Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंबाट एक जना शिक्षक पक्राउ परेका छन् । कक्षा ११ मा अध्ययनरत एक जना विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । अधिकारीले कलेजका छात्रालाई दुर्व्यवहार गरेको भन्दै मङ्गलवार बिहान विद्यार्थीहरू आन्दोलित भएका थिए । त्यसपछि छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालाको प्रहरी वृत्तमा बोलाएको थियो । अभिभावक र विद्यार्थीलाई सोधपुछ गरेर शिक्षक अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरूले प्रहरी वृत्त गौशालाबाहिर केहीबेर प्रदर्शनसमेत गरेका थिए ।

Read More

काठमाडौं- ललितपुर महानगरपालिकाको प्रमुखमा चिरिबाबु महर्जन दोस्रो कार्यकालका लागि विजयी भएका छन् । ८५ हजार ९६५ मत खसेको ललितपुर महानगरमा महर्जन ४२ हजार ७२२ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५६० मत ल्याए । यस्तै उपप्रमुखमा एमालेकी मन्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन् । उनले गठबन्धनको तर्फबाट उपप्रमुख उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई पछि पारेकी हुन् । शाक्यले २५ हजार ८४ मत ल्याउँदा बज्राचार्यले १८ हजार ७५२ मत ल्याए ।

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका भित्रका जेष्ठ नागरिकले निजी अस्पतालमा पनि उपचारमा सहुलियत पाउने भएका छन् । मंगलवार धनगढी उपमहानगरपालिका र नेपाल निजी अस्पताल संघबीच उक्त सम्झौता भएको हो । उपमहानगरपालिकाका मेयर गोपाल हमालको अध्यक्षतामा बसेको दुवै पक्षबीचको बैठकले ७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिकलाई निःशुल्क ओपीडी सेवासहित रोग निदान परीक्षण र बेड चार्जमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । यस्तै उनीहरुलाई औषधिमा पनि ५ प्रतिशत छुट दिने सम्झौता भएको निर्णयमा उल्लेख गरिएको छ ।

Read More

काठमाडौं- कीर्तिपुर नगरपालिकामा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । प्रहरीका अनुसार किशोरी आइतबार राति बलात्कृत भएकी हुन् । किशोरी बलात्कारको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पाँगाका २१ वर्षीय विक्की महर्जनलाई पक्राउ गरेको छ । मंगलबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको हो । किशोरीलाई विवाह गर्छु भनि ललाईफकाई आइतबार राति आफ्नै कोठामा ल्याई महर्जनले बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Read More

बझाङ- बझाङमा एक सहकारी संस्थाबाट पाँच लाख रुपैयाँ चोरी भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका–२ स्याँडीस्थित बित्थडचिर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट पाँच लाख २१ हजार ८०५ रुपैयाँ चोरी भएको हो । सहकारीको भवनको मूलढोकाको ताला फोडी अज्ञात समूहले कोठामा रहेको सेफलाई सहकारी संस्थाको भवनदेखि अन्दाजी २०० मिटर टाढा लगी तोडफोड गरी सेफमा रहेको उक्त नगद चोरी गरी फरार भएको बताइएको छ । चोरीमा संलग्नहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Read More

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा एक जनाले स्थानीय एक बालिकामाथि आक्रमण गरेपश्चात आत्महत्या गरेका छन् । ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको कोठामा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । ११ वर्षीय बालिकामाथी कुटपिट गरेपछि मालीले झुण्डिएर आत्महत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए । मृतकको आक्रमणमा परेकी बालिकाको आँखा, घाँटीमा चोट लागेको छ । बालिकाको परिवारले भने जबरजस्ती करणीको प्रयास गरेको आशंका गरेको छ । परिवारका अनुसार सामान किन्न गएकी बालिकालाई पसलबाट हात समातेर जबरजस्ती घरमा लिई कोठाभित्र कुटपिट गरिएको छ । बालिकाको अहिले कैलालीको धनगढीस्थिती माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । परिवारका अनुसार…

Read More

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउँदको मृत्यु घटनाका ३ जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् । गत बैशाख ३ गते भूत भगाउने भन्दै धामीझाक्रीको कुटाइबाट रञ्चुलाको ज्यान गएको थियो । यस घटनामा हत्या आरोपमा ९ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता भएको थियो । तीमध्ये धामीझाक्रीका नाइके भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने धामीझाँक्री धर्मानन्द भट्ट, कमला साउद र जानकी घटाललाई जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको छ । यस्तै, आरोपीमध्येका ५ जना एक÷एक लाख रुपैयाँ धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा डीएसपी चक्रबहादुर शाहले बताए । धरौटीमा भीमदत्त नगरपालिका–१ बाराकुण्डाका नारायणदत्त भट्ट,…

Read More

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरस्थित होटल ओपेराको स्विमिङ पुलमा डुबेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मंगलवार दिउँसो नुहाउने क्रमका डुबेर भारतको उत्तरप्रदेशस्थित रामपुरका करिब ३८ वर्षीय फैज अहमदको मृत्यु भएको हो । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भण्डारीका अनुसार उनलाई उद्धार गरी उपचारका लागि तत्काल महाकाली अस्पताल पु¥याइएको थियो । त्यही उनको मृत्यु भएको हो । पौडी खेल्न नजान्ने फैज अहमद स्विमिङ पुलको गहिरो ठाउँमा डुबेका थिए । उनी २÷३ दिनदेखि होटलमा बास बसिरहेको र एक्लै भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

Read More

डडेल्धुरा- सरकारले डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने जनाएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिइकी हुन् । ‘सुदूपश्चिम विश्वविद्यालयको सहयोगमा डडेलधुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने छ’ नीति तथा कार्यक्रममा भनिएको छ । नीति तथा कार्यक्रम अनुसार प्रत्येक प्रदेशमा दुई मेडिकल कलेज प्रतिष्ठान निर्माण र संचालन गरिने नीति लिइने छ ।

Read More

काठमाडौं – संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी लोकप्रिय कार्यक्रमलागायतमा केन्द्रत रहेको छ ।

Read More