Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – आजदेखि नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवतरुपमा सञ्चालनमा आएको हो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिए । उनले भने, ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विधिवत्रुपमा सञ्चालन आएको छ । ७४ वर्षको नागरिक उड्डयन क्षेत्रको इतिहासमा यो कोसेढुङ्गा हो । परियोजनासँग जोडिएका प्रत्यक्ष र अप्रत्यक्षरुपमा संलग्न सबैलाई विशेष धन्यवाद दिन चाहन्छाैं ।’ महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो एक हजार ५०० मिटर…

Read More

काठमाडौं- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ११ र १२ गते मनोनयन दर्ताको मिति तोकिएको छ । १२ गते अपरान्ह मनोनयन भएका उम्मेद्वारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ। मनोनयन पत्र दाखिला गर्ने प्रक्रियामा उम्मेदवारले धरौटी राख्नुपर्ने स्थानीय तह निर्वाचन निर्देशिका २०७८ मा उल्लेख छ।निर्देशिकाको दफा ३६ बमोजिम वडा सदस्य पदको लागि पाँच सय रुपैयाँ, वडा अध्यक्ष पदको लागि एक हजार रुपैयाँ धरौटी राख्नुपर्छ। त्यस्तै, अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख पदको लागि एक हजार पाँच सय रुपैयाँ र गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको सदस्य पदको लागि पाँच सय रुपैयाँ धरौटी राख्नु पर्ने निर्देशिकामा भनिएको छ। यद्यपि,…

Read More

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक आज दिउँसो बोलाइएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । उनका अनुसार बैठकमा आसन्न स्थानीय तह निर्वाचनका लागि देशका ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारको मापदण्डबारे छलफल हुनेछ । सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट एमालेले सचिवालय बैठक बोलाएको हो । आजको बैठक स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित हुने उपमहासचिव रिमालले जानकारी दिए ।

Read More

विराटनगर– विराटनगरमा नेपाली कांग्रेसले गठबन्धनको निर्णय नमान्ने जनाएको छ । सिट बाँडफाँडका लागि गठबन्धनले गरेको सहमतिप्रति आपत्ति जनाउँदै विराटनगर महानगर समितिले गठबन्धनको निर्णय नमान्ने जनाएको हो । समितिका सभापति दीपक चापागाइँले विराटनगरमा कांग्रेस एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने बताए। गठबन्धनको भागबण्डामा उपप्रमुख पद जनता समाजवादी पार्टी (जसपा)ले पाएपछि विराटनगर कांग्रेसले विरोध गरेको हो। नगरसभापति चापागाईंले एक्लै चुनाव लड्ने अडान कायमै रहने र विराटनगरभित्र कुनै दलसँग चुनावी तालमेल नहुने स्पष्ट पारे। गठबन्धनको निर्णय केन्द्रीय कार्यसमिति, सम्पादन समिति र संसदीय बोर्डबाट पास भए वडा समिति सभापतिहरूसँग छलफल गरेर नयाँ धारणा सार्वजनिक गरिने उनले बताए। विराटनगरमा कांग्रेसको संगठन मजबुत भएकाले तालमेलको आवश्यकता नरहेको उनको…

Read More

काठमाडौं- आफैँलाई गोली हानेकी कपिलवस्तुकी शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको मृत्यु भएको छ।उनको उपचारको क्रममा भैरहवाको मेडिकल कलेजमा मृत्यु भएको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका डीएसपी जेसी शाहले जानकारी दिए । उनका अनुसार उपचारका लागि राति नै काठमाडौं लाने तयारी गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो । ड्युटीमा रहेको बेला उनले आफैँले बोकेको एम १६ राइफलले पेटमा गोली प्रहार गरेकी थिइन् ।

Read More

काठमाडौं- काठमाडौंमा मेलम्चीको पार्ने तयारी गरिएको छ । पानी वितरण गर्न काठमाडौं उपत्यकाको चक्रपथ भित्रको क्षेत्रमा १ हजार किलोमिटर पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन इकाइ (पीआईडी)का निर्देशक राजेन्द्र सापकोटाले काठमाडौंको चक्रपथ भित्रको क्षेत्रमा मेलम्चीको पानी वितरण गर्न १ हजार १० किलोमिटर पाइपलाइन बिच्छ्याइएको जानकारी दिए । उनका अनुसार बिच्छ्याइएका पाइपमध्ये हालसम्म ४१० किलोमिटरको परीक्षण भइसकेको छ । परीक्षण गरिएका पाइपबाट मेलम्चीको पानी आउनेबित्तिकै वितरण गर्न सकिनेछ । थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५।५ किलोमिटर सम्पन्न भइसकेको छ । थोक वितरण प्रणालीको परीक्षण पनि सकिएको जानकारी उनले दिए । उनका अनुसार…

Read More

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस आज नेपाल आउँदैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी तीन दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । उनी भारत हुँदै नेपाल आने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री विरोध खतिवडालगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले कोभिड महामारीमा काम गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र एउटा कुनै प्राथमिक स्वास्थ्य केन्द्रको पनि भ्रमण कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं- नेपालमा हाल पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान सुदूरपश्चिम, लुम्बिनी तथा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति गण्डकी, बागमती तथा प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका एक(दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ। शुक्रबार गण्डकी, बाग्मती तथा प्रदेश १ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको आँकलन गरिएको छ ।

Read More

दार्चुला- दार्चुलामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमतिसँगै कांग्रेसमा व्यापक असन्तुष्टि देखिएको छ । जिल्लामा पाँच स्थानीय तहमा नेपाली कांग्रेस र चार वटा स्थानीय तहमा नेकपा माओवादी केन्द्रले नेतृत्व गर्ने सहमति भएसँगै नौगाडमा कांग्रेस कार्यकर्ताले राजीनामा घोषणा गरेका छन् । गाउँपालिकामा कांग्रेसलाई नै अन्धकारमा राख्ने गरी गठबन्धन भएको भन्दै संयुक्त रुपमा कांग्रेस कार्यकर्ताले राजीनमा दिएका हुन् । कांग्रेसको तर्फबाट नौगाड गाउँपालिकाका अध्यक्षका प्रत्याशी लालबहादुर धामी नेतृत्वमा दर्जनौं कायकर्ताले एकमुष्ठ साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् । यस्तै नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हरमलसिंह धामी, क्षेत्रीय प्रतिनिधि बिरेन्द्रसिंह ठगुन्ना, क्रियाशिल सदस्य बिक्रमसिंंह धामी, नेपाली कांग्रेस नौगाड गाउँकार्य…

Read More

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले प्राकृतिक स्रोत दहन गरी ढुङ्गा–गिट्टी निकासी गर्ने कार्य रोक लगाउन सरकारका नाममा परमादेश गरेको छ । कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले आज उक्त परमादेश गरेको हो । परमादेशमा भनिएको छ, “प्राकृतिक स्रोतको दोहन गरी गिट्टी, ढुङ्गा, बालुवा आदि निकासी गर्ने कार्य सम्बन्धमा संविधानको भावना र मर्म अनुकूल हुने गरी विधायिकाद्वारा निर्मित कानुनले अन्यथा व्यवस्था नगरेसम्म सो अनुसारको निकासी गर्ने गराउने कार्य नगर्नू÷नगराउनू ।” अदालतको आदेशसँगै सरकारले कानुन बनाएर मात्र ढुङ्गा–गिट्टी निकास गर्न पाउनेछ । अदालतले वातावरण संरक्षणको प्रभावकारी व्यवस्था मिलाउन र प्राकृतिक…

Read More