Author: महेन्द्रनगर पोष्ट

पोखरा – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय आवश्यक्ताका आधारमा मात्रै गठबन्धन गर्न नेता कार्यकर्तालाई सुझाएका छन् । कास्कीमा सोमबार कार्यकर्तासँग भेटघाट गर्दै उनले चुनावी तालमेलको अधिकार प्रदेश, जिल्ला, पालिका र वडालाई भएकोले आवश्यक्ता भए मात्रै गठबन्धन गर्न आग्रह गरे । ‘गठबन्धन जहाँ आवश्यक छ त्यहाँ गर्नुस् । सबै ठाउँमा गर्नुपर्दैन,’ उनले भने, ‘तालमेलका नाममा विगतमा भरतपुरको जस्तो तालमेल नगर्नुहोला । यसले पार्टीलाई नोक्सानी हुन्छ ।’ अघिल्लो स्थानीय तहको चुनावमा माओवादीसँग तालमेल गरेका पालिकामा कांग्रेसले हारेको तर माओवादीलाई कांग्रेसले जिताएको भन्दै त्यसप्रति सचेत रहन अनुरोध गरे । केन्द्रिय सदस्य समेत रहेका उनले कांग्रेसको विधान अनुसार टिकट वितरणको मापदण्ड बनाउन…

Read More

काठमाडौं – आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरू भएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छाप्ने काम थालेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि कूल एक करोड ९४ लाख थान मतपत्र छापिनेछन् । २३ लहर समूहका ७७ प्रकारका मतपत्र छापिन लागेको उनको भनाइ छ । जसमा सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ । सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंका हुने प्रवक्ता पौडेलले बताए । यसअघि आइतबार एक लाख ८० हजार थान नमुना मतपत्र छापेको थियो । नमुना मतपत्र छाप्ने कार्य सफल भएसँगै जनक शिक्षाले…

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई बिदाइ गरेका छन् । मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झण्डा प्रदान गरेर बिदाइ तथा आरोहणको शुभकामना दिएका हुन् । मन्त्री आलेले सगरमाथा आरोहण गर्न लागेका गायक लामा र अभिनेत्री पुनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री आलेले भने, ‘सतर्कता र सावधानीपूर्वक हिमाल चढ्नुहोला, आवश्यक पर्ने सहयोग भन्नु होला हामी सहयोग गर्न तयार छौँ ।’ जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन गायक लामा र नायिका दियाले…

Read More

काठमाडौं – सत्तारूढ पाँच दलीय गठबन्धनले चितवनका सातै स्थानीय तहमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा चितवनका सातवटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत तालमेल गरेर अघि बढ्ने गठबन्धनले निर्णय गरेका हो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको सत्तागठन्धनको जिल्ला स्तरीय संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । चुनावी तालमेलका सन्दर्भमा संयुक्त संयन्त्रसमेत गठन गर्ने निर्णय गरेको छ । यसको संयोजक कांग्रेसको पालिका सभापतिले गर्ने निर्णय भएको छ । गठबन्धन सहभागी दलहरूकाबीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रूपमा…

Read More

काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ हजार ५९ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार गत २४ घन्टामा ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कुनै पनि संक्रमितको मृत्यु भएको छैन । मन्त्रालयका अनुसार अहिलेको अवस्थामा नेपालमा ८४२ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा पछिल्लो २४ घन्टामा ६० हजार ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपको लोकार्पण गरेकी छन् । पुरातात्त्विक महत्त्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको सोमबार काठमाडौंमा लोकार्पण गर्दै राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकालाई विश्वमै प्रकृति र संस्कृतिको सङ्गम थलोको रुपमा मानिएको उल्लेख गर्दै प्रकृतिको संरक्षण हुने गरी विकास निर्माणको कामलाई अघि बढाउन सम्बन्धित पक्षलाई विशेष महत्त्व दिन आग्रह गरेकी थिइन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले जनप्रतिनिधिहरूले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्ने बताएकी छन् । काठमाडौं उपत्यकाको वातावरणको संरक्षण हुने गरी भौतिक निर्माण र पूर्वाधार विकासको कामलाई अघि बढाउन पनि जनप्रतिनिधिहरूलाई राष्ट्रपति भण्डारीको आग्रह थियो । काठमाडौं उपत्यकाको हरियाली प्रवर्द्धन गर्ने, पानीका मूल बचाउने र जैविक विविधताहरूको रक्षा गर्ने कार्यमा पनि…

Read More

काठमाडौं – नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । मलेशिया, पपुवान्युगिनी र नेपाल सम्मिलित सिरिजको फाइनलमा नेपालले पपुवान्युगिनीलाई ५१ रनले पराजित गर्दै उपाधि हात पारेको हो । सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले दिएको १६८ रन पछ्याउने क्रममा पपुवान्युगिनी ११८ रन बनाउँदा अलआउट भए पछि नेपालले उपाधि हात पारेको हो । नेपालले सिरिजमा अपराजित रहँदै सिरिजमा कब्जा जमाएको हो । फाइनल खेलमा दिपेन्द्र सिंह ऐरी र करण केसीको उत्कृष्ट प्रदर्शनले नेपालले जित हात पारेको हो । टस हारेर ब्याटिङ गरेको खेलमा दीपेन्द्रले नटआउट ५४ रन बनाए भने करण केसीले ३३ रन बनाएका थिए ।…

Read More

अमेरिका – अमेरिकामा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको राजधानी सहरमा भएको सो घटनामा स्थानीय समय अनुसार आइतबार बिहान भएको अधिकारीहरूले जनाएका छन् । सामान्य घटनामा पनि गोली प्रहार गरी हत्या गर्ने घटना अमेरिकामा धेरै हुने गरेको र यो राष्ट्रिय समस्याका रुपमा रहेको उनीहरूको भनाई छ । मृत्यु भएका मध्ये तीन जना महिला र तीन जना पुरुष रहेको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएकाले थप विवरण भने पछि मात्रै दिन सकिने प्रहरी अधिकारीहरूको भनाई छ ।

Read More

किभ – आइतबार युक्रेनको दोस्रो ठूलो सहर खार्किभको आवासीय क्षेत्रमा रुसी सेनाको हमलामा सात जनाको मृत्यु भएको छ । हमलामा कम्तीमा ३४ जना घाइते भएका छन् । स्थानीय समयअनुसार साँझ ६ः०० बजे रुसी आक्रमणकारीहरूले खार्किभको स्लोबोडा जिल्लामा रहेका आवासीय भवनहरूमा गोलाबारी गरेका थिए । गोलाबारीमा करिब १० घर र एउटा ट्रलीबस डिपोमा क्षति भएको जनाइएको छ । ‘हमलामा सात जनाको मृत्यु भएको र तीन बालबालिकासहित ३४ जना घाइते भएका छन्’, खार्किभको क्षेत्रीय अभियोजकको कार्यालयले भनेको छ ।रुसको सिमानानजिक रहेको उत्तर–पूर्वी युक्रेनको खार्किभमा २४ फेब्रुवरीमा रुसी सेनाले हमला गरेपछि ठूलो क्षति भएको छ । रुसी सेनाले युक्रेन आक्रमणको आकार घटाउने बताए…

Read More

काठमाडौं – सशस्त्र प्रहरी बलमा प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तिम नतिजा सार्वजनिक भएको छ । सशस्त्र प्रहरीको मानव स्रोत विभाग, मानवस्रोत निर्देशनालय, भर्ना तथा छनोट शाखाले आइतबार अन्तिम नतिजा सार्वजनिक गरेको हो । यस्तो छ सूचीः

Read More