Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकामा काँग्रेसको टिकट वितरणमा मनोमानी भएको भन्दै विवाद सृजना भएको छ । टिकट वितरणमा विभेद, जातिवादी, आफन्तवाद, परिवारवाद भएको भन्दै नेता कार्यकर्ता रुष्ट भएका छन् । काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले आफन्त, नातेदार बहिनी सहितका आफन्तलाई मात्रै छानिछानि टिकट दिएको भन्दै उपमेयरमा नितु भट्ट सहितले बागी उम्मेदवारी दिएका छन् । काँग्रेसबाट नितु भट्टले उपमेयर, ४ नम्बर वडाध्यक्षमा कैलाश चन्द, ३ नम्बरमा पुष्पराज जोशी, १० का वडा सदस्य प्रकाश भट्ट सहितका दर्जनौँ काँग्रेस नेता कार्यकर्ताले टिकटमा असमानता भएको भन्दै बागी उम्मेदवारी दिएका छन् । उमेयरकी प्रत्यासी समेत रहेकी नितु भट्टले खुलेरै काँग्रेस नेता रमेश लेखकले आफ्नी बहिनी अघि…

Read More

विराटनगर- प्रहरीले चित्तलको दुईवटा सिङसहितको टाउकाको छाला भारततर्फ लैजाँदै गरेको अवस्थामा विराटनगरबाट एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का २४ वर्षीय धर्मबहादुर थापा छन् । प्रहरीले उनलाई नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१६ बाट गत आइतबार साँझ पक्राउ गरेको डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत प्रमेश्वर पासवानले जानकारी दिए। उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङमा बुझाएको हो । झोलामा राखेर जोगवनीतिर लग्दै गरेको अवस्थामा प्रहरीले थापाको साथबाट बरामद गरेको वस्तु चित्तल प्रजातिको मृगको सिङ र टाउकाको छाला रहेको पुष्टि भएको छ। वरिष्ठ पशु चिकित्सक सुशीलकुमार अधिकारी र पुरुषोत्तम पाण्डेको टोलीले उक्त वस्तु वन्यजन्तु…

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ। जसले गर्दा देशको पहाडी भू–भागमा मौसम बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल आंशिक बदली रही बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ । बागमती प्रदेश र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरूमा र गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ। राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने छ। गण्डकी…

Read More

काठमाडौं- कोरियन भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । कोरियामा रोजगारीमा जानका लागि दिइने भाषा परीक्षा स्थानीय तहको चुनावका कारण स्थगित भएको हो । आसन्न स्थानीय तहको निर्वाचनलाई देखाउँदै वैदेशिक रोजगार विभाग ईपीएस शाखाले परीक्षा स्थगित भएको जनाएको छ । परीक्षा २६ वैशाखमा हुने भनिएको थियो ।

Read More

पोखरा- पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा नं. २ अर्चलबोटबाट ९ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।.विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउसो ४ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. १ घर भइ पोखरा महानगरपालिका वडा नं. २ अर्चलबोट बस्ने वर्ष ५० का रामबहादुर पुन, सोही ठाउँ बस्ने पर्वत जलजला–५ का वर्ष ४८ का चक्र पुर्जा, म्याग्दी अन्नपूर्ण .गाउँपालिका वडा नं. ३ स्थायी घर भइ हाल पोखरा म.न.पा. वडा नं. १५ रामबजार बस्ने ३० की स्वस्तिका पुन, कास्की अन्नपूर्ण गा.पा.५ स्थायी घर भइ हाल जिल्ला कास्की…

Read More

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)बीच विहीबार एकता हुने भएको छ। कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लागिएको नेकपा (एस) का प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए । एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल र एनेकपाका अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा यही वैशाख १५ गते नेकपा (एस) को केन्द्रीय कार्यालयमा दुवै पार्टीबीच एकतासभा गरिनेछ। नेकपा (एमाले) बाट विद्रोह गरी स्थापित भएको नेकपा (एस) ले कम्युनिष्ट आदर्शको मूलधार भएको दाबी गर्दै आएको छ ।

Read More

काठमाडौं- स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली बिहीबार प्रकाशन गरिने भएको छ । ११ र १२ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको छ । विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका करिब १५ जना व्यक्तिको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ । आयोगले १६ वैशाख साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली नै शुक्रबार नै प्रकाशन हुनेछ । निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि साढे १ लाख…

Read More

काठमाडौं- प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले निर्मला पन्त हत्या प्रकरण ब्रेक थ्रु गर्न नसकेको दुःखी रहेको बताएका छन् । वैशाख १८ गते अनिवार्य अवकाशमा जान लागेका आईजीपी क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बुधबार सुरक्षासम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारसँगको अन्तरक्रियामा उक्त कुरा बताएका हुन्। ‘निर्मला काण्ड मेरै कार्यकालमा ब्रेक थ्रु भएको भए म अझै खुशी हुन्थेँ,’ उनले भने, ‘ब्रेक थ्रु गर्न हामी निरन्तर लागिरह्यौं। तर पनि अहिलेसम्म सुल्झन सकेन ।’ पछि प्रहरी नेतृत्वमा आउनेहरुबाट सुल्झिएला भन्ने अपेक्षा गरेको उनले बताए । २०७५ साउन १० गते साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी कञ्चनपुपुरकी १३ वर्षीया निर्मला पन्त भोलिपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी…

Read More

सप्तरी- सप्तरीमा विहेको बाजा बजाउने विषयमा विवाद हुँदा बुधबार एक जनाको मृत्यु भएको छ । विवाहमा जन्तीसँगै ल्याइएको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी खडक नगरपालिका–४ पंसेराका २५ वर्षीय सन्तलाल पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सन्तलालका छिमेकी रामचन्द्र पासवानकी छोरीको विवाहमा दुई दिन अगाडि राति जन्ती आएको थियो। डिजे बाजासहित आएको जन्तीलाई विवाहस्थल पुग्नुअगाडि आफूहरुलाई डिजे बाजामा नाच्न दिनुपर्‍यो भन्दै गाउँका केही गैरदलित युवाले केही समय जन्तीलाई रोकेका थिए। वैवाहिक कार्यक्रममा ढिलाइ भएपछि सन्तलालका बाबु आमासहित बेहुली पक्षकाले जन्ती टोलीलाई विवाहस्थलतर्फ जान आग्रह गरेका थिए। जन्तीलाई रोक्न रोजेपछि विवाद बढेको स्थानीयवासीको भनाइ छ। सो…

Read More

कैलाली- यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कैलाली जिल्लामा सुरक्षा व्यवस्थापन चुस्त र सुदृढ बनाइएको छ। स्थानीय तह निर्वाचन एकीकृत जिल्ला सुरक्षा योजनाबमोजिम जिल्लाको भौगोलिक विकटताका साथै सडक सञ्जाल र सञ्चारको असुविधालाई समेत आधार मानेर ठाउँअनुसार निर्वाचन सुरक्षा योजना कार्यान्वयन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । ‘निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाका सबै उपाय र रणनीतिमा कुनै कसर बाँकी नराख्ने गरी निर्वाचन सुरक्षा योजना कार्यान्वयन गर्न लागेका छौँ,’ प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘निर्वाचनमा कहीँकतैबाट चुनौती आउन नदिने गरी सुरक्षाको व्यवस्थापन गरिरहेका…

Read More