काठमाडौँ: आममाफी पाएपछि कारागारबाट निस्केका रेशम चौधरी मन्त्री क्वार्टरबाट माइतीघर पुगेका छन् । आज बिहान बाजागाजा र फूलमालासहित डिल्लीबजार सदरखोरबाहिर स्वागत गरिएका उनी मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसँगै मन्त्री क्वार्टर पुल्चोक गएका थिए । त्यहाँबाट निस्केर उनी माइतीघर पुगेका हुन् । चौधरी बागमती प्रदेश ०२४ च ८२७२ नम्बरको गाडीमा मन्त्री क्वार्टरबाट निस्केका हुन् । डिल्लीबजार सदरखोरबाट निस्केपछि उनी भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिताको सवारी साधनमा सैनिक सुरक्षाका साथ झण्डा हल्लाउँदै मन्त्री क्वार्टरको ब्लक बी ३ भवन पुगेका थिए ।
Author: महेन्द्रनगर पोष्ट
बैतडी: शिक्षकको सरुवा गरेको भन्दै बैतडीको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । विद्यालयमा कार्यरत शिक्षक लक्ष्मीकान्त पनेरुको सरुवा गरेको भन्दै पाटन नगरपालिका ३ स्थित बालकल्याण आधारभूत विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । शिक्षक पनेरुको पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडामा काज सरुवा गरिएको छ । नगर शिक्षा समितिले सरुवा गरेको भन्दै बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका अभिभावक दमन बिष्टले बताए । शिक्षक पनेरुको सरुवा बदर गर्नुपर्ने विद्यार्थीहरुको माग रही आएको छ । नगर शिक्षा समितिले भने शिक्षक पनेरुको आग्रहमा नै कार्यपालिका बैठकबाट निर्णय गरेर सिद्धेश्वरमा माविमा काजमा सरुवा गरिएको जनाएको छ ।
धनगढीः धनगढी उपमहानगरको टोली भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ। आज उपमहानगरपालिको टोली भारतको नयाँ दिल्लीमा शैक्षिक अवलोकन भ्रमण कार्यक्रमका लागि गएका हुन्। धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ को नतिजा शून्यजस्तै आएको थियो। सोही कारण अवलोकन भ्रमण गएको जनाइएको छ। नगर उप–प्रमुखको नेतृत्वमा कार्यपालिका सदस्यहरू, नगर शिक्षा समितीका पदाधिकारीहरू विभिन्न विद्यालयका प्राध्यानाध्यापक/शिक्षकहरू र शिक्षा युवा तथा खेलकुद महाशाखाका कर्मचारीहरू सहितको टोलीलाई आज बिहान बिदाई गरिएको छ।
काठमाडौं: नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता रेशमलाल चौधरीले टीकापुर हत्याकाण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताएका छन् । सोमबार डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले टीकापुर घटनामा मारिएका परिवारले पनि न्याय पाउनुपर्ने बताएका हुन्। उनले भने, ‘आफ्ना श्रीमान्, छोराछोरी, दाजुभाइहरू कसरी मारिए भनेर थाहा पाउनुपर्छ। त्यसका लागि म पनि सघाउन तयार छु, नागरिक उन्मुक्ति पार्टीले सघाउछ।’ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि रिहा भएका हुन्।
डडेल्धुरा: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कैलालीको पूर्वी क्षेत्र टिकापुरलाई छुट्टै जिल्ला घोषणा गर्न माग गरेका छन्। सोमबार बिहान डिल्लीबजार कारागारबाट छुटेपछि उनले थारु पहिचानसहित टिकापुरलाई कैलालीबाट अलग गरेर अर्को जिल्ला बनाउन सरकारसँग माग गरेका हुन्। साथै उनले मुलुकको सत्ताको बागडोर सम्हाल्ने मिसनका साथ अघि बढ्ने बताएका छन्। त्यसका लागि आफूहरूले ‘मिसन २०८४’ थाल्ने उनले बताए। चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन्।
काठमाडौं: अर्जेन्टिनी कप्तान लियोनल मेसीले पोर्चुगाली खेलाडी क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोडेका छन् । फ्रेन्च लिग वानअन्तर्गत शनिबार स्टार्सवर्गविरुद्ध एक गोल गर्दै मेसीले युरोपका शीर्ष पाँच लिगमा सर्वाधिक गोल गर्ने रोनाल्डोको कीर्तिमान तोडेका हुन् । पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आबद्ध ३५ वर्षीय मेसीले खेलको ५९औँ मिनेटमा किलियन एम्बाप्पेको पासमा गोल गरेका थिए । मेसीले पाँच सय ७४ खेलमा चार सय ९६ गोल गरेका छन् । रोनाल्डोले ६ सय २६ खेलमा चार सय ९५ गोल गरेका थिए ।
काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुटेका छन्। टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन्।
कैलाली: टीकापुर घटनामा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरीलाई राष्ट्रपति कार्यालयले बाँकी कैद सजाय माफी दिन लागेको निर्णय रोक्न माग गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालले सरकारको ध्यानाकर्षण गराएको छ। आइतबार एक पत्रमार्फत टीकापुर घटनामा सर्वोच्च अदालतबाट दोषी ठहर भएर सजाय भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी नगर्न सरकारलाई आग्रह गरेको छ। सजाय माफि ,मुलतवी , परिवर्तन वा कम गर्ने कार्यविधि २०७१ ले कसैले आफुलाई भएको सजाय माफि, मुलतवी, परिवर्तन वा कम गराउन चाहेमा कारण खुलाई निवेदन दिनसक्ने उल्लेख छ। तर भ्रष्टचार , जवरजस्तीकरणी, सरकारी कीर्ते, सङ्गठित अपराध ,युद्घ अपराध, क्रुर हिंस्रिक वा विभत्स तरिकाले गरिएको हत्या , लागुऔषध लगाएतका…
कञ्चनपुर: भोलि(मंगलबार) कञ्चनपुरको लालझाडी गाउँपालिका र बेलौरी नगरपालिकाले गङगादशहरा मेलाको अवसरमा सार्वजनिक विदा दिएको छ। लालझाडी गाउँपालिकाका प्रवक्ता आशाराम राना र बेलौरी नगर प्रमुख पोतिलाल चौधरीले सूचना जारी गर्दै गंगा दशहरा मेलाको उपलक्ष्यमा विदा दिइएको जानकारी दिएका हुन्। लालझाडी गाँउपालिकाले अनुमति दिए पश्चात् अमरज्योती युवा क्लबले लालझाडी वडा नम्बर २ मा १५ जेठदेखि १९ सम्म मेला सञ्चालन गर्ने आयोजकले जनाएको छ। यस्तै बेलौरी नगरपालिकाको भकुण्डामा लामो समयदेखि कालेश्वर मन्दिरमा मेला लाग्दै आएको छ।
फोटो: विकल्प दैनिक