Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा विष सेवन गरेका एक जनाको मृत्यु भएको छ। आज (बुधवार) जिल्लाको गौरीगंगा नगरपालिका ७ ईन्द्रपुर बस्ने डबल बहादुर कामीकी श्रीमती बर्ष ५० की सेतु कामीको मृत्युु भएको हो। प्रहरीका अनुसार उनले आफ्नै घरमा सल्फास नामक विषादी सेवन गरी उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा उपचारको क्रममा आजै ज्यान गएको हो।

Read More

धनगढीः प्राइम लाइफ इन्स्योरेन्स धनगढीका शाखा प्रमुख नरेशबहादुर सिंहले जन्मदिनको अवसरमा दृष्टी फाउन्डेशनलाई सहयोग गरेका छन्। आज सिंहले जन्मदिनको अवसरमा फाउन्डेशनमा गएर सहयोग गरेका हुन्। उनले आज परेको आफ्नो जन्मदिनको अवशर पारी दृष्टी फाउन्डेसनमा आश्रय लिएर बसेकाहरुलाई बिहानको खाना खुवाएको बताए। सामाजिक प्राणीले समाजप्रतीको उत्तरदायित्व निभाउनुपर्छ भन्ने हेतुले सामान्य सहयोग गरेको उनले बताए।

Read More

धनगढीः कैलालीमा झुण्डिएको अवस्थामा दुई जना मृत अवस्थामा भेटिएका छन्। जिल्लाको कैलारी गाउँपालिकाको हसुलियामा बुधबार महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले दुवै जना मृत भेटिएको पुष्टि गरे तर घटनाबारे विस्तृत विवरण आउन भने बाँकी छ। जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ गएको छ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले टिकटक प्रतियोगिता गर्ने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले अन्तराष्ट्रिय महिला दिवसको अवसरामा टिकटक प्रतियोगिता गर्न लागेको हो। मन्त्रालयले एक सूचना सार्वजनिक गर्दै लैङ्गिक हिँसा विरुद्धको सचेतना मुलक सन्देशसहितको टिकटक मन्त्रालयलाई पठाउन भनेको छ। प्रतियोगितामा सहभागि उत्कृट तीन जनालाई दश हजारका दरले पुरुस्कृत गर्ने मन्त्रालयले जनाएको छ।

Read More

धनगढीः कैलालीमा प्रहरीले ६ लाख बढीका भन्सार छलीका सामान बरामद गरेको छ। आज (बुधवार) भजनी नगरपालिकाको सिमावर्ती क्षेत्र र जोशीपुर गाँउपालिकाको बिभिन्न स्थानबाट भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याईएका सामानहरु बरामद गरिएको हो। प्रहरीका अनुसार छ लाख छयालिस हजार चार सय बराबरका ती सामानहरु वेवारिशे फेला परेका थिए। अहिले उक्त सरसामानहरु आवश्यक कारबाहीको लागी सत्ति भन्सार कार्यालयमा पठाईएको छ।

Read More

धनगढीः नेकपा एमालेका नेता डा. भीम रावलले भारतबाट आउने तरकारीमा विषादीको परीक्षण नगर्ने भन्नु आपत्तिजनक भएको बताएका छन्। उनले सामाजिक संजाल फेसबुकमार्फत यस्तो जनाएका हुन्। उनले लेखेका छन्, राजनीतिमा लाजहीन नीति र भारतबाट आयातित तरकारीमा विषादीको परीक्षण नगर्ने भन्ने सरकारी नीति एकै पटक प्रकट हुनुको रहस्य के रहेछ। राज्य र राजनीतिको बागडोर समाएकाहरूको देश र जनतामाथिको खेलबाड आपत्तिजनक छ।’

Read More

धनगढीः धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २० वर्षीय शर्बन रानाको करेन्ट लागेर मृत्यु भएको छ। सोही उपमहानगरपालिका–१ बस्ने लल्ला श्रीवास्तवको घरमा विवाहको टेन्ट गाड्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ। फलामको पाइप बिजुलीको मेन लाइनमा छुँदा राना गम्भीर घाइते भएका थिए। कैलाली अस्पताल धनगढीमा उपचारको क्रममा उनको मृत्यु भएको हो। करेन्ट लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

Read More

धनगढीः सुदूरपश्चिम यातायातका व्यवसायी संघका पूर्वअध्यक्ष तथा संस्थापक सदस्य हरिप्रसाद पाण्डेयको निधन भएको छ। आन्द्रामा समस्या देखिएपछि नर्भिक अस्पताल काठमाण्डौँमा उपचारका क्रममा ७१ वर्षीय पाण्डेयको आज बिहान निधन भएको हो। पाण्डेको निधनले यातायात क्षेत्रमा अपुरणीय क्षती भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले बताए। उनले सरल स्वभावका पाण्डेयले यातायातको क्षेत्रमा पु¥याउनु भएको योगदान कहिले बिर्सन नसकिने बताए।

Read More

धनगढीः धनगढीको न्यू लक्ष्मी समिल तथा फर्निचर उद्योगमा आगलागी भएको छ। बुधवार धनगढी उपमहानगरपालिका ६ स्थित ढुङ्गे बजार बस्ने धर्मराज जोशीको फर्निचर उद्योगमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दका अनुसार सो उद्योगको छानोमा वल्डीङ्ग गर्ने क्रममा बिजुलीको झिल्का खरले छाएको छानोमा खसी आगलागी भएको थियो। आगलागीबाट उद्योगमा रहेका मेसिन, औजार, काठ, प्लाई, पलङ्ग, मोटर र लुगा कपडा गरी करीब ३६ लाख बरावरको क्षती भएको, बताइएको छ। आगलागीको खबरपछि धनगढी उपमहानगरपालिकाको दमकल, स्थानीय र नेपाल प्रहरीले आगो पुर्णरुपमा नियन्त्रणमा लिएको थियो।

Read More

धनगढीः सेती प्रादेशिक अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालनमा आएको छ। मङ्गलवारदेखि प्रदेशका जिल्ला अस्पताल र अन्य अस्पतालमा टेलिमेडिसिन सेवा दिन थालिएको हो। सेती प्रादेशिक अस्पतालबाट भिडियो कन्फ्रेन्समार्फत चिकित्सक तथा विरामीलाई विशेषज्ञमार्फत स्वास्थ्य परामर्श, उपचार र निदानात्मक सेवा प्रदान गरिने छ। जसबाट सेतीको विशेषज्ञ सेवा भर्चुअल माध्यमबाट अन्य अस्पतालले प्राप्त गर्ने छन्। भिडियो कन्फ्रेन्समार्फत सेतीका विशेषज्ञ चिकित्सकहरूले टेलिमेडिसिन सेवामार्फत उपचार परामर्श, रिपोर्ट परीक्षण, लक्षण र विरामीको अवस्थाको पहिचान गरेर जिल्लाका अस्पतालमा रहेका चिकित्सकलाई प्रभावकारी उपचार गर्न सहयोग गर्ने टेलिमेडिसिन सेवाका फोकल पर्सन वरिष्ट कन्सल्टेन्ट फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए। ‘टेलिमेडिसिन सेवाबाट भर्चुअल माध्यमबाट अन्य अस्पतालमा विशेषज्ञ सेवा दिन सकिने छ’ उनले भने,…

Read More