धनगढीः धनगढीको दशरथ भीम उद्यान ‘लभपार्क’ प्रवेशमा रकम असुली भइरहेको पाइएको छ। पार्कमा धनगढी नगर सभाबाट पारित गरिएको दर विपरीत रकम असुली हुँदै आएको पाइएको हो। धनगढी उपमहानगरपालिकाको नगर सभाले भीम उद्यान प्रवेशका लागि स्वदेशी नागरिकबाट १० रुपैयाँ, विदेशी नागरिकबाट ४० रुपैयाँ, फोटो खिच्ने क्यामराबाट २० रुपैयाँ, भिडियो क्यामराबाट चार सय रुपैयाँ र फिल्मका लागि पाँच सय रुपैयाँ प्रदेश शुल्कको दर बनाएको छ। तर पार्क प्रवेशमा स्वदेशी नागरिकबाट २५ रुपैयाँका दरले रकम असुली हुँदै आएको महालेखापरिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ। महालेखाको प्रतिवेदनमा भीम उद्यानमा होली हंगामा कार्यक्रमको आयोजना गर्दै एक सय ५० रुपैयाँसमेत लिने गरिएको उल्लेख गरिएको छ। नगर सभाबाट…
Author: महेन्द्रनगर पोष्ट
धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी गएर आजै राजधानी फर्कने कार्यक्रम छ। उनी बिहान पौने ९ बजे गएर साँझ साढे ५ बजे फर्कने कार्यतालिका रहेको छ। प्रधानमन्त्री बिहान बुद्ध एअरको उडान नम्बर एचबीएचए २५१ बाट धनगढी गएर बेलुकी श्री एअरलान्सको उडान नम्बर एसएचए २२६ बाट राजधानी फर्कनेछन्। सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागि हुन प्रधानमन्त्री सुदूरपश्चिम आउन लागेका हुन्। प्रधानमन्त्री आज महेन्द्रनगर पुग्ने बताइएको छ।
धनगढीः अछामस्थित कर्णाली नदीमा आमाछोरी मृत अवस्थामा भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ढकारी गाउँपालिका–४ की २२ वर्षीया कमला कुमारी बुढा र उनका ५ महिने शिशु कर्णाली नदीको किनारमा मृत अवस्थामा भेटिएका हुन्। कमला १६ चैत्रदेखि परिवारको सम्पर्कमा थिइनन्। स्थानीय ज्ञानमन्दिर मेडिकलमा उपचारका लागि जान्छुँ भनेर छोरासहित घरबाट हिँडेकी उनी त्यसपछि बेपत्ता थिइन्। हराएको ९ दिनपछि अछाम प्रहरीले आमाछोराको शव कर्णाली नदीको किनारमा फेला पारेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट श्रीमान् धर्मबहादुर साउँद र मृतक कमलाबीच पारिवारिक खटपट रहेको खुलेको छ। मृत्युको एकिन कारण भने खुल्न सकेको छैन। श्रीमान् धर्मबहादुर प्रहरीको निगरानीमा रहेका छन्। ‘प्रारम्भिक रुपमा घटना प्रकृति हेर्दा पानीमा…
धनगढीः स्थापनाको छोटो समयमै नागरिक उन्मुक्ति पार्टीभित्र आन्तरिक असन्तुष्टि बढ्दै गएको छ। पार्टी कैलाली केन्द्रीत भएको, त्यहीँका नेताहरुलाई मात्र अवसर दिएको र अन्यत्रकालाई किनारा पारिएको भन्दै बिवाद छताछुल्ल हुन थालेको छ। पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भएको, संरक्षक रेशम चौधरी र अध्यक्षसमेत रहेकी उनकी पत्नी रञ्जिता श्रेष्ठको हालिमुहाली चलिरहेको भन्दै लामो समयदेखि असन्तुष्ट नेता सुरेन्द्र चौधरीले पार्टी छाडेको घोषणा गरेको केहीँ दिनपछि उनलाई कारबाही गरेको उक्त पार्टीले जनाएको छ। नेता चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी त्यागको घोषणा गरेका थिए। त्यसपछि पार्टी हितविपरीत काम गरेको भन्दै उन्मुक्तिले चौधरीलाई कारबाही गरेको जनाएको छ। पार्टी हितविपरीत काम गरेकाले चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी…
भानुभक्त आचार्य, कैलाली: ‘गाउँमा बाघ पस्यो ’ केही हुल मान्छेहरू बाटोतर्फ भागे । ‘कहाँ छ ’ ३५ वर्षीय बमबहादुर खड्काले सोधे । ‘ऊ उता’ मान्छेहरू देखाउँदै दौडिए । आफ्नै दोकानमा बसिरहेका बम पनि पछि पछि दौडिए । बाघ भनेर पच्छाइरहेकाहरूले पछि थाहा पाए त्यो चितुवा रहेछ । नजिकैको जंगलबाट गाउँ पसेको चितुवा हेर्नेहरूको घुइँचो लाग्यो । ‘ला…अब कसलाई खान्छ ?’ साउन ३ गतेको घटना स्थानीयको आँखामा घुम्यो । डोटीकै दिपायल सिलगढी नगरपालिका वडा ७ उडितोलामा घरभित्र चितुवा पसेर आक्रमण गर्दा दुईजना घाइते भएका थिए । चितुवाको आक्रमणबाट ४५ बर्सकी पार्वती विकको हात, टाउकोमा र उनकी ३ वर्षीया छोरी लक्ष्मीको विकको…
धनगढी: अहिलेसम्म विभिन्न समयमा गरी एक दर्जन बढी प्रहरी अधिकृतहरुले कंचनपुरकी निर्मला पन्त प्रकरणको अनुसन्धान गरिसकेका छन्। घटनाको सुरुवातदेखि नै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली अनुसन्धानमा निरन्तर सक्रिय छ। तर निष्कर्षमा प्रहरी पुग्न सकेको छैन। ०७५ साउन १० गते कञ्चनपुरको भीमदत्तनगर २ कि १३ वर्षीया किशोरी निर्मला पन्त साथीको घर गएकी थिइन्। उनी त्यहाँबाट भासी जाने भन्दै निस्किएकी थिइन्। तर साँझसम्म घर नफर्किएकी निर्मला साउन ११ गते घरभन्दा झन्डै डेढ किलोमिटरको दुरीमा रहेको उखुबारीमा मृत फेला परेकी थिइन्। तत्कालीन समयमा प्रहरी नेतृत्वमा सर्वेन्द्र खनाल थिए। त्यसपछि शैलेश थापा क्षेत्री, ठाकुरप्रसाद ज्ञवाली, धीरजप्रताप सिंहले प्रहरीको नेतृत्व गरिसकेका छन्। हाल प्रहरी नेतृत्वमा…
दार्चुला: जिल्लाको शैल्यशिखर नगरपालिकाले कृषि औजार खरिदमा १ करोड हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा उजुरी परेको छ। कृषि औजार खरिद कार्यक्रम अन्तरगत नगरपालिकाका मेयर विजयसिंह धामीको ठाडो निर्देशनमा टेण्डर नगरी १ करोड हिनामिना गरेको भन्दै उजुरी परेको पाइएको छ। उक्त आवमा संघ र प्रदेश सरकारबाट कृषि औजार खरिदका लागि १ करोड रुपयौँ बजेट आएको थियो। औजार खरिदका लागि टेण्डर गर्नुपर्नेमा मेयर धामीको ठाडो निर्देशनमा टेण्डर नगरी, औजार पनि खरिद नगरेर १ करोड रुपैयाँ स्वाहा पारिएको भन्दै अख्तियारमा उजुरी परेको थियो। कार्यक्रम निर्देशिका बमोजिम कार्यक्रम नगरेरै रकम हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेपछि कार्यालयले नगरपालिकासँग थप कागजात…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गानको अगाडि बज्ने धुन हटाउनुपर्ने बताएका छन्। चुनावी कार्यक्रमका लागि बारा पुगेका उनले आज त्यहाँ आयोजित कार्यक्रममा यस्तो बताएका हुन्। ओलीले राष्ट्रिय गान अगाडि ‘प्याप्या‘ धुन हटाइनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण पनि गराए।’म एउटा कुरा सरकारलाई आग्रह गर्न चाहन्छु- राष्ट्रिय गान अगाडि ‘प्याप्या‘ धुन बजाउँछ। सयौं थुंगा फूलका हामी भन्ने भन्दा अगाडिको धुन राष्ट्रिय गानबाट हटाइनुपर्छ। त्यो राष्ट्रिय गानभित्र पर्दैन’, अध्यक्ष ओलीले भने, ‘र, राष्ट्रिय धुन पनि होइन। अगाडि बजाइने बाजा राष्ट्रिय गानमा पर्दैन म सरकारको ध्यानाकर्षण गराउँछु। सरकारले यस्ता कुरामा ध्यान दिओस्। राष्ट्रियगान शब्दको धुनमा सुरु हुन्छ र शब्दको धुनमा अन्त्य…
धनगढी : नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सचिव तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले शिक्षा क्षेत्रमा रहेको राजनीति नभएर अराजनीति समस्या रहेको बताएका छन्। आज (बुधवार) धनगढीमा शिक्षा अधिकार अनुगमन समूहले आयोजना गरेको सार्वजनिक शिक्षा सुदृढीकरणमा राजनीतिक उत्तरदायित्व विषयक सुदूरपश्चिम प्रदेशस्तरीय अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘पहिलो कुरा त अहिले दलाल पुजीवादीहरुले देश चलाइरहेका छन्। त्यसैले त्यसको प्रभाव सबै क्षेत्रमा परिरहेको छ,’ उनले भने,’शिक्षा क्षेत्रमा पनि प्रभाव छ। तर त्यहाँ राजनीति समस्या होइन, समस्या त अराजनीतिकरण हो। त्यसका कारण हामी अहिले यहाँ पुगेका छौँ।’ अराजनीतिक कुराहरुले समाजमा गलत कुरालाई प्रश्रय गरिरहेको उनको दाबी छ। यस्तै उनले शिक्षा क्षेत्रमा…
धनगढीः नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) ले पार्टीमा आफ्नो कुनै पनि गुट नरहेको बताएका छन्। आज (सोमवार) कैलालीस्थित धनगढीमा आयोजित नेकपा माओवादीको सुदूरपश्चिम प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले आफूले कहिल्यै पनि पार्टीमा गुट नबनाएको र कुनै गुटमा नलागेको बताएका हुन्। यस्तै नेता शर्माले नेकपा माओवादी केन्द्रमा पछिल्लो समय गुटगत प्रवृत्ति बढेको र पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्ने बताए। पार्टीभित्रको गुटगत प्रवृतिले पार्टीमा समस्या निम्तिएको उल्लेख गर्दै माथिल्लो कमिटीबाटै गुट अन्त्यको सुरुवात गरिनुपर्ने उनले बताए। ‘गुट माथिबाटै भत्काउन सुरु गर्ने र तल पनि बाँकी नराख्ने कुरा सँगसँगै लैजानुपर्छ,’ माओवादीको संगठन विभाग प्रमुखसमेत रहेका शर्माले भने, ‘मैले कहिल्यै पनि गुट बनाइन्, म कसैको…