धनगढी: भू–स्वर्ग मानिने सुदूरपश्चिम प्रदेशको खप्तड क्षेत्रमा पहिलोपटक यही जेठ २३, २४ र २५ गते अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ। सम्मेलनको पूर्वतयारीका सिलसिलामा हिजो धनगढीमा भएको छलफलमा सो जानकारी दिइएको हो। सम्मेलनको तयारीस्वरुप भएको छलफलमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा चार सय एक सदस्यीय सम्मेलन मूल तयारी समिति गठन गरिएको छ। समितिअन्तर्गत विभिन्न १२ उपसमिति गठन गरिएको छ। कार्यक्रममा मुख्यमन्त्री शाहले खप्तडको विकासका लागि सबैबाट सकारात्मक प्रयास हुनुपर्नेमा जोड दिनुभयो । खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको बताए ।प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा…
Author: महेन्द्रनगर पोष्ट
बैतडी: बैतडीमा रुखबाट लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको मेलौली नगरपालिका – ३ कुजागाडकी ३७ वर्षीया बिमला भाटको मृत्यु भएको हो। गत बैशाख २३ गते आफ्नै खरबारीमा स्याउला काट्न गएकी बिमला रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन्।घाइते बिमलाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको थियो। गम्भीर घाइते बिमलाको उपचार सम्भव नभएको भन्दै डाक्टरहरुले अस्पतालबाट डिस्चार्ज गरेपछि घर ल्याउने क्रममा बिहिवार राती उनको मृत्यु भएक देवर जय सिंह भाटले जानकारी दिए।
धनगढी: नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुग्याएको छ। संसदीय दलका नेता खगराज भट्टका अनुसार कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुुंग्याइएको हो। यसअघि कञ्चनपुरका ओमबिक्रम भाट, अछामका अक्कल रावल र दार्चुलाकी लक्ष्मी बिक सरकारमा जाने सहमती भएको नेताहरुले बताउने गरेका थिए। तर उनीहरुको नाम काटिएको छ।
बुटवल: पूर्वपश्चिम् राजमार्ग अन्तरगत दाङको देउखुरीमा शुक्रबार बिहान साढे ५ बजे दुई बस एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन्। मृत्यु हुनेमा रोल्पा रुन्टीगढी -७ कि ४२ वर्षीया सोभा परियार रहेकी छन्। सोभाका दुई छोरा पनि दुर्घटना घाइते भएका छन्। लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र विरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका -३ फल्कापुरमा एक आपसमा ठोक्किएर दुर्घटना भएको वडा प्रहरी कार्यलय प्रमुख शंकर श्रेष्ठले जानकारी दिए।
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरकी २६ वर्षीया डा. प्रसन्ना शाह मृत फेला परेकी छिन्। बिहिबार बिहान उनी आफ्नो घरमै मृत भेटिएकी थिइन्। शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले जानकारी दिए। मृत्युको कारण नखुलेको उनले जानकारी दिए। शवको पोस्टमार्टम भएको छ तर रिपोर्ट आउन बाँकी रहेको प्रहरीको भनाई छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्। उनी मृत फेला परेपछि अस्पतालले उनको परिवारप्रति समवेदना जनाएको छ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह र शिवानी श्रेष्ठबीच इन्गेजमेन्ट भएको छ।यहि जेठ १ गते काठमाडौंमा एक समारोहबीच उनीहरुको इन्गेजमेन्ट भएको हो। पूर्वराजदूत केदारभक्त श्रेष्ठकी नातिनी शिवानी श्रेष्ठसँग जयविरको इन्गेजमेन्ट भएको थियो। दुई परिवारको सहभागितामा इन्गेजमेन्ट भएको हो। जयवीरसिंह शेरबहादुर देउवाका एक्ला सन्तान हुन् भने शिवानी केदारभक्तका छोरा सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन्। जयवीरसिंह र शिवानीको इन्गेजमेन्टको जानकारी शिवानाकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत दिएकी हुन्। देउवाको पारिवारिक स्रोतका अनुसार जयवीर र शिवानीबीच माघमा बिहे गर्ने तयारी छ ।
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति कोशी प्रदेशको थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
धनगढी: बैतडीमा सुर्नया गाउँपालिकाको वडा नम्बर–६ खर्काधारमा टिप्पर दुर्घटना भएको छ। से १ ख १६५८ नम्बरको टिप्पर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। प्रहरीका अनुसार टिप्पर दुर्घटनामा परेर टिप्परका सहचालक ‘खलासी’ २४ वर्षीय अशोक बोहरा घाइते भएका छन्। घाइते बोहराको टाउको, ढार र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। बोहरालाई उपचारका लागि डडेल्धुरा ल्याइएको छ। बिहीवार साँझ ५ बजेतिर सुर्नया गाउँपालिका अन्तर्गतको मोतीनगर–हेपो सडकखण्डमा माटो अनलोड गर्ने बेला टिप्पर दुर्घटनामा परेको थियो। टिप्परमा चालक र सहचालक मात्रै सवार रहेको र चालक सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
डडेल्धुरा: जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध जाहेरी दिन आग्रह गरेको छ। सो सहकारीको जिल्ला शाखाले बचतकर्ताको बचत रकम, सावाँ, ब्याज फिर्ता नगरेको वा ठगी गरेको भए उजुरी दिन आग्रह गरेको हो। बिहीबार राति प्रहरी कार्यालयले एक सूचना जारी गर्दै भक्तपुरमा केन्द्रीय कार्यालय रहेको सो संस्थाका विभिन्न जिल्ला शाखाका बचतकर्ताले बचत रकम फिर्ता नपाएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दिएकाले डडेल्धुरामा पनि त्यस्तो समस्या भए जाहेरी दरखास्त पेश गर्न आग्रह गरेको हो । आफ्नो नागरिकता, पासबुक लगायतका प्रमाण सहित जिल्ला प्रहरीको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न सूचनामार्फत अनुरोध गरिएको छ। यसैबीच भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा…
धनगढीः ‘धर्तीको स्वर्ग’ उपमाले चिनिएको सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको छ । खप्तडलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएर पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आध्यात्मिक सम्मेलन हुन लागेको हो । सम्मेलन खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा यही जेठ २३ गतेदेखि तीन दिनसम्म हुनेछ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको बताइएको छ । सम्मेलनमा स्वामी रामदेवले योगाभ्यास र ध्यान गराउने तथा प्रवचन दिने तय भएको छ । आध्यात्मिक सम्मेलनमा पूर्वप्रधानमन्त्री, सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेता, जगतगुरु कृपाचार्य, आचार्य बालकृष्णलगायत विशिष्ट व्यक्तित्वसहित करिब पाँच सय जनालाई सहभागी गराउने आयोजक…