Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सशस्त्र प्रहरीले पर्सामा १४३ किलो गाँजा बरामद गरेको छ । वीरगन्ज महानगरपालिका ड्राइपोर्ट परवानीपुर सडकखण्डबाट सो गाँजा बरामद गरिएको हो । रोकिराखेको भारतीय नम्बर प्लेटको मालवाहक ट्रकबाट सो गाँजा बरामद गरिएको सशस्त्रले जनाएको छ । ट्रक र गाँजा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

Read More

काठमाडौं – नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ। बिहीबार बस्ने सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि आज बुधबार काँग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो। बैठकका लागि नेताहरू पार्टी कार्यालय सानेपा आउने क्रम जारी छ। आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँडको विषयमा छलफलका लागि बिहीबार कार्यदलको बैठक बस्दै छ। त्यसअघि आन्तरिक तयारी स्वरूप काँग्रेस पदाधिकारी बैठक आज बस्न लागेको हो।

Read More

काठमाडौं – नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्न विभिन्न पार्टी कमिटीका बैठक बोलाउने तयारी गरेको छ । एमालेले केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो । एमाले नेताहरूका अनुसार आगामी भदौ १५ गतेभित्र पार्टी कमिटीका सबै बैठक बसेर चुनावी कार्ययोजनासहितको रणनीति तय गर्नेछ । एमाले उपमहासचिव समेत रहेका नेता विष्णु रिमालले पनि बैठकको तयारी भइरहेको बताए । ‘बैठक बस्ने निश्चित हो । तर समय तय भैसकेको छैन । आज भोलिभित्रै सचिवालय बैठक बसेर अरू बैठक कहिले कहिले बस्ने भन्ने टुङ्गो लाग्छ’, उपमहासचिव रिमालको भनाइ छ । एमालेको…

Read More

काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ बढेको हो। मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो।…

Read More

काठमाडौं – ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले १० हजार भत्ता पाउने भएका छन्। ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो। उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडादशैँ ताका वर्षको एकपटक १० हजार दिने निर्णय गरिसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए। उनले भने, ‘यो रकम पाएसँगै समाजका जिउँदो इतिहास बूढापाकाको मन ज्यादै हर्षित हुनेछ। उहाँहरूलाई चाडपर्व मनाउन सन्तानसँग हात थाप्नु नपरोस् भनी यस कामलाई अघि बढाउन लागेका हौँ।’ महानगरपालिकाले गत वर्षसम्म उक्त उमेर समूहका नागरिकलाई रु पाँच हजार दिने गरेकामा यस वर्ष रु पाँच हजार थप गरी १० हजार दिने भएको महर्जनले…

Read More

काठमाडौं – नेपाली कला क्षेत्रका वरिष्ठ छायाँकार विदुर पाण्डेको निधन भएको छ । बुधबार बिहान हृदयाघातका कारण उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए । पाण्डेलाई सीतापाइला स्थिति आफ्नै घरमा हृदयाघात भएपछि उपचारका लागि गङ्गालाल अस्पताल पुर्‍याइएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । उनी ५४ वर्षका थिए । ‘कागबेनी’ लगायत केही फिल्म छायाङ्कन गरेका पाण्डे म्युजिक भिडियोका लोकप्रिय छायाँकार हुन् । हजारौ म्युजिक भिडियो र थुप्रै विज्ञापन चलचित्र उनले छायाङ्कन गरेका छन् । पाण्डेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर आज स्वदेश फर्किँदै छन्। नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा गत शुक्रबार जापान गएका प्रचण्डसहितको टोली आज दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ। टोलीमा अध्यक्ष प्रचण्डसँगै उनका स्वकीय सचिव रमेश मल्ल, प्रेस संयोजक सूर्य किरण र निजी सचिव गङ्गा दाहाल छन्। जापानमा रहँदा विभिन्न कार्यक्रममा सहभागी भएका प्रचण्डले त्यहाँको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निकाईसँग भेटवार्ता गरेका थिए।

Read More

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा फोटोसहितको मतदाता नामावलीमा नाम भई मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगले मतदाताको उमेरसम्बन्धी अन्तिम मिति तय गर्दै सो निर्णय गरेको हो। मंसिर ४ गते मतदान हुँदैछ। २०७९ साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएकाले मात्रै यो सुविधा पाउने छन्। आयोग साउन २० गतेबाट नयाँ मतदाताको नामावली संकलन गर्ने कार्य स्थगित गरिसकेको छ। ‘नामावलीमा भएको त्रुटि सच्याउने, कसैले भुटा विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदसयको…

Read More

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकका लागि विभिन्न ९ वटा कार्यसूची तय भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देशसहितको ‘तथ्यांक विधेयक, २०७८ माथिको दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । देउवाले नै ‘तथ्यांक विधेयक, २०७८’ का विषयमा प्राप्त संशोधनलाई निर्णयार्थ सदनमा प्रस्तुत गर्ने भनिएको भए पनि उनको तर्फबाट कानुनमन्त्रीले संसदमा विधेयक प्रस्तुत गर्दै आएका छन्। त्यसपछि ‘तथ्यांक विधेयक २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत पनि गरिनेछ। देउवाले राष्ट्रिय सभाको सन्देशसहितको ‘शपथसम्बन्धी विधेयक, २०७९ माथिको दफाबार छलफफल सदनमा प्रस्तुत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यक्रमको…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो पटक दार्चुला आउने भएका छन । दार्चुलाको त्रिदेशिय सिमामा रहेको व्यासँ गाउँपालिका भम्रणका लागि राष्ट्रपति भण्डारी दार्चुला आउने कार्यक्रम रहेको व्याँस गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष एवम् गाउँपालिका प्रवक्ता उपेन्द्र सिह धामीले जानकारी दिनु भएको छ । मंगलबार दार्चुलाबाट निर्वार्चित प्रतिनिधि सभा सदस्य गणेश सिह ठगुन्नाको नेत्तृवमा गएको टोलीले राष्ट्रपति विद्या देवी भण्डारीलाई शितल निवासमा भेटघाट संगै दार्चुलाको व्यासँ गाउँपालिका भम्रणका लागि निम्तो दिएको प्रवक्ता धामीले बताउनु भयो । साउन ९ गते बसेको व्यासँ गाउँकार्यपालिका बैठकले राष्ट्रपति भण्डारीलाई व्यासँ गाउँपालिका बोलाउने निर्णय गरेको गाउँपालिका प्रवक्ता धामीले बताउनु भयो । राष्ट्रपतिले व्यासँ गाउँपालिका आएर…

Read More