याधिक ज्यादती गरेको आरोप छ। यस्तै चितवनमा एकाण्टेन्ट हुँदा पनि उनी भ्रष्टाचार गरि कारबाहीमा परेको र फेरी ट्राफिकको तालिम नगरि ट्राफिक इन्चार्ज पाएको…

Read More