Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । मंगलबार दिउँसो उनीहरु बालुवाटार पुगेको समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराई र यादवले हालै नयाँ पार्टी गठन गरेका हुन् । समसामयिक राजनीतिक विषय, गठबन्धन, चुनावी तालमेल लगायतका विषयमा छलफल हुने पाण्डेले जानकारी दिए ।

Read More

महेन्द्रनगर – देशभर व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवाका लागि परिचित भायानेट कम्युनिकेसन लि. ले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको महेन्द्रनगरमा नयाँ साखा विस्तार गरेको छ । आफ्नो ग्राहकहरूका लागि समय-समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब महेन्द्रनगरका सर्व-साधारण पनि लाभान्वित हुनेछन्। पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा-फाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन् । यसै सन्दर्भमा महेन्द्रनगरमा सेवा विस्तार भएको खुशीयाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिना सम्मको फ्री ओपेनिङ अफर उपलब्द गराएको छ । साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा एक हजार ९० जनामा कोरोना संक्रमण भएको छ ।६३०० जनामा गरिएको परीक्षणमा एक हजार ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन् । यस्तै, ४३८ जना भने कोरोना निको भएर डिस्चार्ज भएका छन् ।

Read More

काठमाडौं – आगामी ३० र ३१ साउनमा स्थानीय तहका जनप्रतिनिधिका लागि राखिएको शुभकामना तथा अभिमुखीकरण कार्यक्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने भएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएका छन् । ‘ललितपुरमा हुने दुई दिने बधाई शुभकामना तथा अभिमुखीकरण कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्षहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार अभिमुखीकरण…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) साहले फोहोर बोक्ने तथा व्यवस्थापनमा प्रयोग गरिएका साधनमाथिको तोडफोड जघन्य अपराध भएको बताएका छन् । अज्ञात व्यक्तिले सोमबार राति बन्चरे डाँडामा रहेका फोहोर बोक्ने र व्यवस्थापनमा प्रयोग गरिने साधनमाथि तोडफोड भएपछि मेयर साहले उक्त कार्य जघन्य अपराध भएको प्रतिक्रिया दिएका हुन् । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने प्रयास नगर्न आग्रह गरेका उनले फोहोर बोक्ने साधनमाथिको तोडफोड घटनाको अनुसन्धान गर्न र सुरक्षाको व्यवस्था गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् । सवारीसाधन तोडफोड गर्नलाई कडा कारबाही गर्न माग गर्दै मेयर साहले फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा यस घटनालाई लिएको बताएका…

Read More

काठमाडौँ- नेकपा एमालेले प्रदेश र संघीय निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । मंगलबार एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरू आयोग पुगेर आगामी निर्वाचनका लागि दल दर्ता गराएका हुन् । दल दर्तापछि एमाले उपमहासचिव ज्ञवालीले आगामी निर्वाचनमा एमाले गठबन्धन बनाएर चुनाव नलड्ने बताए। ज्ञवालीले विचार र एजेन्डा मिल्नेहरूसँग कहीँ कतै तालमेल हुनसक्ने जिकिर गरे। निर्वाचनमा दलहरूका आफ्ना बिचारहरू जनतामाझ लगेर जनमत लिनुपर्ने भए पनि अहिलेको देखिएको गठबन्धनको प्रवृत्ति लोकतन्त्रका लागि दीर्घकालीन रूपमा स्वास्थ्यकर नरहेको उनले बताए। ज्ञवालीले कांग्रेस जस्तो कुनै समयमा दुई तिहाइ बहुमत ल्याएको पार्टी अहिले तालमेल नगरी एउटा पनि निर्वाचन क्षेत्रमा लड्न नसक्ने अवस्थामा…

Read More

पाँचथर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाएका छन् । पाँचथरको फिदिममा आज प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएका हुन् । यस्तै उनले आगामी मङ्सिर ४ गते प्रदेश र सङ्घीय निर्वाचनमा विचार नमिल्ने दल वा समूहसँग एमालेले गठबन्धन या तालमेल नगर्ने पनि बताए । एमालेले राप्रपा वा अन्य साना दलसँग मिलेर सत्तारूढ गठबन्धनसँग चुनाव लड्ने चर्चा चलेको भए पनि त्यसका लागि गृहकार्य र वार्ता सुरु नभएको उनको भनाइ थियो । उपनेता नेम्वाङ्ले वर्तमान सरकारका कमीकमजोरी र विगतमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरुलाई एजेन्डा…

Read More

काठमाडौं – जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टीका शीर्षनेताबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेता तथा जापानी प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निक्कईबीच भेटवार्ता भएको भएको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिइन् । तोसिहिरो निक्कइ पूर्व अर्थ, व्यापार र उद्योगमन्त्री पनि हुन् । सो भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदानदेखि स्थानीय सहर/नगरहरुबिच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पुर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल…

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादीको सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँड हुनुपर्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरबारे भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेकोबारे जानकारी गराउन बालुवाटार पुगेका उनले प्रधानमन्त्रीसँग सो कुरा बताएका हुन् । उनले गठबन्धनमा अहिले दलहरू थप्ने विषयमा जे आधारमा थपिएको छ, त्यही आधारमा आवश्यक तालमेल गर्नुपर्ने बताएका छन् । नेता खनालले प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकाले ०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँड गर्न आवश्यक रहेको बताए । उनले गठबन्धनमा सहभागी दललाई…

Read More

कञ्चनपुर – भारतसँग सीमा जोडिएका कञ्चनपुरका २० वटा स्थानमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बिओपी)मध्ये छ बाहेक अन्यमा भौतिक संरचनाको अभाव रहेको छ । वर्षातका बेला सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई बस्नकै लागि भरपर्दो भौतिक संरचना नहुँदा सास्ती खेप्न बाध्य छन् । पुर्नवास, बेलौरी, देवीस्थान, भुडा, ब्रह्मदेव, पचुइमा मात्रै बस्नका लागि भवन रहेका छन् । अन्य बिओपीमा बस्नका लागि टेन्ट र कच्ची संरचना रहेका छन् । अधिकांश बिओपी बस्नलायक नभएको बताइएको छ । वर्षातकका बेला टेन्ट र छाप्रामा बस्नुपर्दा हतियार जोगाउनै सशस्त्र प्रहरीलाई मुस्किल छ । टेन्ट र छाप्रा चुहिनेसँगै डुबानमा समेत पर्ने भएकाले सशस्त्र प्रहरीलाई निकै सास्ती छ…

Read More