Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीमा सर्पले टाेकेर एक बालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-९ बनदेवी टोल बस्ने माया बिकको ५ वर्षीय छाेरा अरुण बिककाे सर्पले टाेकेर मृत्यु भएको प्रहरीले जनाएकाे छ। उनलाई घरमा सुतिरहेको अवस्थामा विशालु सर्पले टोकेकाे थियो। उपचारको लागी सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हाे। यस्तै धनगढीमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ।आइतबार साँझ साढे ६ बजे धनगढी उपमहानगरपालिका-५ तारानगरमा कैलारी गाउँपालिका-६ बस्ने ३२ वर्षीय चन्द्रे चौधरीकाे मृत्यु भएको प्रहरीले जनाएको छ। चाैधरीलाई गोपि कृष्ण जोशीको नवनिर्मित घरको पिल्लरमा मसला हाली भाईब्रेसन मेसिन चलाउने क्रममा करेन्ट लागेको थियो। उनलाई तत्काल उपचारको लागी सेति प्रादेशिक अस्पताल लगिएकोमा चेकजाँच…

Read More

धनगढी: नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बैतडीमा सम्मेलन हुँदैछ। यहीँ महिनाको १८ गते पाटनमा बैतडीको १०औँ सम्मेलन हुँदैछ। सम्मेलनमा विद्यार्थी नेता अर्जुन बोहराले अध्यक्षमा उम्मेदवारी दिने भएका छन्। सिगास गाउँपालिकाका बोहराले संगठनलाई थप मजबुत बनाउन आफूले नेतृत्व लिन चाहेको बताएका छन्। यस्तै शैक्षिक सुधारमा संगठनले प्रभावकारी भूमिका खेल्न थप सशक्त भएर जानुपर्ने र त्यसमा आफू कटिबद्ध रहेको उनको भनाई छ।

Read More

धनगढी: कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको सरकारी सम्पत्ति दुरुपयोग गरिएको पाइएको छ। भीमदत्त नगरपालिका वडा नम्बर ६ मा नयाँ खुलेको क्यासिनोको पार्किङ बनाउन सार्वजनिक सम्पत्ति दुरुपयोग गरिएको हो। त्यहाँका एक स्थानीयका अनुसार सार्वजनिक हितमा प्रयोग गर्न मागिएको अवस्था नदिइएको नगरपालिकाको टिप्पर क्यासिनोको पार्किङ निर्माणका लागि दिइएको हो। जुवा खेल्ने खेलाउने स्थानको पार्किङ बनाउन वडाध्यक्ष प्रकाश थापाले नै लगेर सार्वजनिक सम्पत्ति दुरुपयोग गरेपछि आलोचना भैरहेको छ। वडाध्यक्ष थापाले नगरपालिकाको टिप्पर दुरुपयोग गराएको आरोप लागेको छ। थापा अध्यक्ष रहेकै वडामा महेन्द्रनगरको तेस्रो क्यासिनो होटल रुपमको क्वीन्स लज रिगेमिङ क्लब क्यासिनोको पार्किङ बनाइदैछ। यस अगाडि महेन्द्रनगरमै डायमण्ड र ओपेराको क्यासिनो सञ्चालनमा थिए। तेस्रो नयाँ क्यासिनोकै…

Read More

काठमाडौं : ललिता निवासको जग्गा कीर्ते गरेको आरोप लागेका पूर्वमन्त्री चन्द्रदेव जोशी रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई तीन लाख ३० हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । न्यायाधीश श्यामविहारी मौर्यको इजलासले पूर्वभूमिसुधारमन्त्री जोशीसँग ३ लाख ३० हजार रुपैंया धरौटी मागेको हो । जोशीमाथि २०६९ सालमा पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको आरोप थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १० भदौं २०८० मा जोशी लगायत ३१२ जनाविरुद्ध सरकारी कागजात कीर्ते गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

Read More

धनगढी : कञ्चनपुरमा विद्यालय हाताभित्रै एक शिक्षकमाथि हातपात गरिएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिकामा रहेको धर्मजनता माध्यामिक विद्यालयका शिक्षक गणेशसिँ धामीमाथि हातपात गरेको प्रहरीले जनाएको छ। शिक्षक धामीलाई विद्यालय हाता भित्रै शुक्लाफाँटा नगरपालिका–७ का भुवन जोशी र अनिल चौधरीले हातपात गरेका हुन। कुटपिटमा संग्लग्न जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चौधरी फरार रहेका छन्। धामीलाई कुटपिट गर्नुको कारण भने खुलेको छैन्। उनको ढाड र आँखामा चोट लागेको छ। कुटपिटबाट घाइते भएका धामीको धनगढीको एक निजी अस्पतालमा उपचार भइरहेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : कैलाली प्रहरीले गत शनिबार १६ किलो लागुऔषध चरेससहित पक्राउ गरेकी बझाङको बुंगल नगरपालिका–२ की ४५ वर्षीया मंगलीदेवी धामीका श्रीमान समेत चरेसकै मुद्दामा प्रहरी हिरासतमा रहेको पाइएको छ । दहबगर मल्ली बत्थी घर भएर गोदावरी नगरपालिका–२ तेघरी बस्ने धामीका श्रीमान आइते धामी लागुऔषध चरेसको मुद्दामा जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा रहेको पाइएको हो । आइते मंगलीदेवी पक्राउ परेको एक दिनअघि गत शुक्रबार चार किलो आठ सय ग्राम चरेससहित बित्थडचिर गाउँपालिकाबाट पक्राउ गरेका थिए । उनी धनगढी आइरहेको आफ्नै सुपप्र ०१००१ च ३९३३ नम्बरको जिपमा मकैको बोरामा चरेस लुकाएको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । आइते लामो समयदेखि चरेसको…

Read More

धनगढी: कैलालीको पिके होटलमा यौनधन्दा हुने गरेको पाइएको छ। जिल्लाको गोदावरी नगरपालिका-१ मनहरास्थित होटलमा यौनधन्दा हुने गरेको पाइएको हो। गोप्य सूचनाको आधारमा प्रहरीले छापा हान्दा धन्दाको खुलासा भएको हो। आजमात्र प्रहरीले सो होटलमा अनैतिक क्रियाकलापमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका-२ अत्तरिया बस्ने ३६ वर्षीय युवक, बझाङको सुर्मा गाउँपालिका-२ बस्ने २१ वर्षीय युवक र दाङको घोराही नगरपालिका २ घर भएकी २४ वर्षीया युवती रहेकी छन्।

Read More

काठमाडौं: नेपाल सरकारका गृहमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता रमेश लेखक पर्सि गृहजिल्ला र गृहप्रदेश आउने भएका छन्। लेखक पर्सि (१८ गते) बिहान सुदूरपश्चिमको धनगढी हुँदै गृहजिल्ला कञ्चनपुर आउने कार्यक्रम छ। स्रोतका अनुसार लेखक गृहजिल्लामा बनेका प्रहरी कार्यालयका संरचना तथा एक इलाका प्रहरी कार्यालयको उद्घाटन गर्न आउन लागेका हुन्। गृहमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आउन लागेका उनको विभिन्न स्थानमा भेटघाट कार्यक्रम पनि तय गरिएका छन्। यस्तै उनले धनगढीमा प्रहरीकै पेट्रोल पम्प पनि उद्घाटन गर्ने बताइएको छ। यस अगाडि सो संरचना नेपाल प्रहरीकै आईजीबाट उद्घाटन गराउने तयारी थियो। तर गृहमन्त्री लेखक सुदूरपश्चिमकै भएकाले उनले आफैंले उद्घाटन गर्न खोजेको जनाइएको छ। यस्तो छ भेट…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी)हरुको सरुवा भएको छ। पछिल्लोपटक बसेको मन्त्रीपरिषद् बैठकले सशस्त्रका ३ एआईजीको सरुवा गरेको हो। सीमा सुरक्षा विभागमा रहेका सशस्त्र एआईजी नारायणदत्त पौडेललाई कार्य विभागमा सरुवा गरिएको छ भने कार्यविभागका वंशीराज दाहाललाई मानवस्रोत विभागमा सरुवा गरिएको छ। त्यस्तै मानव स्रोत विभागका एआईजी चन्द्रप्रकाश गौतमलाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको जनाइएको छ।

Read More

धनगढी : अछामका एक युवकको मलेसियामा निधन भएको छ। रोजगारीको सिलसिलामा मलेसियामा रहेका मेल्लेख गाउँपालिका-७ का भक्त साउँदको निधन भएको हो। ४० वर्षीय साउँद काम सकेर कोठामा सुतेका थिए, र बिहान ओछ्यानमै मृत भेटिएका थिए। उनी आउँदो बडादसैंमा घर फर्कने योजनामा थिए र हिजो राति ९ बजे मात्र श्रीमतीसँग कुराकानी गरेका थिए। उनको मृत्युको खबर परिवारले आज बिहान मात्रै पाएको छ। भक्त साउँदले विगतमा तत्कालीन जनमुक्ति सेनामा काम गरेका थिए। विगत ६ वर्षदेखि उनी मलेसियामा एक कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए। उनका २ छोरा र श्रीमती हाल धनगढीको शिवनगरमा बस्दै आएका छन्। उनको शव नेपाल ल्याउन आवश्यक कागजात पठाइसकिएको…

Read More